राज्य विस्तारणमा सहभागिता
१ “कस्ता अद्भूत परिवर्तनहरु!” “कत्ति शीघ्र यी सबै हुन गए?” “सोभियत संघमा रहेका हाम्रा भाइहरुको निम्ति कस्तो आशिष!”
२ यी अभिव्यक्तिहरु अगस्तको पछिल्लो भाग र सेप्टेम्बरको अघिल्लो भागमा सुनियो जब सोभियत संघमा सम्मेलनहरुका शृङ्खला संभावित हस्तक्षेप बावजुद सफलतापूर्वक सम्पन्न भयो। यसै ग्रीष्म याममा, जम्मा ७४,२५२ सातवटा सोभियत सम्मेलनहरुमा उपस्थित भए, र ७,८२० ले बप्तिस्मा लिए। अझ थप, २,९५,९२४ अरुहरु पूर्वी युरोपका सम्मलेनहरुमा भेला भए।
३ पक्कैपनि, पहिले शताब्दीमा भएझैं, अगमवक्ता यशैयाका शब्दहरुको परिपूर्ति हुँदैछ: “अन्धकारमा हिंडने मानिसहरुले एउटा ठूलो ज्योति देखे, . . . तपाईंले त्यस जातिको वृद्धि गराउनुभयो; तपाईंले तिनीहरुका आनन्द बढाउनुभयो। तिनीहरु तपाईंको सामने कटनीको बेलामा रमाएझैं रमाउनेछन्।” हो, राज्य विस्तारण अघि बढ्दैछ! येशू राज गर्नुहुँदैछ! अनि अगमवाणीले अझ अधि भनेझैं: “उहाँको राज्य शासनको प्रचुरता र शान्तिको अन्त कहिल्यै हुनेछैन।”—यशैया० ९:२, ३, ७
४ पूर्वी युरोपमा भएका उदेकको वृद्धिको हेरविचारको लागि जर्मनीमा चलिरहेको अझ ठूलो छाप्ने सहुलियतको निर्माण आवश्यक भयो। त्यहाँका हाम्रा भाइहरु यो विस्तारणमा सहयोग दिन पाएकोमा रमाउछन्, किनकि यसले येशूको ऐतिहासिक भविष्यवाणीको पूर्तिमा सौझै योगदान पुऱ्याउँछ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरुलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.
५ संयुक्त राज्यमा अझ ठूलो विस्तारण अघि बढि रहेछ। सेप्टेम्बरमा भएको गिलाद स्नातकमा, घोषणा गरिएको थियो कि अप्रीलदेखि थाल्ने, आउँदो गिलाद कक्षामा ५० जना छात्रहरुको दोबर सङ्खया हुनेछ! अन्ततोगत्वा, यो पाठशाला वॅचटावर् एड्यूʹकेशन्ल सेन्टरमा स्थापित हुनेछ, जसको निर्माणकार्य अहिलेसम्म लगभग तीन वर्ष देखि प्याटर्सन्, न्यू योर्कमा चलिरहेको थियो। यसै कारण ता धेरैले “प्याटर्सन्मा कामकुरो कस्तो चल्दैछ?” भनेको सुन्न पाइयो।
६ प्याटर्सन् भवनसमूह: यो रिपोर्ट दिन हामीलाई खुशी लाग्छ कि यो काम छिटो अघि बढ्दैछ र तोकिएको म्यादभन्दा अगाडि नै छौं। प्यटर्सन् सरायका जम्मै सात भवनहरु—शिक्षण केन्द्रबाट अल्प हिंड्ने दुरीमा स्थापित १५०-इकाइको होटल—पूरो भएको छ, साथै सडकहुँदो ध्यान दिने काम, मोटर बिसाउने ठाँउहरु, अनि भूदृश्य कामहरु पनि सिद्धियो। यो शिक्षण केन्द्रको निर्माण सिद्धिन्दा, त्यो पासवर्ती सरायलाई संसारका सबै ठाऊँबाट आउने आगन्तुकहरुको बसोबासको निम्ति प्रयोग गरिनेछ। तापनि, यस बीच, अहिले यसमा भवनसमूहको निर्माणमा लागेका ३०० बेथेल परिवारका सदस्यहरु बसोबास गरिरहेका छन्।
७ जम्मा गरेर, यस परियोजनामा अहिले त्यहाँ ६५० भन्दा बेसी स्वयंसेवी कार्यकर्त्ताहरु छन्! यी मध्ये धेरैजसोको लागि घरव्यवस्थाको प्रबन्ध त्यतै गरिएको छ, र तिनीहरु दिनहुँ कार्यक्षेत्रबाट आवागमन गर्नेगर्छन्। यो वर्षको शुरूताका, न्यू योर्क् टाइम्स् का एक जना पत्रकारले लेखे: “यो यहाँ उत्तरपूर्वी पट्नम् काउन्टीमा रहेको डाँडोको शहर सरह बसेको छ जसबाट मार्ग सं० २२ लाई माथि बाट देख्न सकिन्छ, यसको भवनसमूहको निर्माण गतिविधि ता माहुरीको गोला जस्तै छ . . . सबै—इन्जिनीयरहरु, भवन निर्माणकला निर्माता, नक्शाकार, सिकर्मीहरू, कंक्रीट कार्यकर्त्ताहरु, विद्युत कर्मचारीगण, नलकारहरु, अनि मजदूरहरु—गिर्जाका सदस्यहरु हुन् जो सप्ताहौंदेखि लिएर बर्षौंसम्म स्वयंसेवकको रुपमा काम गर्छन। तिनीहरुले केही तलब लिंदैनन्, तर भैपरिआउने खर्चहरुको लागि मासिक मेहनताना पाउने गर्छन्।”
८यो बनिएपछि यस शिक्षण केन्द्रमा १७ भवनहरु हुनेछन, जसमा एउटा भान्छाघर, कक्षाकोठाहरु, कार्यालयहरु, गरॉजहरु, १,२०० बस्न सक्ने छःवटा आवासीय भवनहरु, अनि १,६०० अट्नसक्ने एउटा भोजनकक्ष र एउटा प्रेक्षालय हुनेछ। यस बेला, भवनसमूहका दुई भवनहरु बनिसिद्धिएका छन्, चारवटाको निर्माण चल्दैछ, अनि १९९२ को सालमा अरु पाँचवटा थालिनेछन्। अन्तिम छःवटा भवनहरुको निर्माण अलिक पछि थालिनेछ। यो ग्रीष्म याममा राज्य अनि स्थानीय अधिकारीहरुबाट फोहरपानी उपचार उपकरण र पानी उपचार उपकरणको परिचय-पत्र प्राप्त हुँदा एउटा कोसे ढुङ्गो पुगियो।
९ यस परियोजनाका स्वयंसेवी कार्यकर्त्ताहरुले असल अध्यात्मिक लाभहरु पाइरहेका छन्। वास्तवमा, स्वयंसेवकको रुपमा योग्य ठहरिएकाहरु सबैनै अध्यात्मिक व्यक्तिहरु हुनु पर्छ। (१ कोरि० २:१४, १५) प्रत्येक बिहानी त्यस दिनको बाइबल पदमाथि गरिएको छलफलको आनन्द उठाइन्छ। सप्ताहमा तीन दिन, स्वयंसेवक कार्यकर्त्तामध्ये बाट नै रोजिएर पूर्वखटिएका टिकाकारहरु छलफलमा भाग लिने गर्छन्, र अरु बिहानी चाहिं प्याटर्सन्का स्वयंसेवकहरुले ब्रुक्लिन् प्रधान कार्यालयबाट आउने छलफललाई श्रव्यदृश्यको माध्यमद्वारा सुन्ने गर्छन्। अझ थप, सोमवार साँझमा चाहिं यस परियोजनामा भएका सबैको लाभको लागि वॅचटावर अध्ययन सञ्चालन गरिन्छ। तरैपनि, न्यू योर्क्मा अघि बढ्रिहेको महत्त्वपूर्ण निर्माण परियोजनामा प्याटर्सन् एकमात्र होइन।
१० ब्रुक्लिन् बारे नि?: अगस्त ३०, १९९० मा एउटा ३०-मन्जिला आवासीय सहुलियत खडागर्नको लागि जारी गरिएको निर्माण इजाजत पत्र सोसाइटीले पाएको घोषणालाई एउटा हर्षित बेथेल परिवारले ताली बजाएर स्वागत गरे। अर्को महिना त्यही जग्गामा रहेको पूरानो नौ-मन्जिला कारखानालाई भत्काउने काम थालियो। तत्पश्चात, जनवरी १९९१ मा, नयाँ इमारतको १०० × २००-फूट जग खन्ने काम शूरू गरियो। चाँडै त्यो खन्ने काम, सडक छेउपेटी तहभन्दा ३० फीट गहिरो, सम्पन्न भयो। यसो गर्दा यन्त्रकारी पूर्वापायको खाँचो पऱ्यो किनकि यो भवन स्थलको एकपट्टी एउटा भैंमन्तिरको सुरुङ्ग छ भने यसको अर्कोतिर वॅचटावर सोसाइटीको चल्ती कारखाना छ।
११ छः महिनाभित्र जग बसाल्ने काम सिद्धियो। भैं तहमुनि स्थित दुई तल्लाहरुमा एउटा भान्छाघर, भोजन सम्भार, अनि अन्य समर्थक सेवाहरु, साथै एक हजार भन्दा बेसी मानिस अट्ने भोजनकक्ष हुनेछ। विशालकाय इस्पात स्तम्भपंक्तिहरु र बीम्हरुद्वारा निर्मित यो भवनको अस्थिपञ्जरको तौल ७०,००,००० पौंण्ड भन्दा बेसी छ। यस अस्थिपञ्जर खडा गर्नेकाम जुलाईमा प्रारम्भ भयो। सेप्टेम्बरसम्म ईंट डकर्मी काम थालियो, र अब चाँडै यो इमारतको रङ्ग अनि रुप ब्रुक्लिन् आकाशमण्डलको एउटा अभिलक्षण हुनेछ।
१२ सोसाइटीले उपयोग गरेको व्यवसायी निर्माण संस्थानको कार्य अर्को ग्रीष्म याममा पुरो हुनेछ। यसको अर्थ यो हो कि त्यतिबेला मात्र यो ३७८-फूट-अग्लो इमारतको खोक्रो सोसाइटीको हातमा सुम्पिनेछ, अनिखेर साक्षी स्वयंसेवकहरुले भवनलाई सिद्धाउनेछन्। हामी आशा गर्छौं कि पहिलो १२ तल्लाहरु, जसमा प्रतिक्षा कक्ष, भोजन कक्ष, अनि भान्छाघर हुनेछ, यी जम्मै १९९३ को पछिल्लो भागसम्म प्रयोगको लागि तयार हुनेछन्। ब्रुक्लिन्मा बस्नका लागि राखिएको सबैनै आवासीय प्रबन्धहरु भरिएको हुनाले, यो नयाँ घर हाम्रा शास्त्रीय आयुक्ति पूरो गर्नको निम्ति अत्यावश्यक छ।—मत्ती २४:१४.
१३ तपाईं के गर्न सक्नुहुन्छ?: हुनः त भाइहरु अनि बहिनीहरुले धेरै गरिसकेका छन्। बितेका सालहरुमा संयुक्त राज्यको सबै भागबाट १४,००० भन्दा बढी स्वयंसेवकहरु न्यू योर्क् आएर अनेकन निर्माण परियोजनाहरुमा मदत पुऱ्याएका छन्। तिनीहरुको प्रेमको परिश्रमको धेरै मूल्याङ्कन गरिएको छ, र सोसाइटीले तिनीहरुलाई, साथै तिनीहरुको श्रीमतीहरु अनि तिनीहरुका प्रयत्नलाई सर्मथन गर्ने अन्य परिवार सदस्यहरु सबैलाई धन्यवाद टक्राउन चाहेको छ। प्रश्न यो छ, के तपाईंले आफूलाई यस्ता परियोजनाहरुमा काम गर्नको लागि उपलब्ध गराउनु सक्नुहुन्छ?—हि० १३:१६.
१४ प्रत्यक्षतया, सबैले गर्न सक्दैनन्। तरैपनि तपाईंले धेरै गर्न सक्नुहुन्छ। उदाहरणका लागि, स्वयंसेवकहरु अस्थायीरुपमा कुनै निमार्ण परियोजनामा सेवा गरिरहेका छन् भने, धेरै प्राचीनहरु र सेवकाइ दासहरुले मण्डलीका खाँचोहरुको हेरविचार गर्न सक्छन्। (तुलना गर्नुहोस् नहेम्याह ४:१९–२२.) अर्को तरिका हुनेथ्यो खर्चहरु बेहोर्नको लागि ऐच्छिक अनुदानहरु द्वारा सहायता गरेर। न्यू योर्क् टाइम्स् मा प्रकाशित अनुमान अनुसार “पूरो भएपछि नव [प्याटर्सन्] भवनसमूहको मूल्य $१३ करोड हुनेछ।” स्वयंसेवकहरुको मदतले परियोजनाको अन्तिम मोल यसको आधै हुनेछ, तरैपनि यो रकम अति वृहत् नै हो। अहिले पनि प्रत्येक महिना लाखौं डॅलर खर्च हुँदैछ।
१५ मोशाको दिनमा पनि पवित्र-स्थान बनाउँदा, साथै सुलेमानको निर्देशनमा बनाइएको मन्दिरको निर्माण गर्न ठूलो धनराशिको खाँचो परेको थियो। तरैपनि, चाहिएका सबै थोक उपलब्ध गराउनको लागि यहोवाले मानिसहरुको हृदयलाई उत्प्रेरित गराउनु भयो। (प्र० ३५:४–६, २१, २२; ३६:३–६; १ इति० २९:३–९) हाम्रा दिनमा व्यक्तिविशेष, मण्डलीहरु, अनि परिभ्रमण क्षेत्रमा पर्ने मण्डलीहरुले पनि यी निर्माण परियोजनाहरुमा योगदान पुऱ्याइ रहेका छन् जसले निःसन्देह नै राज्यको विश्वव्यापी प्रचारप्रसारलाई विस्तार गर्ने काममा महत्त्वपूर्ण भूमिका खेल्नेछ। के तपाईं यो अद्भूत विस्तार कार्यको समर्थनमा सहभागी हुन सक्नुहुन्छ?
१६ यदि सक्नुहुन्छ भने, कृपया यस्ता अनुदानहरुलाई वॅचटावर् बाइबल एण्ड ट्रेक्ट सोसाइटी अफॅ इन्डिया, पोस्ट बेग १०, लोनाभला, माहा०, ४१० ४०१ मा पठाउनुहोस्।
१७ निर्माण स्थलमा तपाईंले कामगर्न सके वा वित्तीय अनुदान दिए वा नदिएपनि, परमेश्वरको राज्यको हित संसारभरी पुगुन् भन्ने हेतुले यी निर्माण परियोजनाहरुको सफलताको लागि हामी सबैले प्रार्थना गर्न सक्छौं। जसै हामी आफ्ना स्वर्गीय पिताको काम सम्पन्न गर्न प्रयत्नशील हुन्छौं उसै उहाँले हाम्रा कामहरुमा उन्नति ल्याउन्।