प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 जुलाई
  • जुलाईका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाईका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
  • उपशीर्षकहरू
  • जुलाई ६ प्रारम्भ हुने सप्ताह
  • जुलाई १३ प्रारम्भ हुने सप्ताह
  • जूलाई २० प्रारम्भ हुने सप्ताह
  • जुलाई २७ प्रारम्भ हुने सप्ताह
  • अगस्त ३ प्रारम्भ हुने सप्ताह
हाम्रो राज्य सेवकाई—१९९२
km92 जुलाई

जुलाईका लागि सेवा सभाहरू

जुलाई ६ प्रारम्भ हुने सप्ताह

गीत ८० (१८)

५ मि.: स्थानीय घोषणाहरू तथा हाम्रो राज्य सेवकाई-वाट लिइएका उपयुक्‍त घोषणाहरू।

१० मि.: “‘ज्योति वाहकहरूका’ १९९२-को जिल्ला सम्मेलन”—खण्ड १। अनुच्छेद १-११ माथि श्रोतागणद्वारा छलफल। व्यक्‍तिगत तवर्‌मा एवं क्षेत्र सेवामा यो जानकारीलाई कसरी चलाउन सकिन्छ, त्यसको निर्धारण गर्ने मनसाय लिएर सबैलाई सजग हुने प्रोत्साहन दिनु होस्‌। प्रकाशकहरूले सम्मेलनहरूमा उपस्थित हुने आफ्ना बाइबल-पाठकहरूसित उपयुक्‍त बुँदाबारे छलफल गर्न चाहने छन्‌। हामीलाई होसियार गराएका विषयहरू माथि विशेष ध्यान दिनु होस्‌। हामी सबैलाई पर्याप्त विश्राम आवश्‍यक भएको हुनाले, सम्मेलन चलुञ्जेल, राती अबेर हुने किसिमको मनोरञ्जन कसैले पनि आयोजित गर्नु हुँदैन। सम्मेलनका लागि उत्साह जगाउनु होस्‌।

१५ मि.: “परमेश्‍वरको वचनमाथि विश्‍वास बढाउनु होस्‌।” प्रश्‍न तथा उत्तरहरू। यो महिनाको हाम्रो क्षेत्र कार्यका लागि उत्साह बढाउनु होस्‌। तपाईंको इलाकामा भएका मानिसहरूलाई बाइबलमाथि विश्‍वास बढाउने मद्दत यो प्रकाशनले कसरी दिन सक्‍तछ देखाउँनु होला।

१५ मि.: “यो महिनाको भेटलाई प्रस्तुत गर्नु।” यस लेखमा दिएका केही सुझावहरूको छलफल तथा प्रदर्शन गर्नु होस्‌। अध्ययन सुरु गर्ने कुरालाई कसरी सोझै उठाउँन सकिन्छ, एउटा प्रदर्शनद्वारा देखाउँनु होस्‌। साथै बाइबल एउटा प्रेरणाप्राप्त पुस्तक हो भनेर सारा प्रमाणहरूबाट कसरी साबित हुन्छ देखाउँनु होस्‌।

गीत २२५ (४४) तथा समाप्ति प्रार्थना।

जुलाई १३ प्रारम्भ हुने सप्ताह

गीत १४५ (११५)

१० मि.: घोषणाहरू। स्थानीय क्षेत्रमा काम गर्दा असरदायक रहेका परिचयहरू माथि टिप्पणी दिन दुई जना नियमित वा सहायक अग्रगामीहरूलाई पहिले नै तयारी गर्न लगाउँनु होस्‌।

२० मि.: “‘ज्योति वाहकहरूका’ १९९२-को जिल्ला सम्मेलन”—खण्ड २। अनुच्छेद १२-२१ माथि श्रोतागणले छलफल गर्ने। समय भयो भने, “जिल्ला सम्मेलनका लागि सम्झौटोहरू”-लाई संक्षिप्तमा पुनःरावलोकन गर्नु होस्‌। सम्मेलनमा उपस्थित हुन अगावै जून १५, १९८९-को द वॅचटावर, पृष्ठहरू १०–२०, परिवारहरूलाई सामूहिक रूपमा पढने प्रोत्साहन दिनु होस्‌। आफ्नो यात्रा तथा बस्ने ठाउँ सम्बन्धी प्रबन्धहरूबारे फेरि आखिरी पटक निश्‍चित गर्न प्रकाशकहरूलाई सम्झना गराउनु होस्‌। सबैलाई आफ्नो छाती बिल्ला लगाउँने तथा यात्रा गर्दा, खाना खाने ठाउँ, होटल इत्यादितिर साक्षी दिने प्रोत्साहन दिनु होस्‌।

१५ मि.: नयाँ मेडीकल डाइरेक्टीभ्‌/रिलिस कार्डको सम्बन्धमा, अक्टोबर १५, १९९१ मिति भएको सोसाइटी पत्र पढेर छलफल गर्नु होस्‌। जसजसले यो नयाँ कार्ड लिएका छैनन्‌ तिनीहरूलाई साहित्य काउन्टरवाट एउटा तुरुन्तै प्राप्त गरेर, त्यसलाई सही प्रकारले भर्न, तथा कानुनको नजरमा स्वीकृत दुईजना साक्षीहरूलाई हस्ताक्षर गर्न लगाउँने प्रोत्साहन दिनु होस्‌। समयले दियो भने, जून १५, १९९१, द वॅचटावर-को “यहोवाबाट उपदेश पाएकाहरू जस्तो गरी हिंड्‌नु होस्‌” [वॉक्‌ अयाज्‌ इन्स्ट्रक्टड्‌ बाइ जेहोवा] शिर्षक लेखको पुनःरावलोकन गर्नु होस्‌, विशेष गरी पृष्ठहरू १५-१८।

गीत ६१ (५९) अनि समाप्ति प्रार्थना।

जूलाई २० प्रारम्भ हुने सप्ताह

गीत ३४ (८)

१० मि.: घोषणाहरू। मार्च महिनाको क्षेत्र सेवा रिपोर्टका विशेषताहरू उल्लेख गर्नु होस्‌। मार्चको क्षेत्र सेवा रिपोर्टमा स्थानीय मण्डलीले गरेको योगदान बताउनु होला। लेखा रिपोर्ट दिनु होस्‌। क्षेत्र सेवामा गरेका कार्य तथा मण्डलीका लागि उदार चित्तका साथ दिइएको आर्थिक सहायताका लागि मण्डलीलाई स्याबासी दिनु होस्‌।

२० मि.: “के तपाईं अनौपचारिक साक्षी दिने काममा भाग लिनु हुने छ?” यस लेखमा उल्लेखित्‌ बुँदाहरूलाई छलफल तथा प्रदर्शनद्वारा प्रस्तुत गर्नु होस्‌। हामी सधैं यहोवाका साक्षीहरू भएका हुनाले हामी साक्षी दिने मौकाहरू खोजिरहन चाहन्छौं भन्‍ने विषयमाथि जोड दिनु होस्‌। दुईवटा छोटो छोटो अनुभवहरू पेस गर्ने अग्रिम तयारी गर्नु होला जसमा केही व्यक्‍तिहरूले अनौपचारिक साक्षी दिने कार्यमा भाग लिएर राम्रो परिणाम अनुभव गरेको कुरा वा मण्डलीका कुनै व्यक्‍ति अनौपचारिक साक्षी दिने कामद्वारा कसरी सच्चाइमा आएको कुरा प्रदर्शित होस्‌।

१५ मि.: २ तिमोथी ३:१६ तथा भजनसघ्र्ह ११९:१५९, १६० प्रयोग गर्दै बाइबल—परमेश्‍वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्ध छैन।) पुस्तकको छलफल र प्रदर्शन गर्नु होस्‌। २ तिमोथी ३:१६ मात्र प्रयोग गर्दै, एउटा सरल ढङ्‌गमा कसरी नयाँ र जवानहरू, दुवैले साक्षी दिन सक्नेछन्‌ भनी देखाउनु होस्‌। प्रदर्शनहरूमा स्पष्ट पार्नु होला कि प्रकाशनहरूको वितरण गर्दा हामी छपाइ खर्चका लागि एउटा सानो चन्दा मात्र लिने गर्दछौ र यो कुनै व्यापार होइन। स्वेच्छाले दिइने चन्दाहरू द्वारा सञ्चालित्‌ एउटा विश्‍वव्यापी शैक्षिक कार्यक्रमको यो एउटा भाग हो भनी हामी घरपट्टीलाई भन्‍न सक्छौं। हाम्रा प्रकाशन सकेसम्म चाँडै नै पढ्‌न थाल्ने प्रोत्साहन घरपट्टीलाई दिएर पुनःभेटका लागि जग बसाल्नु होस्‌।

गीत १५४ (७२) अनि समाप्ति प्रार्थना।

जुलाई २७ प्रारम्भ हुने सप्ताह

गीत १७३ (१५)

५ मि.: घोषणाहरू। ईश्‍वरतन्त्रीय समाचार। यो विषय सामग्रीबारे छलफल गर्दा, १९८७ वार्षिक पुस्तक-मा (1987 Yearbook. नेपालीमा उपलब्ध छैन।) उपलब्ध सम्बन्धित शाखाको १९८६ सेवा सालको सूचनालाई वर्तमान रिपोर्टसँग तुलना गर्नु होला।

२० मि.: “अग्रगामी सेवकाई—प्रेमको एउटा अभिव्यक्‍ति।” प्रश्‍न-उत्तर। अनुच्छेद ३ अनि ४-माथि छलफल गरे पछि, तीन जना नियमित अग्रगामीहरू वा बीचबीचमा सहायक अग्रगामी हुने प्रकाशकहरूसित अन्तरवार्ता लिनु होला। सम्भव भएमा, एक जना जवान नियमित अग्रगामीलाई पनि यसमा समावेश गर्नु होस्‌ जसले स्कुल सिद्धयाउँन साथै अग्रगामी काम गर्न थालेका थिए। यिनीहरूलाई यस प्रकारका प्रश्‍नहरू सोध्नु भए हुन्छ: अग्रगामी काम गर्नका लागि तिनीहरूले कसरी चाँजो मिलाए, तिनीहरूलाई यसो गर्न के कुरोले प्रेरणा दियो, तिनीहरूले कस्ता कस्ता भौतिक कुराहरू त्याग्न परे तथा नियमित अग्रगामीहरूको हैसियतमा सेवा गर्दा तिनीहरूले कुन कुन आशिषहरू पाए?

२० मि.: “बाइबल अध्ययन सुरु गर्ने लक्ष्य लिएर फर्कने।” छलफल तथा प्रदर्शनहरू। अनुच्छेद ३-मा सुझाव गरिएको बाइबल छलफल प्रदर्शित गर्नु होस्‌। बाइबल—परमेश्‍वरको वचन वा मानिसको? पुस्तकका पृष्ठहरू १७०-२, अनुच्छेदहरू २३-२६ लाई बाइबल अध्ययन सुरु गर्ने एउटा आधार बनाउनु होस्‌।

गीत १३५ (७२) अनि समाप्ति प्रार्थना।

अगस्त ३ प्रारम्भ हुने सप्ताह

गीत ९० (४२)

१० मि.: घोषणाहरू। यो सप्ताहन्तमा, क्षेत्र सेवामा पत्रिकाहरू टक्राउँदा, शास्त्रसम्बन्धी छलफल कसरी गर्न सकिन्छ भनी देखाउन दुईवटा सानो-सानो प्रर्दशनहरू प्रस्तुत गर्नु होला।

१५ मि.: “प्रेरितहरूको अनुक्रम [अपॅसʹटलिक सकसेʹसन्‌]।” “प्रेरित पत्रुसको उत्तराधिकारी पोप हैनन्‌ र?” भन्‍ने प्रश्‍न उठाउने व्यक्‍तिकहाँ पुनःभेट गर्न एक जना अग्रगामीलाई सर्भिस ओभरसियरले साथ दिन्छन्‌। रीʹजन्‌इङ्‌ पुस्तक, पृष्ट ३७ देखिन्‌ लिएर पृष्ठ ३९-को पहिलो शीर्षकलाई यस छलफलको आधार बनाउनु होस्‌।

२० मि.: “आत्मा-त्यागको भावना राख्नु होस्‌ [हेभ्‌ ए सेल्फ-स्याʹक्रिफाजीङ्‌ स्पिʹरिट्‌]।” फेब्रुअरी १, १९९२, पृष्ठहरू २५-८, वॅचटावर लेखमा आधारित भाषण। (यो लेख मई १, १९९२-को प्रहरीधरहरा, पृष्ठहरू २५-२८ मा पाक्षिक संस्करणहरूमा पाइन्छ।) एक जना मसीहीमा आत्मा-त्यागको भावना हुनु अनिवार्य छ भन्‍ने कुरामाथि जोड दिनु होस्‌। परमेश्‍वरको राज्यसित सम्बन्धित कुराहरूलाई प्रथम स्थान दिंदा हामीले भौतिक अथवा मनोरञ्जक कुराहरू त्याग्नु परे तापनि हाम्रो कुनै नोक्सानी हुँदैन। (मासिक प्रहरीधरहरा पत्रिकाको प्रयोग गर्ने मण्डलीहरूले जुन १, १९९२-को प्रहरीधरहरा, पृष्ठ २९-को लेख “नम्रता किन धारण गर्नु” छलफल गर्न सक्छन्‌।)

गीत १६७ (११०) अनि समाप्ति प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने