आवरण लेख
के सैतान वास्तविक व्यक्ति हो?
सैतानलाई भ्रष्ट अनि स्वर्गबाट खसालिएको स्वर्गदूतको रूपमा देखाइएको एउटा मूर्ति, म्याड्रिड, स्पेन।
“म एल साल्भाडोरमा हुर्कें। मैले अटेर गर्दा आमा यसो भन्नुहुन्थ्यो: “सैतान तिमीलाई लैजान आउँदै छ है!” जवाफमा म यसो भन्थें: “आउन दिनुहोस्, त्यसलाई!” म परमेश्वरमा विश्वास गर्थें, तर सैतान चाहिं छैन जस्तो लाग्थ्यो।”—रोकेल्यो।
के तपाईं पनि रोकेल्योको कुरामा सहमत हुनुहुन्छ? सैतानबारे मानिसहरूको विभिन्न धारणा छ, जसमध्ये केही तल दिइएका छन्। यीमध्ये तपाईंलाई कुन चाहिं ठीक हो जस्तो लाग्छ?
सैतान वास्तविक व्यक्ति होइन; त्यो त दुष्ट्याइँको प्रतीक मात्र हो।
सैतान साँच्चै छ। तर त्यसले मानिसहरूमा खासै चासो लिंदैन।
सैतान शक्तिशाली अदृश्य व्यक्ति हो र त्यसले मानिसहरूमा नराम्रो प्रभाव जमाइरहेको छ।
माथि दिइएका प्रत्येक धारणालाई समर्थन गर्ने लाखौं मानिसहरू छन्। तर कुन चाहिं धारणा सही हो भनेर थाह पाउनु के साँच्चै महत्त्वपूर्ण छ? यो कुरा विचार गर्नुहोस्, यदि सैतान वास्तविक व्यक्ति होइन भने त्यो साँच्चै छ भनेर विश्वास गर्ने सबै मानिसहरू भ्रममा परेका छन्। अर्कोतर्फ सैतान साँच्चै छ, तर त्यसले मानिसहरूमा खासै चासो लिंदैन भने त थुप्रै मानिस विनाकारण डराइरहेका छन्। तर यदि त्यो साँच्चै एउटा धूर्त व्यक्ति हो भने सैतान मानिसहरूले सोचेभन्दा पनि खतरनाक छ।
पवित्र शास्त्रले यी प्रश्नहरूको जवाफ कसरी दिन्छ, विचार गरौं: सैतान दुष्ट्याइँको प्रतीक मात्र हो वा एक अदृश्य व्यक्ति? यदि अदृश्य व्यक्ति हो भने के सैतानले तपाईंलाई पनि प्रभाव पार्न सक्छ? सक्छ भने तपाईं कसरी सुरक्षित रहन सक्नुहुन्छ?