प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१५ पृ. ३-६
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “मैले पत्याउनै सकिनँ”
  • तिनी आफ्नो सेवाको कामलाई केलाउन उत्प्रेरित भए
  • नामुद उस्ताद कि प्रचारक?
  • “त्यहाँ नबसी धरै थिएन”
  • यहोवाको निमन्त्रणा स्वीकार्दा इनाम पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अघि र पछि तिनले परिवर्तन हुने शक्‍ति पाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • लगनशीलताले प्रगतितर्फ लैजान्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१५ पृ. ३-६

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ब्राजिल

अहिले ३० वर्ष पुगेकी रूबिया (१) केही वर्षअघि, ब्राजिलको दक्षिणी भागमा बस्ने सान्ड्रा-लाई (२) भेट्‌न गइन्‌। सान्ड्रा त्यहाँको सानो मण्डलीमा अग्रगामी सेवा गर्थिन्‌। त्यहाँ पुगेपछि रूबिया एउटा कुराले असाध्यै प्रभावित भइन्‌ र तिनको जीवनले नयाँ मोड लियो। त्यो के थियो? आउनुहोस्‌, रूबियाकै मुखबाट सुनौं।

“मैले पत्याउनै सकिनँ”

“सान्ड्राले मलाई उनको एक जना बाइबल विद्यार्थीकहाँ लगिन्‌। अध्ययन गर्दै गर्दा त्यो दिदीले यसो भन्‍नुभयो: ‘म काम गर्ने ठाउँको तीन जना बहिनी पनि अध्ययन गर्न चाहन्छन्‌। तर मैले तिनीहरूलाई अध्ययन गर्नको लागि पालो कुर्नुपर्छ भनेकी छु। मलाई थाह छ, तपाईं यो वर्षभरिको लागि बुक भइसक्नुभयो।’ मैले पत्याउनै सकिनँ। कस्तो अचम्म, यहोवाबारे जान्‍न इच्छुक व्यक्‍तिहरूले पालो कुर्नुपर्ने! म बसेको इलाकामा त एउटा बाइबल अध्ययन पाउन पनि धौधौ हुन्थ्यो। त्यो दिदीको घरमा छँदै मेरो मनमा पनि यही सानो सहरमा आएर मानिसहरूलाई मदत गर्ने इच्छा जाग्यो। त्यसको लगत्तै म आफू बसिरहेको ठूलो सहर छोडेर सान्ड्राले अग्रगामी सेवा गरिरहेको सहरमा बसाइँ सरें।”

परिणाम कस्तो भयो? रूबिया भन्छिन्‌: “त्यहाँ सरेको दुई महिनाभित्रै मैले १५ वटा बाइबल अध्ययन सञ्चालन गर्न थालें। तपाईंलाई पत्यार लाग्ला कि नलाग्ला, सान्ड्रासित जस्तै मसित पनि मानिसहरूले बाइबल अध्ययन गर्न पालो कुर्न थाले!”

तिनी आफ्नो सेवाको कामलाई केलाउन उत्प्रेरित भए

अहिले २० वर्ष नाघिसकेका डिएगो (३) ब्राजिलको दक्षिणी भागमा पर्ने एउटा सानो सहर, प्रुडेन्टोपोलिसमा सेवा गरिरहेका केही अग्रगामीलाई भेट्‌न गए। त्यहाँ गएपछि तिनी एकदमै प्रभावित भए। अझ भन्‍नुपर्दा, तिनी आफ्नो सेवाको कामलाई केलाउन उत्प्रेरित भए। तिनी यसो भन्छन्‌: “मैले मण्डलीमा खासै केही गरिरहेको थिइनँ, केवल हरेक महिना प्रचारकार्यमा केही घण्टा बिताउँथें। तर ती अग्रगामीहरूलाई भेटेर उनीहरूको अनुभव सुन्दा उनीहरू कत्ति आनन्दित रहेछन्‌ भनेर देखें। तर आफू भने प्रचारकार्यप्रति त्यति गम्भीर नभएको महसुस गरें। उनीहरूको खुसी र उत्साह देख्दा मेरो जीवन पनि उनीहरूको जस्तै अर्थपूर्ण भइदिए हुन्थ्यो जस्तो लाग्यो।” त्यसपछि डिएगोले अग्रगामी सेवा सुरु गरे।

के तपाईं पनि प्रचारकार्य र सभाहरूमा भाग त लिइरहेको तर त्यसबाट खासै आनन्द भने उठाउन नसकेको डिएगोजस्तै जवान साक्षी हुनुहुन्छ? त्यसो हो भने, आवश्‍यकता बढी भएको ठाउँमा गएर सेवा गर्दा पाउने आनन्द अनुभव गर्न केही छाँटकाँट गर्न सक्नुहुन्छ कि? हुन त हो, आरामदायी जीवन छोडेर नयाँ ठाउँमा जाने भनेर सोच्दा मात्रै पनि डर लाग्न सक्छ। तैपनि थुप्रै जवानले त्यसो गरिरहेका छन्‌। यहोवाको सेवामा पूरापूर भाग लिन तिनीहरूले व्यक्‍तिगत लक्ष्य अनि इच्छालाई छाँटकाँट गर्ने आँट गरेका छन्‌। यसै सन्दर्भमा ब्रुनोको अनुभव पनि हेरौं।

नामुद उस्ताद कि प्रचारक?

अहिले २८ वर्ष पुगेका ब्रुनो (४) केही वर्षअघि प्रख्यात सङ्‌गीत पाठशालामा अध्ययन गर्थे। तिनको लक्ष्य वाद्यवादन टोलीको नाइके हुनु थियो। वास्तवमा भन्‍नुपर्दा एकदमै कुशल विद्यार्थी भएकोले तिनले वाद्यवादन टोलीको नाइके हुनको लागि थुप्रै निम्तो पाए। आफ्नो पढाइपछि तिनले नाम-दाम दुवै कमाउन सक्थे। ब्रुनो भन्छन्‌: “तैपनि जीवनमा केही अपुग भएको महसुस गर्थें। यहोवालाई जीवन समर्पण गरिसकेको थिएँ तर तनमनले सेवा गरिरहेको भने थिइनँ। यसले मलाई पिरोल्थ्यो। मैले आफ्ना भावनाहरू प्रार्थनामा यहोवालाई पोखें। साथै मण्डलीका अनुभवी भाइहरूसँग पनि कुरा गरें। गम्भीरतापूर्वक सोचेपछि मैले सङ्‌गीतलाई भन्दा सेवाको कामलाई प्रथम स्थान दिने निर्णय गरें। त्यसपछि मैले सङ्‌गीत पाठशाला छोडें अनि आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने चुनौती स्वीकारें।” नतिजा कस्तो भयो?

ब्रुनो साऊ पाउलो सहरदेखि लगभग २६० किलोमिटर टाढा ग्वापियरामा (लगभग ७,००० जनसङ्‌ख्या भएको सहर) बसाइँ सरे। तिनको लागि यो निकै ठूलो परिवर्तन थियो। तिनी भन्छन्‌: “यहाँ आएपछि फ्रिज, टिभी र इन्टरनेटको सुविधा नभएको एउटा सानो घरमा बसें। तर आफूसित पहिला कहिल्यै नभएको कुरा यहाँ पाएँ, त्यो हो: फलफूल र तरकारी बारी!” त्यहाँको सानो मण्डलीमा छउन्जेल तिनी हप्ताको एक चोटि टाढा-टाढाको गाउँमा प्रचार गर्न मोटरसाइकलमा जान्थे। त्यसरी जाँदा झोलाभरि खानेकुरा, पानी अनि पत्र-पत्रिकाहरू लैजान्थे। त्यस इलाकाका थुप्रैले सुसमाचार पहिला कहिल्यै सुनेका थिएनन्‌। तिनी भन्छन्‌: “मैले १८ वटा सम्म बाइबल अध्ययन सञ्चालन गरें। ती विद्यार्थीहरूको जीवन परिवर्तन भएको देख्दा म औधी खुसी हुन्थें।” तिनी अझै भन्छन्‌: “अब भने आफ्नो जीवनमा अपुग भएको कुरा के रहेछ भनेर थाह पाएँ। त्यो थियो: राज्य गतिविधिलाई प्रथम स्थान दिंदा पाइने ठूलो सन्तुष्टि। भौतिकवादी लक्ष्यहरू हासिल गरेको भए म यत्ति आनन्दित हुन सक्दिनथें।” ग्वापियरामा बस्दा ब्रुनोले कसरी खर्च जुटाए? मुसुक्क हाँस्दै तिनी यसो भन्छन्‌: “गितार सिकाएर।” नामुद उस्ताद नभएर के भो र, सिपालु त थिए नि!

“त्यहाँ नबसी धरै थिएन”

अहिले २० वर्ष नाघिसकेकी मारियाना-को (५) अवस्था पनि ब्रुनोको जस्तै थियो। उनी वकिल थिइन्‌। आफ्नो पेसाबाट प्रशस्त आम्दानी भए तापनि साँचो सन्तुष्टि भने पाएकी थिइनन्‌। उनी भन्छिन्‌: “‘बतासलाई खेदिरहेको’ जस्तो मात्र लाग्थ्यो।” (उप. १:१७) केही भाइबहिनीले उनलाई अग्रगामी सेवाबारे सोच्न प्रोत्साहन दिए। निकै सोचविचार गरेपछि मारियाना र उनका साथीहरू बियांका (६), क्यारोलिन (७) अनि जुलियाना-ले (८) हजारौं किलोमिटर टाढा रहेको बारा डु बुग्रेस भन्‍ने ठाउँको मण्डलीमा सेवा गर्ने निर्णय गरे। त्यसपछि के भयो?

मारियाना भन्छिन्‌: “त्यहाँ तीन महिना मात्र बस्ने सोचाइ थियो। तर तेस्रो महिनाको अन्तसम्ममा त मैले १५ वटा बाइबल अध्ययन गरिरहेकी थिएँ। हो, ती विद्यार्थीहरूलाई सच्चाइमा अगाडि बढ्‌न अझै मदत दिनुपर्ने थियो। त्यसैले अब म फर्कंदै छु भन्‍ने आँटै गर्न सकिनँ। त्यहाँ नबसी धरै थिएन।” ती चारै जनाले त्यहीं बस्ने निर्णय गरे। मारियानाको यस निर्णयले के उनको जीवनलाई अझ उद्देश्‍यपूर्ण बनायो? उनी भन्छिन्‌: “मानिसहरूको जीवन राम्रो बनाउन यहोवाले मलाई प्रयोग गर्नुभएको कुरा सम्झँदा आनन्दित महसुस गर्छु। आफ्नो समय र शक्‍तिलाई साँच्चै नै अर्थपूर्ण काममा लगाइरहेकी छु भनेर थाह पाउँदा खुसी लाग्छ।” चारै जनाको भावना समेट्‌दै क्यारोलिन भन्छिन्‌: “दिनभरि राज्य गतिविधिमा व्यस्त भएपछि राती ढल्कँदा गहिरो सन्तुष्टि अनुभव गर्छु। बाइबल विद्यार्थीहरूलाई मदत गर्नमा नै मेरो जीवन केन्द्रित छ। तिनीहरूले उन्‍नति गरेको देख्दा एकदम खुसी लाग्छ। म यी शब्दहरूको सत्यता अनुभव गर्दै छु: ‘पारख गरेर हेर, कि परमप्रभु कस्तो भलो हुनुहुन्छ।’”—भज. ३४:८.

टाढा-टाढा गएर परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न ‘राजीखुशीले आफैलाई अर्पण’ गर्ने जवान भाइबहिनीहरू विश्‍वभरि बढ्‌दै छन्‌। यो देखेर यहोवा कत्ति खुसी हुनुहुन्छ! (भज. ११०:३; हितो. २७:११) परिणामस्वरूप, यस्ता भाइबहिनीहरूले यहोवाबाट प्रशस्त आशिष्‌ पाउँछन्‌।—हितो. १०:२२.

“हामीलाई केही कुराको कमी भएन”

झाओ पाउलो र तिनकी श्रीमती नाओमी-ले आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने इच्छा व्यक्‍त गर्दा तिनीहरूले केही नकारात्मक टिकाटिप्पणी सुन्‍नुपऱ्‍यो। मण्डलीका केहीले यसो भने: “सानो सहरमा पैसाको जोहो गर्न त्यति सजिलो हुँदैन।” “किन सर्नुपऱ्‍यो र? आफ्नै मण्डलीमा कत्ति काम छ।” झाओ पाउलो भन्छन्‌: “राम्रै मनसायले भनिएका यस्ता टिकाटिप्पणी सुन्‍नुपरे तापनि हामीले हरेस खाएनौं।” झाओ पाउलो र नाओमीले प्रकाशकहरूको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गरेको वर्षौं भइसक्यो। प्रचारकार्यलाई विस्तार गर्ने आफ्नो निर्णयमा अडिग रहेकोमा तिनीहरू खुसी छन्‌। झाओ पाउलो यसो भन्छन्‌: “यहाँ हामीलाई केही कुराको कमी भएन। अत्यावश्‍यक कुराहरूको सन्दर्भमा भन्‍ने हो भने हामीले पहिलेभन्दा पनि बढी पाएका छौं।” नाओमी थप्छिन्‌: “हाम्रो प्रयास खेर गएन।”

सानो सहरमा जीविका चलाउन गाह्रो हुन्छ। टाढा-टाढा बसाइँ सर्नेहरूले आफ्नो खर्च कसरी जुटाउँछन्‌? नयाँ-नयाँ तरिका खोजेर। कोही-कोही अङ्‌ग्रेजी वा अन्य भाषा सिकाउँछन्‌, केटाकेटीलाई ट्युसन पढाउँछन्‌, सिलाइबुनाइ गर्ने वा रङ लगाउने काम गर्छन्‌ वा पार्ट-टाइम कामको रूपमा जे भेटिन्छ, त्यही गर्छन्‌। आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने सबै यसो भन्छन्‌: ‘चुनौतीहरूको तुलनामा आशिष्‌ धेरै छन्‌।’

घरको यादले सताउँदा

टिएगो भन्छन्‌: “नयाँ मण्डलीमा आएको केही समय नबित्दै निराश हुन थालें। त्यस सहरमा प्रकाशकहरू थोरै थिए अनि रमाइलो गर्ने कुरा पनि खासै केही थिएन। मलाई घरको यादले सताउन थाल्यो। रमाइलो गर्नको लागि आफैले भए पनि केही न केही गर्नुपर्छ भनेर महसुस गरें। त्यसैले मण्डलीका भाइबहिनीसित अझ राम्ररी चिनजान गर्न प्रयास गरें। परिणाम राम्रो भयो! मैले नयाँ साथीहरू बनाएँ अनि यहाँ पनि रमाइलो लाग्न थाल्यो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने