जब तपाईं फर्केर जानुहुनेछ तब तपाईं के भन्नु हुनेछ?
१ हाम्रो सेवकाइमा असरदायक हुनको लागि हामीलाई तयारीको खाँचो यस हेतुले पर्छ कि शुरूमा चासो देखाउनेहरु कहाँ जब हामी फर्केर जानेछौं, तब तिनीहरुको चासोलाई हामीले पुण:जगाउन सक्नेछौं र आफ्नो वार्तालापलाई कायम राख्नेछौं। अत: यसलाई हामीले कसरी गर्नसक्छौं?
२ साँचो मसिहीहरुले अरुहरुमा इमानदार चासो राखेको हुनाले, घरपट्टीबारे तपाईंले अग्रिम भेटमा जे जति बुझनुभएको छ पहिले ता तपाईंले त्यही कुरो उल्लेख गर्नुहुनेछ होला।
कुनै व्यक्तिले अपराधबारे आफ्नो चिन्ता प्रकट गरेको छ भने, तपाईंले यसो भन्न सक्नुहुन्छ:
▪ “पछिल्लो पाली हामीहरु बोल्दाखेरि तपाईंले भन्नुभयो कि प्रत्यक्ष देखापरेका गैरकानूनी कार्यहरुको वृद्धि भएकोमा तपाईं चिन्तित हुनुहुन्छ। के तपाईं विचार गर्नुहुन्छ कि अरु धेरै प्ररहरीगणको भरौट गरेमा यो समस्याको हल हुनेछ?”
यदि कुनै व्यक्तिले विश्व स्थितिमा भएको हालसालैका अवनतिबारे फिक्री व्यक्त गरेका छन् भने, तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “पछिल्लो पाली हामीहरु भेटेर बोल्दाखेरि विश्वमा शान्तिको अभावबारे तपाईंले चासलाग्दो बुँदा उल्लेख गर्नुभएको थियो। तपाईंको विचारमा के विश्व नेताहरुले नयाँ विश्व व्यवस्था ल्याउनेछन् होला?”
कुनै मानिस यदि अरुहरुको स्वार्थपनाले गर्दा विचलित छ भने, तपाईं भन्न सक्नुहुन्छ्:
◼ “पछिल्लो पाली हामीहरु बोल्दाखेरि तपाईंले सर्वसाधारण रुपले मानिसहरुमा देखापरेको लोभबारे अत्युत्तम कुरोलाई दर्शाउनुभयो। तपाईंको विचारमा लोभी मानिसहरुबारे परमेश्वरको कस्तो दृष्टिकोण छ होला? [प्रत्युत्तर दिऊन्] एफिसी ५:५ मा बाइबलले यसो भन्दछ।”
३ असरदायक प्रकारले चलाइएका अरु अभिव्यक्तिहरुमा यी समावेश छन्:
◼ “हाम्रो पछिल्लो वार्तालापमा मैले धेरै आनन्द उठाँए, यसकारण घरविहिनका बिजोगलाई यहोवाले कस्तो मान्नुहुन्छ बारे तपाईंलाई देखाउनको लागि मैले यो संक्षिप्त विचारबारे अनुसन्धान गरें। यशैया ६५:२१–२३ मा यसो ध्यान दिनुहोस् न।”
◼ मानवजातिलाई अझ राम्रो सरकारको खाँचो छ भन्ने तपाईंको टिप्पणीबाट मैले निकै आनन्द उठाएँ।”
◼ “सबै धर्मले परमेश्वरको अनुमोदन पाउँछन् कि भन्ने कुरोमा तपाईंले चासलाग्दो प्रश्न गर्नुभएको थियो।”
◼ “प्रारब्धबारे तपाईंले भन्नुभएको कुरोले त मलाई साँच्चैनै विचार गर्न पो लगायो।”
◼ “हामीले गरेका वार्तालापबारे म सोचिरहेको थिएँ, र यहाँ यो यू क्यान् लिभ् फोर्एʹभर् इन् प्याʹरडाइस् ॲन् अर्थ् पुस्तकमा एउटा बुँदा दिइएको छ जसको आनन्द तपाईंले उठाउनुहुनेछ भनि म संझन्छु। [चुनिएका बुँदाहरु तपाईंले घरपट्टीलाई पुस्तकबाट देखाउन सक्नुहुन्छ।]”
यसप्रकारका परिचयहरुले देखाउँछन् कि हामीले अघिल्लो वार्तालापको मूल्याङ्कन गरेका छौं र त्यो घरपट्टीसँग फेरि बोल्नको लागि हामीमा चासो छ।
४ पुण: भेटमा जान अगावै, तपाईंले के भन्नुहुनेछ सो कुरोमाथि विचार गर्नुहोस्। आफ्नो प्रस्तुतीलाई प्रत्येक व्यक्तिको निम्ति सुहाउँदो बनाउनुहोस्।
५ यदि हामीले भेट्न गएका व्यक्ति व्यस्त छ भने, यसो भनेर हामी फेरि पनि असरदायक हुनसक्छौं:
◼ “मलाई थाहा छ कि तपाईंको मा केही मिनेट मात्र छन्, तर आफ्नो काम सिद्धाउदा पनि तपाईंको मनमा यसो खेलाउनको लागि यहाँ केही छ। [मत्ती ५:३ पढ्नुहोस्]”
अन्यथा तपाईं भन्न सक्नुहुन्छ:
◼ “तपाईंकै निम्ति यी तीन शास्त्रपदहरू मैले लेखिदिएको हो। कुरागर्नको लागि अहिले समय राम्रो नभएको हुनाले, यसलाई छोडेर जाऊँ है, अनि जब म फर्केर आउनेछु, यिनलाई छलफल गर्नको लागि म तपाईंसँग पाँच मिनेट लिन चाहन्छु।”
६ नकारात्मक ढङ्गहरु जसबाट जोगिनुपर्छ: नकारात्मक प्रतिक्रिया हुनजाने किंवा घरपट्टीलाई अप्ठ्यारो स्थितिमा पुऱ्याउने प्रश्नहरुले प्रायः राम्रो परिणाम उपजाउदैन। यसमा यिनीहरु समावेश छन्: “मैले छोडेको सामग्रीलाई के तपाईंले पढ्नुभयो?” “तपाईंको केही प्रश्नहरु छन् कि?” “तपाईंले मलाई चिन्नुभयो?” “पृथ्वीको लागि परमेश्वरको के उद्देश्य छ भन्ने कुरोमा तपाईंको अझ पनि चासो छ कि भनेर सोध्न आएको हुँ।”
७ वास्तवमा अर्थमय हुने सहायता दिनको निम्ति यदि हामीले समयभन्दा अघिनै तयारी गर्नेगर्छौं भने, शुरूमा चासो प्रकटगर्ने व्यक्तिहरुको मा फर्केर जानको लागि हामीहरु उत्साही हुनेछौं।