प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १२/१ pp. १४-१५
  • ऋण लिनै पर्छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ऋण लिनै पर्छ र?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ऋण लिनु साँच्चै आवश्‍यक छ?
  • बाइबलका लाभदायी निर्देशनहरू
  • साथीहरूबीच लेनदेन
    ब्यूँझनुहोस्‌!—१९९९
  • के म भाइसित ऋण मागूँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “सुसमाचारको लागि” एक जना साहसिक “फिरन्ते”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पैसाप्रति सही दृष्टिकोण राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १२/१ pp. १४-१५
ऋण लिइरहेका एक व्यक्‍ति

ऋण लिनै पर्छ र?

“ऋण लिंदा विवाह भोज गरेझैं; तिर्नुपर्दा शोकमा परेझैं।”—स्वाहिली उखान।

यो उखान पश्‍चिम अफ्रिकाका मानिसहरूमाझ निकै चिर परिचित छ। अनि यसले संसारभरिका मानिसहरूको भावनालाई झल्काउँछ। तपाईंले पनि साथीभाइ वा अरू कतैबाट ऋण लिंदा यस्तै महसुस गर्नुभएको छ कि? कुनै-कुनै अवस्थामा ऋण लिनु नै सही हो जस्तो लागे तापनि के यो साँच्चै राम्रो उपाय हो त? ऋण लिनुमा के-कस्ता खतराहरू छन्‌?

अर्को एउटा स्वाहिली उखानले ऋण लिंदा निम्तिने मुख्य समस्याबारे यसरी बताउँछ: “ऋण लिंदा वा दिंदा मित्रता टुट्‌छ।” साँच्चै, ऋणले हाम्रो मित्रता र अरूसितको सम्बन्धलाई खतरामा पार्छ। ऋण लिने र दिने, दुवैको मनसाय राम्रो छ अनि राम्रो योजना बनाएको छ भने पनि परिस्थिति सधैं आफूले सोचेजस्तो हुँदैन। उदाहरणका लागि, ऋण तिर्नुपर्ने म्याद सकेर पनि कसैले तिर्दैन भने ऋण दिने चाहिं रिसाउन सक्छ। ती दुईबीच द्वेष उत्पन्‍न हुन सक्छ र यसले गर्दा तिनीहरू अनि तिनीहरूको परिवारबीचको सम्बन्ध चिसिन सक्छ। अक्सर ऋण नै यस्ता समस्याहरूको जड हुने भएकोले आर्थिक समस्या पर्ने बित्तिकै ऋण लिनु नै सबैभन्दा राम्रो उपाय हो भनी नसोच्नुहोस्‌। अरू कुनै समाधान छैन भने मात्र ऋण लिनु उचित हुन सक्छ।

ऋण लिंदा परमेश्‍वरसितको सम्बन्ध पनि खतरामा पर्न सक्छ। तर कसरी? पहिलो कुरो त जानाजानी ऋण नतिर्ने व्यक्‍तिलाई बाइबलमा दुष्ट भनिएको छ। (भजन ३७:२१) साथै बाइबलमा “ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ” भनेर पनि बताइएको छ। (हितोपदेश २२:७, NRV) आफूले लिएको रकम नतिरेसम्म ऋण दिनेको अधीनमा बस्नुपर्छ भन्‍ने कुरा ऋणीले मनमा राख्नुपर्छ। साँच्चै! अफ्रिकाको अर्को एउटा उखानले भनेझैं “मान्छेको खुट्टा सापटी लिएपछि उसले जहाँ-जहाँ लैजान्छ, त्यहीं-त्यहीं जानुपर्छ।” भन्‍नुको मतलब, ऋणमा चुर्लुम्मै डुबेको व्यक्‍तिसित आफ्नो चाहना पूरा गर्ने स्वतन्त्रता हुँदैन।

त्यसैले ऋण लिने व्यक्‍तिले ऋण चुक्‍ता गर्नुलाई नै आफ्नो प्रमुख कर्तव्य ठान्‍नुपर्छ। यसो नगरेमा समस्याहरूको ओइरो लाग्न सक्छ। ऋणको भारले थिचिंदा तनाव बढ्‌छ; अनिदो रातहरू काट्‌नु पर्ने, काममा धेरै समय खटिनु पर्ने हुन सक्छ। साथै श्रीमान्‌-श्रीमतीबीच झैझगडा उत्पन्‍न हुने अनि परिवार टुक्रिने समेत हुन सक्छ। यति मात्र नभई ऋण तिर्न नसक्दा मुद्दा लाग्ने वा जेल सजाय भोग्नु पर्ने पनि हुन सक्छ। त्यसैले रोमी १३:८ मा हामी यस्तो बुद्धिमानी सल्लाह पाउँछौं: “आपसमा प्रेम गर्नुबाहेक तिमीहरू अरू कुनै कुरामा कसैको ऋणी नहोओ।”

ऋण लिनु साँच्चै आवश्‍यक छ?

तसर्थ ऋण लिने कि नलिने भनेर निर्णय गर्नुपर्दा होसियार हुनैपर्छ। आफैलाई यी प्रश्‍नहरू सोध्नु बेस हो: के मैले ऋण लिनु साँच्चै आवश्‍यक छ? परिवारको दैनिक खाँचो टार्न धौधौ परेकोले ऋण लिन लागेको हुँ कि लोभले गर्दा? आफ्नो औकातले नभ्याए पनि उच्च जीवनस्तरको चाहना राखेको छु कि? ऋण लिएर कसैको बन्धनमा पर्नुभन्दा आफूसित भएको थोरै कुरामा सन्तुष्ट हुनु नै बेस हो।

तर कहिलेकाहीं ऋण लिनै पर्ने अवस्था पनि आउन सक्छ। जस्तै: आपत्‌कालीन समयमा ऋण लिनुको विकल्प नहुन सक्छ। यदि कसैले ऋण लिने निर्णय गर्छ भने पनि तिनले इमानदार भएर व्यवहार गर्नुपर्छ। कसरी?

पहिलो, कोही व्यक्‍ति अरूभन्दा धनी छ भन्दैमा तिनको फाइदा उठाउनु गलत हो। तिनी धनी भएकोले हामीलाई आर्थिक मदत दिनु त तिनको कर्तव्य नै हो भन्‍ने सोच राख्नु ठीक होइन। साथै त्यस्ता व्यक्‍तिहरूसित कारोबार गर्दा खासै इमानदार हुनु पर्दैन भन्‍ने विचार राख्नु पनि उचित होइन। आर्थिक रूपमा सम्पन्‍न मानिसहरूको ईर्ष्या गर्नु हुँदैन।—हितोपदेश २८:२२.

तपाईंले ऋण लिनुभएको छ भने चाँडै त्यो चुक्‍ता गर्नुहोस्‌। यदि ऋण दिने व्यक्‍तिले ऋण चुक्‍ता गर्ने कुनै खास समय तोकेको छैन भने तपाईं आफैले समय तोक्नुहोस्‌ र तोकेकै समयमा ऋण तिर्नुहोस्‌। भविष्यमा तपाईं दुईबीच कुनै किसिमको विवाद नहोस्‌ भनेर तमसुक बनाउनुहोस्‌। (यर्मिया ३२:९, १०) सम्भव छ भने ऋण दिने व्यक्‍तिलाई आफैले भेटेर रकम फिर्ता गर्नुहोस्‌ ताकि तिनलाई धन्यवाद दिन सकियोस्‌। ऋण तिर्ने सन्दर्भमा तपाईं वचनको पक्का हुनुभयो भने ऋण दिने व्यक्‍तिसितको सम्बन्ध राम्रो हुन्छ। डाँडाको उपदेश भनेर चिनिने भाषणमा येशूले यसो भन्‍नुभयो: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌।” (मत्ती ५:३७) साथै येशूले दिनुभएको यो व्यावहारिक सल्लाह सधैं मनमा राखौं: “त्यसकारण, मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।”—मत्ती ७:१२.

बाइबलका लाभदायी निर्देशनहरू

बाइबलले हामीलाई ऋण लिने झुकावसित लड्‌न मदत गर्छ। बाइबलमा यस्तो लेखिएको छ: “धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्नुपर्छ।” (१ तिमोथी ६:६) मतलब, ऋण लिंदा भोग्नु पर्ने नराम्रो नतिजाबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको आफूसित भएका कुराहरूमै सन्तुष्ट हुनु हो। आफ्नो चाहना तुरुन्तै पूरा गर्ने मनोभाव व्याप्त भएको यस संसारमा सन्तुष्ट हुन निकै गाह्रो छ। तर यस सन्दर्भमा “परमेश्‍वरको भक्‍ति”-ले हामीलाई मदत गर्छ। कसरी?

एसियाका एक ख्रीष्टियन दम्पतीको उदाहरण विचार गर्नुहोस्‌। सानैदेखि तिनीहरू आफ्नै घर भएका मानिसहरूको खुब इज्जत गर्थे। त्यसैले आफूले बचत गरेको केही रकमका साथै बैंक अनि आफन्तहरूबाट ऋण लिएर तिनीहरूले घर किन्‍ने निर्णय गरे। तर चाँडै हरेक महिना तिर्नुपर्ने ब्याजको भारले आफूलाई थिच्दै गएको तिनीहरूले महसुस गरे। तिनीहरूले हरेक दिन लामो समयसम्म काम गरे, जसले गर्दा आफ्ना छोराछोरीसित थोरै समय मात्र बिताउन पाए। श्रीमान्‌ चाहिं यसो भन्छन्‌: “निद्रा नपुगेकोले अनि धपेडी र पीडाले गर्दा मेरो टाउकोमा एउटा ठूलो ढुङ्‌गाले थिचेको जस्तै महसुस भयो। म निस्सासिएँ।”

“भौतिक कुराहरूलाई परमेश्‍वरको नजरले हेर्दा हामी सुरक्षित हुन्छौं”

केही समयपछि तिनीहरूले १ तिमोथी ६:६ मा लेखिएको कुरा सम्झे अनि आफ्नो समस्याको एक मात्र समाधान घर बेच्नु हो भन्‍ने निष्कर्षमा पुगे। ऋणको बोझबाट मुक्‍त हुन तिनीहरूलाई दुई-दुई वर्ष लाग्यो। यस दम्पतीले आफ्नो अनुभवबाट के सिके? तिनीहरू यसो भन्छन्‌: “भौतिक कुराहरूलाई परमेश्‍वरको नजरले हेर्दा हामी सुरक्षित हुन्छौं।”

यस लेखको सुरुमा बताइएको स्वाहिली उखान संसारमा धेरैलाई थाह छ। तैपनि थुप्रैले ऋण लिन भने छोडेका छैनन्‌। माथि छलफल गरिएका बाइबल सिद्धान्तहरूले हामीलाई यो प्रश्‍नबारे गम्भीर भई सोच्न लगाउँछ: ऋण लिनै पर्छ र?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने