प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१ p. १६
  • बाइबल प्रश्‍नहरूको जवाफ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल प्रश्‍नहरूको जवाफ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • परमेश्‍वरको शान्तिपूर्ण सरकार
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१ p. १६

बाइबल प्रश्‍नहरूको जवाफ

संसारभर एउटै सरकार सम्भव छ?

एउटै सरकारद्वारा एकत्रित गरिएका सबै राष्ट्रका मानिसहरू

एउटै सरकारले कसरी सबै राष्ट्रका मानिसहरूलाई एकतामा बाँध्नेछ? यशैया ३२:१, १७; ५४:१३

कल्पना गर्नुहोस्‌, संसारभर एउटै सरकार! मानवजातिको लागि यो कत्ति खुसीको कुरा हो। अहिले धेरै मानिस गरिब भएकोले दुःखकष्ट भोगिरहेका छन्‌। अर्कोतिर केही मानिसहरू भने धेरै धनी छन्‌। तर मानिसहरूको वास्तविक अवस्था बुझ्ने सरकारले सबैको आवश्‍यकता पूरा गर्न सक्छ। मानिसहरूले यस्तो सरकार कहिल्यै ल्याउन सक्ला?—यर्मिया १०:२३ पढ्‌नुहोस्‌।

इतिहासका पाना पल्टाउने हो भने मानव सरकारहरू आफ्ना प्रजाको राम्रो हेरचाह गर्न चुकेका छन्‌, अझ विशेषगरि गरिबहरूको। केही सरकारहरू भने निर्दयी छन्‌। (उपदेशक ४:१; ८:९) तर सर्वशक्‍तिमान्‌ परमेश्‍वरले सबै मानव सरकारलाई हटाएर त्यसको ठाउँमा आफ्नो सरकार स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। त्यस सरकारको शासकले मानिसहरूको साँच्चै ख्याल राख्नेछ।—यशैया ११:४; दानियल २:४४ पढ्‌नुहोस्‌।

परमेश्‍वरको राज्यले के हासिल गर्नेछ?

यहोवा परमेश्‍वरले एक असल शासक येशू ख्रीष्टलाई छान्‍नुभएको छ। (लूका १:३१-३३) पृथ्वीमा हुनुहुँदा येशू मानिसहरूलाई मदत गर्न इच्छुक हुनुभयो। राजाको रूपमा उहाँले सबै राष्ट्रका मानिसहरूलाई एकतामा बाँध्नुहुनेछ र दुःखकष्टबाट छुटकारा दिनुहुनेछ।—भजन ७२:८, १२-१४ पढ्‌नुहोस्‌।

के सबैले येशूलाई शासकको रूपमा स्वीकार्नेछन्‌? अहँ, स्वीकार्ने छैनन्‌। तर यहोवा धीरजी हुनुहुन्छ। (२ पत्रुस ३:९) येशूलाई शासकको रूपमा स्वीकार्ने मौका उहाँले मानिसहरूलाई दिइरहनु भएको छ। येशूले चाँडै खराब मानिसहरूलाई यस पृथ्वीबाट हटाउनुहुनेछ र संसारभर शान्ति र सुरक्षा ल्याउनुहुनेछ।—मीका ४:३, ४ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्‍ने किताबको अध्याय ८ हेर्नुहोस्‌

www.jw.org/neमा पनि उपलब्ध छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने