प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 फेब्रुअरी pp. २-३
  • फेब्रुअरीको लागि सेवा सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरीको लागि सेवा सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९२
  • उपशीर्षकहरू
  • फेब्रुअरी ३ प्रारम्भ हुने सप्ताह
  • फेब्रुअरी १० प्रारम्भ हुने सप्ताह
  • फेब्रुअरी १७ प्रारम्भ हुने सप्ताह
  • फेब्रुअरी २४ प्रारम्भ हुने सप्ताह
  • मार्च २ प्रारम्भ हुने सप्ताह
हाम्रो राज्य सेवकाई—१९९२
km92 फेब्रुअरी pp. २-३

फेब्रुअरीको लागि सेवा सभाहरु

फेब्रुअरी ३ प्रारम्भ हुने सप्ताह

गीत २०१ (१०२)

५ मि.: स्थानीय घोषणाहरु अनि हाम्रो राज्य सेवकाइ बाट उपयुक्‍त घोषणाहरु।

२० मि.: “सबैले जानुन्‌ कि विश्‍वव्यापी सुरक्षा नजिकै छ।” संक्षिप्त परिचयात्मक टिप्पणी पश्‍चात, प्रत्येक स्थित्यन्तरमाथि विचार विमर्श गर्नुहोस्‌ र समयले दिएमा यसको प्रयोगलाई राम्ररी-तयार भएको प्रकाशकहरुद्वारा प्रदर्शन गर्न लगाउनुहोस्‌। यदि व्यवहारिक छ भने, अनुच्छेद ४ लाई एउटा युवकद्वारा प्रदर्शन गर्न लगाउन सकेमा बेस हुने थियो। अनुच्छेद ५ मा भएको स्थित्यन्तरले प्रकाशकलाई घरपट्टीको मनमा एउटै मात्र भएपनि चासलाग्दो शास्त्रीय विचार हाल्न दिने छ। पृष्ठ ४ को सुझावीत परिचयहरु मध्ये एउटा र यी स्थित्यन्तरमध्ये एउटा चलाउनु भनि भाइहरुलाई न्यान्यो प्रोत्साहन दिनुहोस्‌।

२० मि.: “हाउ टू हेल्प्‌ डिप्रेस्ड्‌ वन्ज्‌ रिगेन्‌ʹ जॅय।” मार्च १५, १९९० को वॅचटावर, पृष्ठ २६–३० को लेखमाथि आधारित भाषण। (जातिय: अक्टोबर १, १९९० को प्रहरीधरहरा। “काम जस्ले तपाईंलाई खुसी तुल्याउँन सक्छ।”)

गीत ३० (११७) अनि समाप्ति प्रार्थना।

फेब्रुअरी १० प्रारम्भ हुने सप्ताह

गीत १२६ (२५)

५ मि.: स्थानीय घोषणाहरु।

१० मि.: “क्षेत्र सेवाको निम्ति तयारीप्रति एउटा व्यवहारिक उपागम।” दर्शकसित लेखलाई छलफल गर्नुहोस्‌, अनि तत्पश्‍चात यो भावले तिनीहरुको फाइदा विभिन्‍न तरिकामा गर्नसक्छ भन्‍ने विषयमा पूर्व खटाइएका तीन वा चार जना प्रकाशकहरुलाई विशिष्ट टिप्पणी गर्न बोलाउनुहोस्‌। उदाहरणका लागि, तिनीहरुले प्रस्तुतीको विविधत्वमाथि, सामग्रीलाई स्थानीय क्षेत्र अनूकुल बनाउने तरिकाहरुमाथि, नमनशीलतामाथि टिप्पणी गर्न सक्छन्‌, किंवा यो भावले प्रकाशकहरुलाई प्रस्तुतगर्न सजिलो लाग्ने प्रकारको सामग्री तिनीहरुलाई छान्‍न दिन्छ। क्षेत्र सेवाको लागि सभामा आउँदा प्रकाशकहरुलाई तिनीहरुको हाम्रो राज्य सेवकाइ को प्रति आफूसित ल्याउन प्रोत्साहन दिनुहोस्‌।

२० मि.: “घरपट्टीहरुलाई सुन्‍न कर लगाउनको निम्ति परिचयहरु।” स्थानीय क्षेत्रको बनोटमाथि सङ्‌गक्षेपमा विचार गर्नुहोस्‌। घरपट्टीहरुका लागि कुनकुन प्रश्‍नहरु महत्त्वपूर्ण हुने गर्छन्‌? स्थानीय रुपमा सफल हुने संभावना रहने परिचय र प्रस्तुतीमाथि ध्यान केन्द्रित गर्नुहोस्‌। एउटा राम्ररी-तयार भएको प्रकाशकलाई यो प्रस्तुतीको प्रदर्शन गर्न लगाउनुहोस्‌ र विशेष भेटमा टक्राउनको लागि पीस्‌ एन्ड्‌ सेʹक्योʹरिटि (पूरानो संस्करण) वा अन्य कुनै पूरानो पुस्तकलाई प्रयोग गर्नुहोस्‌। प्रस्तुतीकरणलाई प्रकाशकले लेखमा दिएबमोजिम गर्नुपर्छ। तत्पश्‍चात विद्यालयजाने-उमेरभएको जवानले त्यही प्रस्तुतीकरणको प्रदर्शन गर्नसक्छ र पत्रिकाहरु टक्राउने क्रममा त्यसलाई टुङ्‌ग्‌याउनु सक्छ। क्षेत्र सेवामा सबैलाई यो तरिका चलाउन प्रोत्साहन दिनुहोस्‌।

१० मि.: स्थानीय खाँचोहरु वा “संसार अनि त्यसका भागीहुने मानिसहरु प्रति साँचो मसीहीहरुको आचरण।” रीʹजनीङ पुस्तक, पृष्ठहरु ४३७–८ माथि आधारित प्राचीन द्वारा भाषण।

गीत १३० (५८) अनि समाप्ति प्रार्थना।

फेब्रुअरी १७ प्रारम्भ हुने सप्ताह

गीत १७६ (१)

१० मि.: स्थानीय घोषणाहरु र ईश्‍वरशासीत समाचार। लेखा रिपोर्ट अनि अनुदान प्राप्तभएको समावेश गर्नुहोस्‌।

१५ मि.: के अग्रगामी सेवा मेरो लागि हो? यस देशमा सबै प्रकाशकहरुको ५ प्रतिशत नियमित अग्रगामीहरु हुन्‌। तुलना गर्नुको लागि स्थानीय आंकडा दिनुहोस्‌। उच्च-विद्यालय अब चाँडै पूरोगर्न आँटेको जवान मानिसहरु लगायत, के हामीमा अझ बढ्‌ताले, पूर्ण-समयको सेवाको लागि ठाँउ बनाउन सक्छन्‌? तीन नियमित अग्रगामीहरुको अन्तरवात लिनुहोस्‌, विशेषतः एउटा जवान व्यक्‍ति, एउटी गृहिणी, अनि एकजना अवकाशप्राप्त व्यक्‍ति। (यदि नियमित अग्रगामीहरु उपलब्घ छैनन्‌ भने, सहायक अग्रगामीहरु वा अग्रगामी गरेका प्रकाशकहरुलाई चलाउन सकिन्छ।) पुँजीमाथि विचार गर्नुहोस्‌। तपाईंको क्षेत्रमा कस्ता कस्ता प्रकारका पार्ट-टाइम जागिर उपलब्ध छन्‌? प्रत्येकले आफ्नो जीवीका कसरी चलाइरहेका छन्‌? खर्चगर्ने बानिमा तिनीहरुले ककस्ता परिवर्तनहरु ल्याएका छन्‌? चाहिएको घण्टा आपूर्ति गर्नको लागि तालिकामाथि विचार गर्नुहोस्‌। के कसैको स्वास्थ्य समस्या पो छ कि? यसको सामना तिनीहरुले कसरी गर्छन्‌? अरु कुन कुन चुनौतीहरुलाई तिनीहरुले सफलतापूर्वक सामना गर्न सकेका छन्‌? अन्तरवार्ताहरु सकारात्मक अनि प्रोत्साहजनक हुनुपर्छ। अझ धेरैले पूर्ण-समयको सेवा लिन सक्छन्‌ कि भन्‍ने विषयमा निर्णय गर्नको लागि श्रोतालाई व्यक्‍तिगत परिस्थितिमाथि यसो विचारगर्न न्यानो विन्ती टक्राउनुहोस्‌।

२० मि.: एक्लै हुने बाबु वा आमाले आफ्नो छोरा-छोरीलाई कसरी मदत दिन सक्छन्‌। संक्षिप्त परिचयको लगतै पश्‍चात क्षेत्र सेवाको निम्ति तयारी गर्न लागेकी एउटी आमा अनि दुई छोरीहरुको प्रदर्शन। आज सङ्‌गठनमा जति एक्लो बाबु वा आमाभएका परिवारहरु छन्‌ त्यत्ति औधी पहिले कहिल्यै भएको थिएन। तिमोथीको आमा अनि हजुरमाले जुन काइदाद्वारा तिनमा सत्य राखे त्यसबाट आज सबै बाआमालाई पच्छ्याउनको निम्ति एउटा असल उदाहरण उपलब्घ भएको छ। (२ तिमो० १:५; ३:१४, १५) प्रदर्शन: भान्छाकोठाको मेचमा आमा, तरुण छोरी अनि सानी छोरी बसेका छन्‌, ज्युनार सिद्धयाएर। आमा भन्छिन्‌ कि भाडा-वर्तन धुनु अगाडि तिनीहरु सेवाको लागि प्रस्तुतीकरणलाई दोऱ्‍याउनेछन्‌ र तिनी चाहिं घरपट्टी हुनेछिन्‌। कान्छी छोरीले हाम्रो राज्य सेवकाइ को पृष्ठ ४ बाट एउटा परिचय झिकेर आमालाई प्रस्तुत गर्छिन्‌। तिनले राम्ररी काम गरेकोमा आमाले तिनलाई न्यानो प्रशंसा दिन्छिन्‌ र सोसाइटीले सुझाव गरेको शास्त्रपद तिनलाई पढ्‌न लगाउछिन्‌। कान्छी छोरीले झट्टै यशैयाह ९:६, ७ पदलाई खोल्छिन्‌ र त्यसलाई पढछिन्‌। तत्पश्‍चात आमाले ठूली छोरीलाई सोध्छिन्‌ कि तिनले चाहिं पुस्तकलाई कसरी टक्राउनेछिन्‌। छोरीले हाम्रो राज्य सेवकाइ को पृष्ठ १ को एउटा स्थित्यन्तर रोजेर त्यो आमालाई प्रस्तुत गर्छिन्‌। आमाले तिनको प्रशंसा गर्छिन्‌ र ती पुस्तकहरुलाई क्षेत्र सेवामा टक्राउनको निम्ति दुवै ठिटीहरुलाई ती परिचयहरु र स्थित्यन्तरहरुको अभ्यास गर्न भनि प्रोत्साहन दिन्छिन्‌। छोरीहरुलाई भनिन्छ कि तिनीहरुलाई अझ केही बेर अभ्यास गर्नुपर्नेछ अनि तत्पश्‍चात तिनीहरुले भाडा-बतर्न सफा गर्नेछन्‌। आफ्नो छोरा-छारीको निम्ति प्रेमालु सहायताको प्रबन्ध सबैले गरुन्‌ भनेर प्राचीनले मण्डलीमा भएका सबै परिवारलाई प्रोत्साहन दिदै यो भाग सिद्धयाउछन्‌।

गीत १८३ (७३) अनि समाप्ति प्रार्थना।

फेब्रुअरी २४ प्रारम्भ हुने सप्ताह

गीत १९२ (१०)

१५ मि.: प्राचीनले स्थानीय घोषणाहरु सम्हाल्नेछन्‌ साथै स्थानीय खाँचोहरुमाथि विचार गर्नेछन्‌। समयले दिए अनुसार, हालैका पत्रिकाहरुबाट विभिन्‍न वार्तालापिय बुँदाहरुमाथि छलफल गर्नुहोस्‌। यसै हाम्रो राज्य सेवकाइ को अंकमा सुझावित परिचयहरु र स्थित्यन्तरहरु सँग राम्ररी जोड्‌नसकिने कुनै एउटा रोज्नुहोस्‌। तत्पश्‍चात एउटा राम्ररी-तयार भएको प्रकाशकलाई त्यो परिचय अनि स्थित्यन्तर चलाएर पत्रिकाहरुलाई टक्राउदै, एउटा पूरा प्रस्तुतीगर्न लगाउनहोस्‌। सुझावित प्रस्तुतीहरुलाई चलाएर अनि मानिसहरुलाई वार्तालापमा लगाएमा, मानिसहरुको हृदयमा हाम्रो समाचारप्रति चासो जगाउनु गाह्रो छैन भन्‍ने कुरोलाई औंल्याउनुहोस्‌।

१८ मि.: “पुणः भेटगर्न जिम्मेवारीलाई स्वीकार्नुहोस्‌।” प्रश्‍न अनि उत्तरहरु। पुणः भेटगर्नुमा पूर्णरुपले सहभागी हुन सबैलाई न्यानो प्रोत्साहन दिनुहोस्‌। अर्को साता जब सेवा सभाले पुणः भेटमा जाँदा के भन्‍नु पर्छ भन्‍ने विषयबारे छलफल गर्नेछ त्यत्तिबेला सबैलाई फेरि आउन भनि प्रोत्साहन दिनुहोस्‌।

१२ मि.: रीʹजनी पुस्तक, पृष्ठहरु २५–६ बाट “गर्भपात” माथि छलफल गर्नुहोस्‌। यो आज चर्चाको विषय कसरी रहेको छ र करोडौं मानिसहरुको लागि चिन्ताको कुरो हुनगएको छ भन्‍ने विषयबारे एउटा संक्षिप्त परिचय दिएपछि, एउटी बहिनीले बाइबल अध्ययन सञ्चालन गरिरहेको दृश्‍य देखाउनुहोस्‌। त्यो नयाँ बाइबल शिक्षार्थीले आफू गर्भवती भएकोमा तिनको गहिरो चिन्ताबारे बहिनीलाई सल्लाह दिनेछन्‌। तिनी व्याख्या गर्छिन्‌ कि तिनी धेरै चिन्तित छिन्‌, किनकि परिवारको आर्थिक स्थिति राम्रो छैन। तिनका सांसारिक नातादारहरुले तिनलाई तुरून्तै गर्भपातगर्न भनि जोड दिदैछन्‌। यहोवाले नजन्मेको बालकको जीवनलाई कसरी हेर्नुहुन्छ र गर्भपातगर्ने कार्यलाई उहाँले उचित ठान्‍नुहुन्छ कि हुँदैन भन्‍ने विषयमा रीʹजनइङ्‌ पुस्तक खोलौं अनि शास्त्रपदहरुलाई अनुसन्धान गरेर हेरौं भनेर बहिनीले सुझाव गर्छिन्‌। तिनीहरु पहिले गर्भपातको परिभाषामाथि विचार गर्छन्‌। तत्पश्‍चात तिनीहरु पृष्ठहरु २५–६ का प्रश्‍नहरु, शास्त्रपदहरु अनि अरु टिप्पणीहरुमाथि छलफल गर्छन्‌। जीवनको पवित्रताको मूल्याङ्‌कन गर्न अनि तर्कयुक्‍त जान्‍न भनि त्यो शिक्षार्थीलाई बहिनीले सहायता दिनु पर्छ।

गीत १६४ (७३) अनि समाप्ति प्रार्थना।

मार्च २ प्रारम्भ हुने सप्ताह

गीत ९२ (५१)

१० मि.: स्थानीय घोषणाहरु। अप्रेल अनि मईमा सहायक अग्रगामी हुनको निम्ति अहिल्ये नै योजना बनाउन भनि प्रकाशकहरुलाई प्रोत्साहन दिनुहोस्‌। क्षेत्र सेवाको कार्यकलापमा अरु बढ्‌ता सहभागिताको लागि अरु के के प्रबन्ध तिनीहरुले गर्न सक्छन्‌ भनि थाहा पाउनको लागि, अप्रेल अनि मईमा बिदा पाउने जवान प्रकाशकहरुलगायत, परिवारहरुलाई प्रोत्साहन दिनुहोस्‌।

२० मि.: “जब तपाईं फर्केर जानुहुनेछ तब तपाईं के भन्‍नुहुनेछ?” श्रोतासित छलफल गर्नुहोस्‌ अनि जसै अनुच्छेदहरुमाथि छलफल गरिने छ उसै तिनमाथि सुझावहरु प्रदर्शन गर्न भनि प्रकाशकहरुलाई तयार गर्नुहोस्‌। यी संक्षिप्त प्रदर्शनहरुको रियाज समयभन्दा अघि नै गरिसिद्धिएको हुनुपर्छ।

१५ मि.: “लेन्डिङ्‌ग मʹनि टू फेʹलो क्रिस्‌ʹटियन्स्‌।” अक्टोबर १५, १९९१ को वँचटावर, पृष्ठहरु २५–८ को लेखबाट प्राचीनद्वारा भाषण। (जातीय: अक्टोबर १, १९९० को वॅचटावर। चिट्ठाबारे पाठकहरुका प्रश्‍नहरु।)

गीत १४७ (३८) अनि समाप्ति प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने