प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp18 No. ३ pp. १४-१५
  • ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलले ईश्‍वरको प्रेमबारे के सिकाउँछ?
  • विवाहको पहिलो वर्ष सफलतापूर्वक पार गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परमेश्‍वर को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • दुःखकष्ट
    ब्यूँझनुहोस्‌!—२०१५
  • जीवन अर्थपूर्ण छ—किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
wp18 No. ३ pp. १४-१५
विभिन्‍न जाति र उमेरका मानिसहरू नयाँ संसारतर्फ अघि बढ्‌दै

ईश्‍वरमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

ईश्‍वरले हाम्रो शरीर अचम्म तरिकाले बनाउनुभएको छ। हाम्रो शरीरमा घाउ निको पार्ने क्षमता छ। शरीरमा घाउ हुँदा वा चोटपटक लाग्दा यसले “घाउ निको पार्न एउटा जटिल प्रक्रिया सुरु गर्छ, जसले गर्दा सानो र ठूलो दुवै घाउ निको हुन्छ।” (जोन्स हप्किन्स चिकित्सा) शरीरले रगत बग्न नदिन, घाउ निको पार्न र तन्तुलाई बलियो पार्न तुरुन्तै काम गर्न थाल्छ।

विचार गर्नुहोस्‌: ईश्‍वरले हाम्रो शरीरलाई घाउ निको पार्ने क्षमता दिनुभएको छ भने के उहाँले हाम्रो मनमा लागेको चोट निको पार्छु भनेर गर्नुभएको वाचा पूरा गर्नुहुन्‍न र? भजनरचयिताले लेखे: “मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ; तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।” (भजन १४७:३) विगत वा वर्तमानको कुनै अनुभवले गर्दा तपाईँको मनमा चोट लागेको छ भने उहाँले अहिले र पछि पनि तपाईँको घाउमा मलहमपट्टी गरिदिनुहुन्छ। यो कुरामा कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

बाइबलले ईश्‍वरको प्रेमबारे के सिकाउँछ?

ईश्‍वर यस्तो वाचा गर्नुहुन्छ: “नडराऊ किनकि म तिमीसित छु; फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ। म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।” (यसैया ४१:१०) यहोवा हाम्रो वास्ता गर्नुहुन्छ र माया गर्नुहुन्छ भन्‍ने कुरा थाह पाउने मानिसहरूले मनोशान्ति पाउँछन्‌ र जीवनमा आइपर्ने विभिन्‍न कठिनाइको सामना गर्न बल पाउँछन्‌। येसुका चेला पावलले यस मनोशान्तिलाई “परमेश्‍वरको शान्ति, जुन मानिसको समझभन्दा बाहिरको छ” भने। तिनले अझ यसो भने: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:४-७, ९, १३.

ईश्‍वरले मानिसजातिको भविष्यबारे गर्नुभएको प्रतिज्ञामा विश्‍वस्त हुन धर्मशास्त्रले मदत गर्छ। उदाहरणको लागि, उहाँले के गर्नुहुनेछ र त्यो पक्कै गर्नुहुनेछ भनेर किन विश्‍वस्त हुन सक्छौँ, त्यसबारे प्रकाश २१:४, ५ मा (अर्को पृष्ठमा उद्धरण गरिएको छ) बताइएको छ:

  • “उहाँले तिनीहरूका [मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” यहोवाले हाम्रो सबै दुःखकष्ट र चिन्ता-फिक्री हटाइदिनुहुनेछ, चाहे त्यो अरूको नजरमा झिनामसिना जस्तो देखिने समस्या नै किन नहोस्‌।

  • स्वर्गको महिमाले भरिएको “सिंहासनमा बस्नुहुने” सबथोकको सृष्टिकर्ताले दुःखकष्ट हटाउन र हामीलाई आवश्‍यक मदत दिन आफ्नो शक्‍ति र अख्तियार प्रयोग गर्नुहुनेछ किनभने उहाँ सर्वशक्‍तिमान्‌ राजा हुनुहुन्छ।

  • यहोवाले आफ्ना प्रतिज्ञाहरू “विश्‍वासयोग्य र सत्य” छन्‌ भनेर ग्यारेन्टी दिनुभएको छ। मतलब? आफ्नो प्रतिज्ञा पूरा गरेर आफू साँचो ईश्‍वर भएको प्रमाण दिनुहुनेछ।

“‘उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ अनि सिंहासनमा बस्नुहुनेले भन्‍नुभयो: ‘हेर! म सबै थोक नयाँ बनाउँदै छु।’ उहाँ यसो पनि भन्‍नुहुन्छ: ‘लेख किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्‌।’”—प्रकाश २१:४, ५.

यस ब्रह्‍माण्ड र बाइबल दुवैले स्वर्गमा बस्नुहुने ईश्‍वर यहोवाको व्यक्‍तित्व र गुणहरू प्रकट गर्छ। उहाँलाई चिन्‍न र उहाँको घनिष्ठ साथी बन्‍न सृष्टिका कुराहरूले उत्प्रेरित गर्छ भने बाइबलले सीधै प्रोत्साहन दिन्छ। बाइबल भन्छ: “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) प्रेषित १७:२७ मा यस्तो लेखिएको छ: “उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।”

तपाईँले यहोवालाई चिन्‍न समय निकाल्नुभयो भने उहाँले तपाईँको “ख्याल राख्नुहुन्छ” भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ। (१ पत्रुस ५:७) उहाँमाथि भरोसा राख्दा कस्तो फाइदा हुन्छ?

जापानको टोरुलाई विचार गर्नुहोस्‌। तिनलाई ख्रिष्टियन आमाले हुर्काएकी थिइन्‌। तर पछि तिनी याकुजा भन्‍ने जापानी माफियाको सदस्य बने। तिनी भन्छन्‌: “ईश्‍वरले मलाई घृणा गर्नुहुन्छ जस्तो लाग्थ्यो। मैले माया गरेको कोही बित्दा ईश्‍वरले मलाई सजाय दिनुभएको हो भन्ठान्थेँ।” आफू “निर्दयी र निष्ठुर व्यक्‍ति” बन्‍नुको कारण आफ्नो खराब सोचाइ र सरसङ्‌गत थियो भनी तिनी स्विकार्छन्‌। पहिले तिनको सोचाइ कस्तो थियो? तिनी भन्छन्‌: “जवान छँदै मभन्दा पनि कुख्यात कसैलाई मारेरै मर्छु र नाम कमाउँछु भन्‍ने सोचाइ थियो।”

तर पछि टोरु र तिनकी पत्नी हानाले बाइबल अध्ययन गर्न थाले। टोरुले आफ्नो जीवन र सोचाइमा आमूल परिवर्तन गरे। हाना भन्छिन्‌: “मेरो श्रीमान्‌ परिवर्तन भएको आफ्नै आँखाले देखेँ।” अहिले टोरु विश्‍वस्त भएर यसो भन्छन्‌: “हामी हरेकलाई साँचो ख्याल राख्ने ईश्‍वर हुनुहुन्छ। उहाँ कोही पनि मरेको चाहनुहुन्‍न अनि साँचो पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन इच्छुक हुनुहुन्छ। अरू कसैलाई भन्‍न नसक्ने र कसैले बुझ्न नसक्ने कुरा उहाँलाई बताउन सक्छौँ अनि उहाँले पक्कै सुन्‍नुहुन्छ। उहाँले भविष्यमा छिट्टै सबै समस्या, दुःखकष्ट र पीडा हटाइदिनुहुनेछ। अहिले पनि सोच्दै-नसोचेको तरिकामा उहाँले हामीलाई मदत गर्नुहुन्छ। हामी निराश भएको बेला उहाँले हाम्रो ख्याल राख्नुहुन्छ र मदत गर्नुहुन्छ।”—भजन १३६:२३.

टोरुको अनुभवले देखाएझैँ चाँडै ईश्‍वरले हाम्रो सबै दुःखकष्ट हटाइदिनुहुनेछ र आँसु पुछिदिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ। यति मात्र होइन, उहाँले हाम्रो भविष्य उज्ज्वल बनाउने पक्का आशा दिनुभएको छ र अहिले पनि सुखमय जीवन बिताउन मदत गर्नुहुन्छ। हो, दुःखैदुःखले भरिएको यस संसारमा तपाईँ ईश्‍वरको मायालु हेरचाहबाट लाभ उठाउन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने