अन्तको दिनपछि पनि जीवितै रहनेहरू सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बस्नेछन्
बाइबल के भन्छ?
के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?
तपाईं के भन्नुहुन्छ?
छौं
छैनौं
खै, के थाह
बाइबल के भन्छ?
“अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख।” (२ तिमोथी ३:१) बाइबल भविष्यवाणीका साथै संसारमा भइरहेका घटनाहरूले हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भनेर देखाउँछ।
हामी बाइबलबाट अरू के सिक्न सक्छौं?
युद्ध, अनिकाल, ठूलठूला भूकम्प र महामारी अन्तका दिनका चिन्हहरू हुने थिए।—मत्ती २४:३, ७; लूका २१:११.
अन्तको दिनमा मानव समाज नैतिक र आध्यात्मिक रूपमा खस्कने थियो।—२ तिमोथी ३:२-५.
मानवजातिको भविष्य कस्तो छ?
कसै-कसैलाई अन्तको दिनमा पृथ्वी र सारा मानव समाज ध्वस्त हुनेछ जस्तो लाग्छ। अरूलाई भने अवस्था सुध्रिन्छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?
बाइबल के भन्छ?
“धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९.
हामी बाइबलबाट अरू के सिक्न सक्छौं?
पृथ्वीबाट सबै दुष्टता हटेपछि अन्तको दिन सिद्धिनेछ।—१ यूहन्ना २:१७.
पृथ्वी सुन्दर बगैंचामा परिणत हुनेछ।—यशैया ३५:१, ६.