प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी pp. ३-५
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • ४,००० सहायक अग्रगामीहरू चाहियो
    हाम्रो राज्य सेवकाई—१९९७
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी pp. ३-५

यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌

१. यहोवाको सर्वश्रेष्ठताबारे घोषणा गर्न हामीलाई केले उत्प्रेरित गर्छ?

१ “हे परमप्रभु, महानता, शक्‍ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्‌। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्‌। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ।” (१ इति. २९:११) यहोवाप्रतिको हाम्रो प्रेम र कृतज्ञताले हामीलाई के गर्न उत्प्रेरित गर्छ? ‘अन्धकारबाट उहाँको गजबको ज्योतिमा हामीलाई बोलाउनेको सर्वश्रेष्ठता’ घोषणा गर्न उत्प्रेरित गर्छ। (१ पत्रु. २:९) हामी अरूलाई हाम्रो महान्‌ परमेश्‍वरबारे नभनी बस्नै सक्दैनौं! यहोवाको सर्वश्रेष्ठताबारे अरूलाई बताउने राम्रो मौका हामी मार्च, अप्रिल र मे महिनामा पाउँछौं।

२. स्मरणार्थमा निम्तो दिन कस्तो विशेष अभियानको योजना बनाइएको छ र यस विशेष अभियानमा क-कसले भाग लिन सक्नेछन्‌?

२ स्मरणार्थ उत्सवमा निम्तो दिन विशेष अभियान: सोमबार, अप्रिल २ तारिख प्रभुको साँझको भोज मनाएर हामी यहोवाको सर्वश्रेष्ठतामा विशेष ध्यान दिनेछौं। मार्च १७ देखि अप्रिल २ सम्म यस महत्त्वपूर्ण अवसरको विशेष निम्तोपर्ची विश्‍वभरि वितरण गरिनेछ। यस विशेष अभियानमा सबैलाई भाग लिन प्रोत्साहन दिइन्छ। योग्य छन्‌ भने नयाँ व्यक्‍तिहरूले पनि सुसमाचार प्रचारकार्यमा भाग लिन थाल्ने यो राम्रो अवसर हो। तपाईंको बाइबल विद्यार्थी वा छोराछोरी योग्य छन्‌ भने उनीहरूबारे प्राचीनहरूसित कुरा गर्नुहोस्‌।

३. मानिसहरूलाई स्मरणार्थमा उपस्थित हुने निम्तो दिन हामी के भन्‍न सक्छौं?

३ “छुटकारा नजिकै छ!” जिल्ला अधिवेशनको विज्ञापन गर्दा जे-जसो गरिएको थियो, यस अभियानमा पनि त्यसै गरिनेछ। प्रत्येक प्रकाशकले ५० प्रति र प्रत्येक अग्रगामीले १५० प्रति निम्तोपर्ची पाउने गरी मण्डलीहरूलाई प्रशस्त मात्रामा यो विशेष निम्तोपर्ची पठाइनेछ। यस्तै केही भनेर आफ्नो प्रस्तुति छोटो बनाउनुहोस्‌: “तपाईंलाई यस वर्षको महत्त्वपूर्ण वार्षिकोत्सवको निम्तो दिन आएको हुँ। यो निम्तोपत्र राख्नुहोस्‌। यस अवसरबारे यो निम्तोपत्रमा विस्तृत जानकारी दिइएको छ।” घरधनीले केही प्रश्‍न गरेमा समय लिएर ती प्रश्‍नहरूको जवाफ दिनुहोस्‌। प्रभुको साँझको भोजबारे घरधनीको प्रश्‍नको जवाफ दिन बाइबलले सिकाउँछ पुस्तकको पृष्ठ २०६ मा भएको परिशिष्ट मदतकारी साबित हुन सक्छ। सप्ताहन्तमा भने हामी पत्रिकासँगै यस विशेष निम्तोपर्ची दिनेछौं। चासो दिने व्यक्‍तिहरूबारे नोट राख्नुहोस्‌ र उनीहरूलाई फेरि भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌।

४. स्मरणार्थ उत्सवको विशेष निम्तोपर्ची कसरी वितरण गरिनेछ?

४ सम्भव भएसम्म घरधनीलाई नै भेटेर यो निम्तोपर्ची दिनु बेस हुन्छ। त्यसकारण, घरमा नभेटिएकाहरूबारे नोट लिनुहोस्‌ र उनीहरूलाई फेरि अर्को समयमा भेट्‌ने प्रबन्ध मिलाउनुहोस्‌। अझै थुप्रै निम्तोपर्ची बाँकी छ भने, घरमा नभेटिएकाहरूको ढोकामा निम्तोपर्ची छोड्‌न त सकिन्छ तर स्मरणार्थ उत्सव हुनुभन्दा एक हप्ताअघि मात्र। तपाईंको पुनःभेट, बाइबल विद्यार्थी, आफन्त, सहकर्मी, छिमेकी अनि अरू परिचित व्यक्‍तिहरूलाई पनि यो निम्तोपर्ची दिन नबिर्सनुहोस्‌।

५. सहायक अग्रगामी सेवा गर्न हामीले किन अहिलेदेखि नै योजना बनाउन थालिहाल्नु पर्छ?

५ सहायक अग्रगामी सेवा: मार्च, अप्रिल र मे महिनामा सहायक अग्रगामी सेवा गरेर यहोवाको सर्वश्रेष्ठताबारे अझ धेरै घोषणा गर्न सक्नुहुन्छ कि? त्यसो गर्न तपाईंले आफ्नो तालिकामा पक्कै पनि केही छाँटकाँट गर्नुपर्ने हुन्छ। (एफि. ५:१५-१७) जेहोस्‌, यहोवाको सेवा अझ बढी गर्ने प्रयास गर्दा प्रशस्त आनन्द र यहोवाको आशिष्‌ पाउनेछु भनेर तपाईं ढुक्क हुन सक्नुहुन्छ। (हितो. १०:२२) स्मरणार्थ नजिक आइसकेकोले अहिलेदेखि नै योजना बनाउन थालिहाल्नुहोस्‌।—हितो. २१:५.

६. गत वर्ष सहायक अग्रगामी सेवा गर्ने ९० वर्ष पुगेकी साक्षी बहिनीको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

६ नब्बे वर्ष पुगेकी साक्षी बहिनीले गत वर्ष सहायक अग्रगामी सेवा गरिन्‌। उनी भन्छिन्‌: मलाई बगैंचा स्याहार्न मन पर्छ र बगैंचामा अरू बिरुवा रोप्न चाहेकी थिएँ। तर मैले कुन कुरालाई प्राथमिकता दिनुपर्ने हो, त्यो विचार गरें। परमेश्‍वरको राज्यको प्रचारलाई प्राथमिकता दिने अठोट गर्दै मैले मार्च महिनामा सहायक अग्रगामी सेवा गरें।” यस्तो प्रयास गरेकोमा उनले आशिष्‌ पाइन्‌? अवश्‍य पाइन्‌। उनी भन्छिन्‌: म मण्डलीसित अझै नजिक भएँ र यहोवासित झन्‌ धेरै घनिष्ठ हुन सकें।” आफ्नो प्राथमिकता के हो विचार गरेर हामी पनि अवश्‍यकताअनुसार यस्तै छाँटकाँट गर्न सक्छौं कि?

७. सहायक अग्रगामी सेवा गर्नु कत्तिको गाह्रो छ?

७ सहायक अग्रगामीले पुऱ्‍याउनुपर्ने ५० घण्टा तपाईंले सोचेजत्ति गाह्रो छैन। आफ्नो दैनिक कामकुरालाई प्रार्थनापूर्वक विचार गर्नुहोस्‌, तालिका बनाउनुहोस्‌, त्यसपछि यो तालिका ईश्‍वरतान्त्रिक गतिविधि लेख्ने तालिकामा सार्नुहोस्‌। आफ्नो परिस्थिति राम्ररी बुझ्ने व्यक्‍ति तपाईं आफै हुनुहुन्छ। तर तपाईंको स्वास्थ्य अलि कमजोर छ र तपाईंलाई त्यत्ति सञ्चो हुँदैन भने हरेक दिन एक/दुई घण्टा प्रचारमा निस्कनुहोस्‌। तपाईंले दिनभरि काम गर्नुपर्छ अथवा तपाईं स्कूल जानुहुन्छ भने साँझपख अथवा सप्ताहन्तमा प्रचार गरेर पनि सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ होला।

८. के गरेकोले एक दम्पतिले सहायक अग्रगामी सेवा गर्न सकेका रहेछन्‌?

८ थुप्रैले पूरै परिवार मिलेर सहायक अग्रगामी सेवा गरेका छन्‌। परिस्थिति अलि नमिलेजस्तो लागेकोले एक दम्पति बितेको केही वर्ष सहायक अग्रगामी सेवा गर्न हिचकिचाएका रहेछन्‌। तर तिनीहरूले के गरे? “हामीले सँगै अग्रगामी सेवा गर्न चाहेको निकै वर्ष भइसकेको थियो। त्यसैले यो इच्छा पूरा गर्न पाऔं भनेर यहोवालाई प्रार्थना गऱ्‍यौं।” राम्रो योजना बनाएकोले यस दम्पतिले आफ्नो इच्छा पूरा गर्न सके। उनीहरू यसो भन्छन्‌: “अग्रगामी सेवा गर्दा निकै रमाइलो भयो। हामी दुवैले प्रशस्त आशिष्‌ पायौं। त्यसैकारण, ‘कोसिस गर्नुहोस्‌, हामीले त सक्यौं भने तपाईंहरूले पनि सक्नुहुनेछ।”

९. आगामी महिनाहरूमा हुने विशेष कार्यक्रममा सहभागी हुन तपाईं आफ्नो पारिवारिक अध्ययनमा के गर्न सक्नुहुन्छ?

९ आगामी महिनाहरूमा परिवारका सबै सदस्यले कसरी अझ बढी सेवा गर्न सक्नेछन्‌, त्यसबारे पारिवारिक अध्ययनमा छलफल गर्दा कसो होला? पूरै परिवारले सहायक अग्रगामी सेवा गर्न सक्दैनन्‌ भने पनि सबै जना मदतकारी अनि सहयोगी भइदिंदा परिवारको एक जना मात्र भए पनि अग्रगामी हुन सक्छन्‌ कि? त्यसो गर्न पनि सकिंदैन भने, यी विशेष महिनाहरूमा तपाईंको परिवारले साबिकभन्दा धेरै समय प्रचार गर्ने लक्ष्य पो बनाउन सक्छ कि?

१०. स्मरणार्थ नजिकै आएकोले सहायक अग्रगामी सेवा गर्ने तपाईंको इच्छाबारे किन अरूलाई पनि बताउनुपर्छ?

१० एकअर्कालाई मदत गर्नुहोस्‌: एक जना जोसिलो भयो भने बाँकी अरू पनि जोसिलो भइहाल्छन्‌। त्यसैले सहायक अग्रगामी सेवा गर्ने आफ्नो इच्छा अरूलाई पनि बताउनुहोस्‌। यसो गर्दा अरूले पनि सहायक अग्रगामी सेवा गर्ने फाराम भर्न चाहलान्‌। यसबाहेक, पहिले-पहिले अग्रगामी सेवा गरेकाहरूले पनि तपाईंलाई सल्लाह-सुझाव दिन सक्छन्‌। (हितो. १५:२२) सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ भने तपाईंको जस्तै परिस्थिति भएको अर्को प्रकाशकलाई पनि सँगै अग्रगामी सेवा गरेर आनन्द उठाउन प्रोत्साहन दिनुस्‌ न।

११. आगामी महिनाहरूमा सहायक अग्रगामी सेवा गर्न चाहनेहरूलाई प्राचीनहरूले कसरी जोसिलो बनाउन सक्छन्‌?

११ यहोवाको सेवा गर्ने यस विशेष सुअवसरमा भाग लिन थुप्रै प्राचीनहरूले आवश्‍यक प्रबन्धहरू मिलाउँछन्‌। (हिब्रू १३:७) यसो गर्दा मण्डली कत्ति प्रोत्साहित हुन्छ! प्राचीनहरूले अरूसित कुराकानी गर्दा पनि अग्रगामी सेवा गर्ने जोस बढाइदिन सक्छन्‌। प्रोत्साहनका केही शब्द भनिदिंदा अथवा व्यावहारिक सल्लाह दिंदा मात्र पनि अग्रगामी सेवा गर्न चाहनेहरू प्रोत्साहित हुन सक्छन्‌। कसै-कसैले काम सकेपछि अथवा स्कूल छुट्टी भएपछि मण्डलीसित मिलेर प्रचारमा जान सकोस्‌ भनेर सेवा निरीक्षकले क्षेत्र सेवकाईको लागि सभाहरूको थप प्रबन्ध पनि मिलाउन सक्छन्‌। यी प्रबन्धहरूबारे लगातार घोषणा गर्नुपर्छ। सबैले पर्याप्त मात्रामा इलाका अनि साहित्यहरू पाएका छन्‌ कि छैनन्‌, त्यो पनि सेवा निरीक्षकले पक्का गर्नेछन्‌।

१२. सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्‍न भने पनि तपाईं के चाहिं गर्न सक्नुहुन्छ?

१२ परिस्थितिले गर्दा सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्‍न भने पनि सहायक अग्रगामी सेवा गर्नेहरूलाई प्रोत्साहन दिन सक्नुहुन्छ र उनीहरूको लागि प्रार्थना गर्न सक्नुहुन्छ। (हितो. २५:११; कल. ४:१२) हप्तामा अरू दिन पनि उनीहरूसित प्रचारमा जाने अथवा साबिकभन्दा अलि धेरै बेरसम्म प्रचार गर्ने कोसिस गर्न सक्नुहुन्छ।

१३. भारतका प्रकाशकहरूको लागि कस्तो लक्ष्य राखिएको छ र तपाईंको मण्डलीले उक्‍त लक्ष्य हासिल गर्न कसरी मदत गर्न सक्छ?

१३ अप्रिलमा सहायक अग्रगामीको संख्या ४,५०० पुऱ्‍याउने लक्ष्य: अप्रिल २००६ मा भारत शाखामा ३,२१६ जनाले सहायक अग्रगामी सेवा गरे। यो रेकर्ड अहिलेसम्मकै धेरै हो। त्यसकारण, आउँदो अप्रिल महिनामा सहायक अग्रगामीहरूको संख्या ४,५०० पुऱ्‍याउने लक्ष्य राख्नु व्यावहारिक छ। प्रत्येक मण्डलीका ५ प्रकाशकहरूमध्ये औसतमा १ जनाले मात्र सहायक अग्रगामी सेवा गर्ने हो भने यो लक्ष्यसम्म पुग्न सकिन्छ। हो, कुनै-कुनै मण्डलीमा सहायक अग्रगामी सेवा गर्न मिल्ने परिस्थिति भएका प्रकाशकहरू योभन्दा धेरै हुन्छन्‌। यस्तो लक्ष्य प्रायजसो मण्डलीमा सजिलै हासिल गर्न सकिन्छ। कल्पना गर्नुहोस्‌ त, तपाईंको मण्डली आफ्नो लक्ष्यमा पुग्न सफल भयो भने मण्डलीका सदस्यहरू कत्ति दंग पर्लान्‌ र प्रचारकार्यमा भाग लिन कत्ति प्रोत्साहित होलान्‌!

१४. सहायक अग्रगामी सेवा गर्न अप्रिल महिना किन एकदम उपयुक्‍त छ?

१४ सहायक अग्रगामी सेवा गर्न अप्रिल महिना किन एकदम उपयुक्‍त छ? स्मरणार्थ उत्सव महिनाको सुरुमै पर्छ। त्यसकारण, स्मरणार्थमा आएकाहरूलाई फेरि भेट्‌न जान प्रशस्तै समय पाउनेछौं। पुनःभेटमा बाइबलले सिकाउँछ पुस्तक दिने र बाइबल अध्ययन सुरु गर्ने उद्देश्‍यसहित हामी पत्रिका वितरण गर्नेछौं। त्यसैकारण, अप्रिल महिनामा बाइबल अध्ययन सुरु गर्ने थुप्रै मौका पाउनेछौं। अप्रिल महिना भारतमा दिनहरू लामो हुन्छन्‌ र साँझपख अलि शीतल हुन्छ। यसबाहेक, अप्रिल महिनामा पाँचवटा आइतबार पर्छ र स्कूल पनि बिदा हुने भएकोले जागिर खानुपर्ने अथवा स्कूल जानुपर्नेहरूले पनि सहायक अग्रगामी सेवा गर्न सक्छन्‌।

१५. स्मरणार्थ उत्सव नजिकिंदै गएकोले हामी किन हतारिनु पर्छ?

१५ हामी वर्षैपिच्छे स्मरणार्थ उत्सव मनाउँछौं र वर्षैपिच्छे यस रीतिरिवाजको अन्तको झन्‌-झन्‌ नजिक पुग्छौं। हाम्रो महान्‌ परमेश्‍वरबारे अरूलाई बताउने समय धमाधम घट्‌दैछ। (१ कोरि. ७:२९) स्मरणार्थ उत्सवको बेला, स्वर्गमा हुनुहुने हाम्रो पिताको महिमा गर्ने विशेष सुअवसर पाउँछौं। तर यो विशेष सुअवसरमा यसपालि गुमायौं भने स्मरणार्थ उत्सव मनाइसकेपछि त त्यो विशेष सुअवसर सदाको लागि गुमाउनेछौं। यहोवाको सर्वश्रेष्ठताको घोषणा गर्न मार्च, अप्रिल र मे महिनामा सकेजति गर्न अहिलेदेखि नै योजना बनाऔं!

[पृष्ठ ४-मा भएको पेटी]

अप्रिलमा सहायक अग्रगामीको संख्या ४,५०० पुऱ्‍याउन सक्छौं कि?

◼ कुन कुरालाई प्राथमिकता दिंदै हुनुहुन्छ, विचार गर्नुहोस्‌

◼ कस्ता लक्ष्यहरू राख्न सकिन्छ, परिवार मिलेर छलफल गर्नुहोस्‌

◼ आफ्नो योजनाबारे अरूलाई पनि बताउनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने