प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१५ पृ. ३-४
  • जापानले आशै नगरेको उपहार पायो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जापानले आशै नगरेको उपहार पायो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस किताबका विशेषताहरू
  • जापानी इलाकाको लागि तयार पारिएको
  • मानिसहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?
  • नया विचारधाराहरू प्रति के तपाँईको मन खुला छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१५ पृ. ३-४
बाइबल—मत्तीको सुसमाचार

जापानले आशै नगरेको उपहार पायो

सन्‌ २०१३, अप्रिल २८ को दिन जापानको नागोया सहरमा एउटा विशेष सभा आयोजन गरिएको थियो। त्यस सभामा परिचालक निकायका सदस्य एन्थोनी मोरिस्‌ले जापानी भाषाको बाइबल—मत्तीको सुसमाचार भन्‍ने नयाँ प्रकाशन विमोचन गर्नुभयो। कार्यक्रममा उपस्थित भएका अनि इन्टरनेटमार्फत कार्यक्रम हेरिरहेका २ लाख १० हजार मानिस चकित भए र तिनीहरूको तालीको गडगडाहट धेरैबेरसम्म सुनियो।

यो नयाँ प्रकाशन जापानी भाषाको नयाँ संसार अनुवाद-बाट तयार पारिएको हो। मत्तीको किताबलाई नयाँ रूप दिएर तयार पारिएको यो १२८ पृष्ठे प्रकाशन विशेष छ। भाइ मोरिस्‌ले बताउनुभएअनुसार यो किताब “जापानका मानिसहरूको आवश्‍यकता पूरा गर्न” तयार पारिएको हो। यो किताबका विशेषताहरू के-के हुन्‌? यो किताब किन तयार पारियो? यो किताब पाएपछि मानिसहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

विशेष सभामा उपस्थित भएका प्रकाशकहरू खुसी भई नयाँ प्रकाशन लिंदै

यस किताबका विशेषताहरू

त्यो विशेष सभामा उपस्थित भएकाहरू यस किताबको बनौट देख्दा छक्क परेका थिए। जापानी भाषामा वाक्यहरूलाई ठाडो वा तेर्सो, दुवै ढाँचामा लेख्ने चलन छ। हाम्रा हालैका प्रकाशनहरूलगायत अन्य केही प्रकाशनहरूमा वाक्यहरू तेर्सो ढाँचामा लेखिएको हुन्छ। तर धेरैजसो जापानी अखबार तथा साहित्यिक कृतिहरूमा जस्तै यस नयाँ किताबमा पनि वाक्यहरू ठाडो ढाँचामा लेखिएको छ। थुप्रै जापानी पाठक यस्तो ढाँचामा लेखिएका लेखहरू पढ्‌न सजिलो मान्छन्‌। साथै, यस किताबमा ठाउँ-ठाउँमा उपशीर्षकहरू राखिएकोले पाठकहरूले सजिलै मुख्य बुँदा ठम्याउन सक्छन्‌।

एक बहिनी नयाँ प्रकाशन पढ्‌दै

हाम्रा दाजुभाइ दिदीबहिनीले यो नयाँ किताब पाउनेबित्तिकै पढ्‌न थाले। असी वर्ष नाघिसकेकी एक बहिनी यसो भन्छिन्‌, “मैले मत्तीको किताब थुप्रै पटक पढिसकेकी छु। तर यो नयाँ किताब ठाडो ढाँचामा लेखिएकोले अनि उपशीर्षकहरू पनि भएकोले डाँडाको उपदेश अझ राम्ररी बुझ्न सकेकी छु।” तीस वर्षकी बहिनी यसो भन्छिन्‌, “मैले यो किताब एकैचोटिमा पढेर सिध्याएँ। मलाई त तेर्सो ढाँचामा लेखिएका लेखहरू पढ्‌ने बानी परिसक्यो। तर प्रायजसो जापानीहरू ठाडो ढाँचामा लेखिएका लेखहरू नै पढ्‌न रुचाउँछन्‌।”

जापानी इलाकाको लागि तयार पारिएको

बाइबलको यो किताब जापानी इलाकाको लागि किन उपयुक्‍त छ? हुन त जापानका प्रायजसो मानिसहरूलाई बाइबलबारे थाह छैन। तैपनि तिनीहरू बाइबल पढ्‌न मन पराउँछन्‌। कहिल्यै बाइबल नदेखेका मानिसहरूले समेत पवित्र बाइबलको यो अंश पाएका छन्‌ अनि पढेर लाभ उठाएका छन्‌।

एक दम्पती बाइबल—मत्तीको सुसमाचार किताब देखाउँदै

मत्तीको किताब नै किन रोजियो? “बाइबल” भन्‍नासाथै प्रायजसो जापानीहरूले येशू ख्रीष्टलाई सम्झन्छन्‌। त्यसैले मत्तीको किताब रोजियो। यसमा येशूको वंशावली र जन्म, प्रख्यात डाँडाको उपदेश अनि अन्तको दिनबारे गरिएका भविष्यवाणीहरू छन्‌। यस्ता विषयहरूले पक्कै पनि जापानीहरूको चासो जगाउँछ।

जापानका प्रचारकहरूले यो प्रकाशन घरघरको प्रचारकार्यमा र पुनःभेटमा वितरण गर्न थालिसकेका छन्‌। एउटी बहिनी यसो भन्छिन्‌, “इलाकाका मानिसहरूलाई परमेश्‍वरको वचन वितरण गर्ने अझ धेरै मौका पाएकी छु। विशेष सभाकै दिनमा मैले यो किताबको एक प्रति दिन सकें।”

मानिसहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

प्रचारकहरूले यो किताब कसरी प्रस्तुत गर्छन्‌? जापानका मानिसहरूले “साँघुरो ढोका,” ‘सुँगुरको अगाडि मोती’ र “भोलिको चिन्ता कहिल्यै नगर” भन्‍ने जस्ता वाक्यांशहरू सुन्दै आएका छन्‌। (मत्ती ६:३४; ७:६, १३) यी कुराहरू येशू ख्रीष्टले बताउनुभएको हो भनेर थाह पाउँदा उनीहरू छक्क पर्छन्‌। मत्तीको किताबमा ती कुराहरू पढ्‌दा धेरैले यसो भन्छन्‌, “बाइबल एकपटक मात्र भए पनि पढ्‌न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो।”

मत्तीको किताब स्वीकारेका व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा उनीहरूले यो किताब पाउनासाथ पढ्‌न थालेको बताउँछन्‌। कसै-कसैले यो किताबको केही अंश पढिसकेका हुन्छन्‌ भने कसै-कसैले त पूरै पढिसिध्याएका हुन्छन्‌। साठी वर्ष नाघिसकेका एक व्यक्‍तिले प्रचारकलाई यसो भने, “मैले यो किताब बारम्बार पढें र सान्त्वना पाएँ। मलाई बाइबलबारे अरू कुराहरू पनि सिकाउनुस्‌ न!”

प्रकाशकहरूले मत्तीको किताब सार्वजनिक साक्षीकार्यमा पनि वितरण गरेका छन्‌। सार्वजनिक साक्षीकार्यको बेला एक युवतीले यो किताब स्वीकारिन्‌। तिनलाई साक्षी दिएको बहिनीले तिनलाई आफ्नो इमेल ठेगाना पनि दिइन्‌। एक घण्टापछि तिनले हाम्री बहिनीलाई इमेल पठाइन्‌। आफूले मत्तीको किताबको केही अंश पढिसकेको अनि बाइबलबारे अझ धेरै बुझ्न चाहेको कुरा तिनले लेखेकी थिइन्‌। त्यसको एक हप्तापछि तिनीसित बाइबल अध्ययन सुरु भयो र तिनी सभामा पनि आउन थालिन्‌।

सार्वजनिक साक्षीकार्यमा मत्तीको सुसमाचार किताब प्रयोग गर्दै

जापानका विभिन्‍न मण्डलीहरूमा बाइबल—मत्तीको सुसमाचार भन्‍ने किताबको १६ लाखभन्दा धेरै प्रति पठाइएको छ। हरेक महिना साक्षीहरूले यो किताबको हजारौं प्रति वितरण गर्छन्‌। यो किताबको परिचयको भागमा यस्तो लेखिएको छ, “यो किताब पढेपछि बाइबलप्रति तपाईंहरूको चासो अझ बढ्‌नेछ भन्‍ने आशा गर्छौं।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने