के तपाईं यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुनुहुन्छ?
आफ्नो मृत्यु हुनुभन्दा केही घण्टाअघि येशूले आफ्नो मृत्यु विशेष तरिकामा सम्झना गर्न एउटा उत्सव स्थापना गर्नुभयो। यो उत्सव “प्रभुको साँझको भोज” वा “प्रभु-भोज” भनेर चिनिन थाल्यो। (१ कोरिन्थी ११:२०; RV) त्यस अवसरको महत्त्व देखाउँदै येशूले यस्तो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” (लूका २२:१९) के तपाईं येशूको आज्ञा पालन गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने येशूको मृत्युको वार्षिकीलाई तपाईंले यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिन ठान्नुहुनेछ।
तर तपाईंले यो उत्सव मनाउनुपर्ने दिन कुन हो? अनि यस महत्त्वपूर्ण अवसरको गहनता बुझ्न कसरी पूर्णतया तयार हुन सक्नुहुन्छ? यी प्रश्नहरू प्रत्येक ख्रीष्टियनले गम्भीरतासाथ विचार गर्नुपर्छ।
कति चोटि?
हामी महत्त्वपूर्ण घटनाहरू प्रायजसो वर्षको एक चोटि सम्झना गर्ने गर्छौं। उदाहरणको लागि, सन् २००१ को सेप्टेम्बर ११ मा न्यु योर्क सहरको विश्व व्यापार केन्द्रमा आक्रमण हुँदा थुप्रैले आफ्नो परिवारका सदस्य गुमाए। त्यो दुःखदायी घटना तिनीहरूले कहिल्यै बिर्सन सक्दैनन्। हरेक वर्ष त्यस दिनले तिनीहरूको मन झनै भारी बनाइदिन्छ।
बाइबलकालीन महत्त्वपूर्ण घटनाहरू केलाउने हो भने पनि वर्षको एक चोटि मात्र मनाइन्थ्यो। (एस्तर ९:२१, २७) यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट चमत्कारपूर्ण ढङ्गमा छुटकारा पाएको दिन वर्षको एक चोटि मनाउन आज्ञा दिनुभयो। बाइबलमा त्यस उत्सवलाई निस्तार-चाड भनिएको छ। आफूले छुटकारा पाएकै दिनमा इस्राएलीहरूले वर्षको एक चोटि त्यो उत्सव मनाउँथे।—प्रस्थान १२:२४-२७; १३:१०.
येशूले आफ्ना प्रेषितहरूसित निस्तार-चाड मनाउनेबित्तिकै त्यो विशेष भोज स्थापना गर्नुभयो र यो नै उहाँको मृत्युको सम्झना गर्ने नमुना उत्सव हुने थियो। (लूका २२:७-२०) निस्तार-चाड वर्षको एक चोटि मनाइन्थ्यो। त्यसकारण हामी यो निष्कर्षमा पुग्न सक्छौं कि निस्तार-चाडको सट्टामा स्थापना गरिएको यो नयाँ उत्सव पनि वर्षको एक चोटि मात्र मनाउनुपर्छ। तर कुन मितिमा?
कहिले मनाउनुपर्छ?
यसको जवाफ पाउन हामीले दुइटा कुरा बुझ्नुपर्छ। पहिलो, बाइबलकालमा साँझ सूर्यास्त भएपछि नयाँ दिनको सुरुवात हुन्थ्यो अनि भोलि पल्ट सूर्यास्त हुँदा दिनको अन्त हुन्थ्यो। त्यसैले एक दिन बराबर आजको साँझदेखि भोलि पल्टको साँझसम्म हुन्थ्यो।—लेवी २३:३२.
दोस्रो, आज हामीले चलाउने जस्तै क्यालेन्डर बाइबलकालमा चलाइँदैनथ्यो। अहिले हामीले चलाउने मार्च र अप्रिल महिना नभई बाइबलमा अदार र नीसानजस्ता महिनाहरूबारे उल्लेख गरिएको छ। (एस्तर ३:७) यहूदीहरूले एउटा औंसीदेखि अर्को औंसीसम्मलाई एक महिना मान्थे। तिनीहरूले वर्षको पहिलो महिना, नीसान १४ मा निस्तार-चाड मनाउँथे। (लेवी २३:५; गन्ती २८:१६) त्यही दिन अर्थात् नीसान १४ मा रोमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टलाई खम्बामा टाँगे। पहिलो पटक निस्तार-चाड मनाइएको १,५४५ वर्षपछि उहाँको मृत्यु भयो। नीसान १४ साँच्चै एउटा विशेष मिति हो!
नीसान १४ आज हाम्रो क्यालेन्डरमा कुन दिन पर्छ? यो मिति निकाल्ने हिसाब सजिलो छ। वसन्त विषुवमा (दिन र रात बराबर हुने अनि उत्तरी गोलार्द्धमा वसन्त ऋतु सुरु हुने समय) यरूशलेमबाट देखिने सबैभन्दा पहिलो औंसीमा नीसान १ सुरु हुन्छ। त्यसको १४ औं दिन नीसान १४ हो। यो दिन अक्सर पूर्णिमामा पर्छ। बाइबलको यो हिसाबअनुसार यो वर्ष नीसान १४ बिहीबार, अप्रिल ५, २०१२ को सूर्यास्तपछि सुरु हुन्छ।
यस वर्ष येशूको मृत्युको सम्झना गर्न चाहने सबैसित एक ठाउँमा भेला हुन यहोवाका साक्षीहरू तयारी गर्दै छन्। यो उत्सव मनाउन तपाईंलाई पनि हार्दिक निमन्त्रणा दिन चाहन्छौं। तपाईंको इलाकाका यहोवाका साक्षीहरूसित भेटेर समय र स्थान पत्ता लगाउनुहोस्। यो उत्सव बिहान वा दिउँसो होइन तर साँझ सूर्यास्तपछि मनाइनेछ। किन? किनभने बाइबलमा यस उत्सवलाई “साँझको” भोज भनिएको छ। (१ कोरिन्थी ११:२५) बिहीबार, अप्रिल ५, २०१२ को साँझ हुने यो समारोह येशूले १,९७९ वर्षअघि सुरु गर्नुभएको विशेष उत्सवको वार्षिकी हो। येशू मर्नुभएको दिन अर्थात् नीसान १४ यही दिन सुरु हुन्छ। यस दिनमा नभई अर्को दिनमा उहाँको मृत्युको सम्झना गर्नु के उपयुक्त होला र?
कसरी तयारी गर्ने?
वर्षको एक चोटि मनाइने यस उत्सवको लागि तपाईं अहिले कसरी तयारी गर्न सक्नुहुन्छ? एउटा तरिका, येशूले हाम्रो लागि जे-जति गर्नुभएको छ, त्यसमा मनन गरेर हो। बाइबलले वास्तवमा के सिकाउँछ?a किताबले लाखौंलाई येशूको मृत्युको महत्त्व बुझेर त्यसको मोल गर्न मदत गरेको छ।—मत्ती २०:२८.
पृथ्वीमा येशूको जीवनको अन्तिम दिनअघिका घटनाहरूबारे पढेर पनि तपाईं यस विशेष अवसरको लागि आफ्नो मन तयार पार्न सक्नुहुन्छ। यसपछिका पानाहरूमा भएको चार्ट हेर्नुहोस्। चार्टको दायाँ पेटीमा येशूको मृत्यु हुनुअघिका घटनाहरूबारे समानान्तर बाइबल विवरणको सूची छ। त्यही सूचीमा सबैभन्दा महान् पुरुषb किताबका अध्यायहरू पनि दिइएका छन्, जहाँ ती घटनाहरूको व्याख्या पाइन्छ।
चार्टको बायाँ पेटीमा भने ती घटनाहरू यो वर्ष कुन मितिमा पर्छ, त्यो पनि उल्लेख गरिएको छ। प्रभुको साँझको भोजअघिका दिनहरूमा भएका घटनाहरूबारे बताउने केही बाइबल विवरण पढ्ने समय निकाल्नुभए कसो होला? यसले तपाईंलाई यस वर्षको सबैभन्दा महत्त्वपूर्ण दिनको लागि तयार हुन मदत गर्नेछ। (w11-E 02/01)
[फुटनोटहरू]
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित। पृष्ठ ४७-५६, २०६-२०८ हेर्नुहोस्। यो किताब तपाईंले www.watchtower.org/np मा पनि हेर्न सक्नुहुन्छ।
b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।
[पृष्ठ २०-मा भएको ठूलो अक्षरको क्याप्सन]
येशूको मृत्युको सम्झना गर्नुहोस्
बिहीबार, अप्रिल ५, २०१२
[पृष्ठ २१ र २२-मा भएको चित्र/तालिका]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
अन्तिम हप्ता
२०१२ शनि. मार्च ३१ ▪ विश्राम-दिन मत्ती
२०१३ ..... मर्कूस
२०१४ ..... लूका
नीसान ९ (सूर्यास्तपछि सुरु हुन्छ)
बाइबलकालमा साँझ ▪ कुष्ठरोगी सिमोनको □ मत्ती २६:६-१३
सूर्यास्त भएपछि नयाँ घरमा भोज
दिनको सुरुवात हुन्थ्यो ▪ मरियमले येशूको टाउकोमा □ मर्कूस १४:३-९
अनि भोलि पल्ट सूर्यास्त तेल खन्याउँछिन्
हुँदा दिनको अन्त हुन्थ्यो ▪ यहूदीहरू येशू लूका
र लाजरसलाई □ यूहन्ना १२:२-११
हेर्न आउँछन् □ gt १०१, अनु. ५-९
२०१२ आइत. अप्रिल १ ▪ यरूशलेममा ख्रीष्टको □ मत्ती २१:१-११, १४-१७
२०१३ ..... विजयी प्रवेश
२०१४ ..... ▪ मन्दिरमा सिकाउनुहुन्छ □ मर्कूस ११:१-११
□ gt १०२
नीसान १० (सूर्यास्तपछि सुरु हुन्छ)
▪ बेथानीमा रात
बिताउनुहुन्छ
२०१२ सोम. अप्रिल २ ▪ सबेरै यरूशलेम □ मत्ती २१:१२, १३
२०१३ ..... जानुहुन्छ १८, १९
२०१४ ..... ▪ मन्दिरको सफाइ गर्नुहुन्छ □ मर्कूस ११:१२-१९
▪ स्वर्गबाट यहोवा □ लूका १९:४५-४८
बोल्नुहुन्छ □ यूहन्ना १२:२०-५०
नीसान ११ (सूर्यास्तपछि सुरु हुन्छ)
२०१२ मङ्गल. अप्रिल ३ ▪ दृष्टान्त चलाउँदै □ मत्ती २१:१९–२५:४६
२०१३ ..... मन्दिरमा
२०१४ ..... सिकाउनुहुन्छ
▪ फरिसीहरूको □ मर्कूस ११:२०–१३:३७
आलोचना गर्नुहुन्छ
▪ विधवाले खसालेको दुई □ लूका २०:१–२१:३८
सिक्का याद गर्नुहुन्छ
▪ यरूशलेमको पतनबारे □ यूहन्ना
अग्रिमवाणी गर्नुहुन्छ
▪ भावी उपस्थितिको □ gt १०५ देखि ११२, अनु. १
चिन्ह दिनुहुन्छ
नीसान १२ (सूर्यास्तपछि सुरु हुन्छ)
▪ यहूदा धोका दिन □ मर्कूस १४:१, २, १०, ११
योजना बनाउँछन्
यूहन्ना
नीसान १३ (सूर्यास्तपछि सुरु हुन्छ)
२०१२ बिही. अप्रिल ५ ▪ पत्रुस र यूहन्ना □ मत्ती २६:१७-१९
२०१३ ..... निस्तार-चाडको
२०१४ ..... तयारी गर्छन्
▪ येशू र अरू □ मर्कूस १४:१२-१६
दस प्रेषित □ लूका २२:७-१३
साँझमा यूहन्ना
जानुहुन्छ □ gt ११२, अनु. ५ देखि ११३,
नीसान १४ (सूर्यास्तपछि सुरु हुन्छ)
▪ निस्तार-चाड □ मत्ती २६:२०-३५
मनाउनुहुन्छ
▪ प्रेषितहरूको □ मर्कूस १४:१७-३१
खुट्टा धुनुहुन्छ
▪ यहूदालाई त्यहाँबाट पठाउनुहुन्छ □ लूका २२:१४-३८
२०१४ ..... ▪ प्रेषितहरू भाग्छन् □ मर्कूस १४:३२-७२
▪ यहूदी □ लूका २२:३९-६२
न्यायपरिषद्द्वारा केरकार
▪ यहूदी न्यायपरिषद्सामु □ मत्ती २७:१-६१
पुनः हाजिर गराइन्छ
▪ मृत्युदण्ड दिइन्छ □ लूका २२:६३–२३:५६
र खम्बामा टाँगिनुहुन्छ
▪ शव खम्बाबाट तल झारिन्छ □ gt १२१ देखि १२७, अनु. ७ सम्म
र गाडिन्छ
नीसान १५ (सूर्यास्तपछि सुरु हुन्छ)
▪ विश्राम-दिन
२०१२ शनि. अप्रिल ७ ▪ पिलातसले येशूको □ मत्ती २७:६२-६६
२०१३ ..... चिहानमा पहरा मर्कूस
२०१४ ..... दिन लगाउँछन् लूका
यूहन्ना
नीसान १६ (सूर्यास्तपछि सुरु हुन्छ)
२०१२ आइत. अप्रिल ८ ▪ पुनर्जीवित हुनुहुन्छ □ मत्ती २८:१-१५
२०१३ ..... ▪ चेलाहरूसामु □ मर्कूस १६:१-८
२०१४ ..... देखा पर्नुहुन्छ □ लूका २४:१-४९
[फुटनोट]
c यहाँ दिइएको सङ्ख्या सबैभन्दा महान् पुरुष (gt) किताबका अध्यायहरू हुन्। येशूले अन्तिम पटक गर्नुभएको सेवाको कामबारे बाइबलआधारित विस्तृत विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद, पृष्ठ ६१७-६१९ हेर्नुहोस्।