प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 सङ्‌ख्या ३ पृ. १३
  • ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरले कहिले कदम चाल्नुहुनेछ?
  • यहोवामा भरोसा राख्नुहोस्‌ र जिउनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • दुष्ट कतिञ्जेल रहनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उद्धार गर्नुहुने परमेश्‍वरमा रमाहट
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 सङ्‌ख्या ३ पृ. १३
सूर्यास्त

ईश्‍वरले छिट्टै सबै दुःखकष्ट हटाउनुहुनेछ

“हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्‍नुहुन्‍न? हिंसाबाट जोगाउनुहोस्‌ भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्‍न?” (हबकुक १:२, ३) यी शब्दहरू ईश्‍वरको अनुमोदन पाएका हबकुक भन्‍ने असल व्यक्‍तिका हुन्‌। के उनको यो बिन्तीमा विश्‍वासको कमी देखिन्छ? त्यस्तो त पक्कै होइन। सबै दुःखकष्ट हटाउने समय तोकिएको छ भनेर ईश्‍वरले हबकुकलाई आश्‍वासन दिनुभयो।—हबकुक २:२, ३.

तपाईँ वा तपाईँले माया गर्नुहुने व्यक्‍तिले दुःख पाउँदा ईश्‍वरले अहिलेसम्म त केही गर्नुपर्ने हो, उहाँ कदम चाल्न असाध्यै ढिला गर्नुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ होला। तर यस विषयमा बाइबलले यस्तो आश्‍वासन दिन्छ: “केही मानिसले सोचेजस्तो यहोवा परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिला गर्नुहुन्‍न तर उहाँ तिमीहरूप्रति धीरजी हुनुहुन्छ किनकि उहाँ कोही पनि नाश नहोस्‌ बरु सबैले पश्‍चात्ताप गरून्‌ भन्‍ने चाहनुहुन्छ।”—२ पत्रुस ३:९.

ईश्‍वरले कहिले कदम चाल्नुहुनेछ?

छिट्टै! एउटा विशेष पुस्ताले विभिन्‍न घटनाहरू देख्नेछ, जुन “यस युगको आखिरी समय”-को चिन्ह हुनेछ भनेर येसुले प्रस्ट पार्नुभयो। (मत्ति २४:३-४२) येसुले गर्नुभएको भविष्यवाणीको पूर्ति अहिले हाम्रै समयमा भइरहेको छ। यसले मानिसको गतिविधिमा ईश्‍वरले हस्तक्षेप गर्नुहुने समय नजिकै छ भन्‍ने सङ्‌केत दिन्छ।a

तर ईश्‍वरले कसरी दुःखकष्ट हटाउनुहुनेछ? येसु पृथ्वीमा हुनुहुँदा ईश्‍वरको शक्‍ति चलाएर मानिसहरूको दुःख हटाउनुभयो। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

प्राकृतिक प्रकोप: येसु र उहाँका चेलाहरू गालिल समुद्रमा यात्रा गरिरहनुहुँदा अचानक ठूलो बतास चल्यो र डुङ्‌गालाई डुबाउन लाग्यो। तर येसु र उहाँको बुबाले प्रकृतिलाई पनि वशमा राख्न सक्नुहुन्छ भनेर उहाँले देखाउनुभयो। (कलस्सी १:१५, १६) उहाँले भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!” नतिजा? “तब आँधी थामियो अनि समुद्र पूरै शान्त भयो।”—मर्कुस ४:३५-३९.

रोगबिमार: अन्धा र लङ्‌गडाहरूलाई निको पार्ने व्यक्‍तिको रूपमा येसु प्रख्यात हुनुहुन्थ्यो। साथै छारेरोग, कुष्ठरोग र अरू अशक्‍ततालाई पनि उहाँले निको पार्नुभयो। “उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।”—मत्ति ४:२३, २४; ८:१६; ११:२-५.

खानेकुराको अभाव: येसुले आफ्नो बुबाले दिनुभएको शक्‍ति चलाएर थोरै खानेकुरालाई धेरै बनाउनुभयो। आफ्नो सेवाको दौडान उहाँले दुई चोटि हजारौँ मानिसलाई खुवाउनुभयो भनी बाइबलमा उल्लेख गरिएको छ।—मत्ति १४:१४-२१; १५:३२-३८.

मृत्यु: येसुले मरेकाहरूलाई जीवित पार्नुभएको तीन वटा घटनाले यहोवासित मृत्युलाई सदाको लागि हटाउने शक्‍ति छ भनेर स्पष्ट पार्छ। तिनीहरूमध्ये एक जनालाई त येसुले मरेको चार दिनपछि ब्युँताउनुभएको थियो।—मर्कुस ५:३५-४२; लुका ७:११-१६; युहन्‍ना ११:३-४४.

a आखिरी समयको बारेमा थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ ३२ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne बाट निश्‍शुल्क डाउनलोड गर्न सकिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने