असरदायक प्रथम भेटहरु
१ सेवकाइहुँदो वार्तालाप थाल्न निकै नै चुनौतीपूर्ण कार्य हुन सक्छ किनभने मानिसहरु किता तिनीहरुका आआफ्ना कामकाजमा अत्यन्तै व्यस्त हुन्छन् वा धर्मबारे तिनीहरुको पूर्वनिश्चित राय हुन्छ। प्रथम भेटलाई असरदायक बनाउँनको लागि कुन कुरोलाई आफ्नो मनमा राख्यौं भने हामीलाई सहायता मिल्न सक्छ?
२ “ट्रू फ्रीʹडम्—फ्रॅम् ह्वॅट सोर्स्?” लेख भएको अप्रिल १–को अङ्क टक्राउँनु हुँदा, तपाईं भन्न सक्नु हुन्छ:
▪ “संसार वरिपरिका मानिसहरु स्वतन्त्रताको लागि सङ्घर्ष गरिरहेका छन्। स्वतन्त्रता ल्याउँछु भनेर मानव सरकारहरुले गरेका प्रतिज्ञाहरु सिद्ध भएका छैनन्। सत्य परमेश्वर, यहोवाको उपासनाले मात्र, अनन्तकालीन स्वतन्त्रता ल्याउँछ।” तब २ कोरिन्थी ३:१७ पढी दिनु होला, र औंल्याउँनु होला कि द वॅचटावर्–को यस अङ्कले परमेश्वरको प्रतिज्ञालाई प्रकाश गर्दछ तथा देखाउँदछ किन चाहिं विश्व घटनाहरुले हाम्रा मुक्ति अत्यन्तै नजिक छ भनि पुष्टि गर्दछ।
३ प्रार्थनाको विषयलाई प्रकाश गर्दै, तपाईंले अप्रिल १५, १९९२–को “वॅचटावर्”–को परिचय यसो भन्दै दिन सक्नु हुन्छ:
▪ युद्धहरु हुँदा खेरि विजयी हुनको लागि मानिसहरुले प्रायः प्रार्थना गर्ने गर्दछन्। तपाईंको विचारमा के परमेश्वरले यस प्रकारका प्रार्थनाहरु सुन्नु भएर पक्षविपक्ष लिनु हुन्छ होला? [प्रत्युत्तरको लागि समय दिनु होला।] बाइबलको उत्तरमाथि विचार गर्नुहोला।” तत्पश्चात १ पत्रुस ३:१२ पढी दिनु होला अनि त्यसमाथि टिप्पणी गर्नु होला। एउटा संक्षिप्त व्याख्या पश्चात्, वॅचटावर्–को लेखमा भएको कुनै एउटा थोकलाई देखाउँनु होस् जसले पत्रिकालाई पढ्नको लागि त्यो मानिसको चासोलाई बढाउँन सक्छ। तत्पश्चात अभिदानको लागि प्रस्ताव राख्नुहोस्।
४ “इज् इट् लेटर द्यान् थिङ्क?” लेख भएको अप्रिल १–को “प्रहरीधरहरा”–को जातिय भाषाको अङ्क टक्राउँनु हुँदा तपाईं भन्न सक्नु हुन्छ:
▪ “संसार भरिका मानिसहरु शान्तिको नौलो युगको प्रभात कहिले हुन्छ भनेर आशा गरिरहेका छन्। तर मानव सरकारहरुको शान्ति संबन्धी प्रतिज्ञाहरु पूरो हुन सकेका छैनन्। साँच्चो तथा अनन्तकालीन शान्ति परमेश्वरबाट मात्रै आउने छ।” भजनसघ्र्ह ४६:८, ९ पढी दिनु होला, तथा औंल्याउँनु होला कि शान्तिमय नौलो संसार धेरै जनाले अनुमान गरेको भन्दा पनि नजीक छ। “त्यो प्रमाण यहाँ यस पत्रिकामा पाइन्छ।”
५ मनमा राख्नु होला कि हाम्रो लक्ष्य बाइबल अध्ययन सञ्चालन गर्नु हो। किनकि मे महिनामा धेरै जसोले सहायक अग्रगामी काम गर्ने हुनाले, बाइबल अध्ययन गर्ने विषयमा चासो राख्ने व्यक्तिहरु पाउँनको लागि हामीले अरु बढ्ता अवसर पाउँने छौं। तर यदि मे महिनामा सहायक अग्रगामी हुन हामीलाई परिस्थितिले दिंदैन भने, एउटा बाइबल अध्ययन थाल्ने लक्ष्य हामी सबैले राख्न सक्छौं।
६ प्रथम भेटमा बाइबल अध्ययन थाल्नको लागि केही प्रकाशकहरुले पर्चाहरु चलाएका छन्।
“शान्तिमय नयाँ संसारमा जीवन” पर्चा टक्राउँनु हुँदा, तपाईं भन्न सक्नु हुन्छ:
▪ “तपाईंको छिमेकमा हामीहरु स्वयंसेवकहरु हौं। तपाईंलाई म एउटा पर्चा दिउँ है, जसले हाम्रो कामको स्वभावबारे परिचय दिंदछ। तपाईंको विचारमा यहाँ दिए सरह के यो संसार हुन सक्छ होला?” प्रत्युत्तर पाए पछि, मत्ती ६:९, १० तथा भजनसघ्र्ह ३७:२९–लाई प्रकाश गर्दै, त्यसमा भएका एक दुइवटा अघिल्ला परिच्छेदहरु बारे त्यो व्यक्तिसित छलफल गर्न सक्नु हुन्छ।
७ तपाईंले आफ्नो परिचय कसरी दिनु हुनेछ विषयलाई होशियारीपूर्वक विचार गर्नु होस्। उत्तमोत्तम सुझावहरु रीʹजनइङ् पुस्तकको पृष्ठ ९-१५ मा प्रस्तुत गरिएका छन्। यी परिचयहरुलाई कुशलतापूर्वक उपयोग गर्नाले तपाईंको प्रथम भेटलाई असरदायक बनाउँनको लागि मदत् मिल्ने छ।