बाइबल अध्ययन सुरु गर्ने लक्ष्य लिएर फर्कने
१ एक जना चाख देखाउँने व्यक्तिलाई प्रथमतः भेट्टाएपछि, त्यो चाखलाई जगाइ राख्न हामीले आफ्नो काम पूर्ण रूपमा गर्ने आवश्यकता पर्दछ। पुनःभेटहरूमा जाने गऱ्यौं भने, बाइबलबारे छलफल अथवा अध्ययनहरू सरासर सुरु गर्न सकिन्छ जसबाट मानिसहरूको बचाउ हुन सक्छ। पुनःभेटहरूलाई प्रभावकारी बनाउन निम्नलिखित सुझावहरू माथि विचार गर्नुहोस्।
पुनःभेटका लागि जग बसाल्न, प्रथम भेटको अन्त्यमा तपाईंले सायद यो प्रश्न सोध्न सक्नु हुन्छः
◼ “बाइबल परमेश्वरबाट प्रेरित हो र? तपाईंले यस विषयमा कहिले विचार गर्नु भएको छ?” पछि फेरि जाँदा तपाईं भन्न सक्नुहुन्छ: “म यहाँ अस्ति आउँदा, के बाइबल परमेश्वरद्वारा प्रेरित हो र? भन्ने विषयमा एउटा प्रश्न उठाइएको थियो। यसलाई पुष्टि दिने धेरै नै प्रमाणहरू छन्। यस प्रश्नलाई मैले फेरि विचार गरेर हेर्दा फेला परेको एउटा चाखलाग्दो कुरा म तपाईंलाई पढेर सुनाउँन चाहन्छु।” रीʹजनइङ पुस्तकको पृष्ठ ६०-लाई पल्टाएर अथवा “प्रेरणाको प्रमाण” [एभिʹडेन्सस् ॲफ् इन्सपʹरेशन्] उपशीर्षक अन्तर्गत उपपरिच्छेद पढनु होस्।
२ के बाइबल आज हाम्रो लागि व्यावहारिक छ? बाइबल व्यावहारिक हुने हो भने त्यसबाट हुने लाभहरूको प्रमाण त्यसले प्रस्तुत गर्नु पर्दछ।
पुनःभेट सुरु गर्दा तपाईं सोध्न सक्नु हुन्छ:
◼ “कुनै पनि व्यक्ति विशेषको आचरणमाथि बाइबलको सल्लाहले के कस्तो असर पार्नु पर्ने हो? मानिसहरूको जीवनमाथि बाइबलले अत्यन्तै शक्तिशाली प्रभाव पार्न सक्छ भनेर एफिसी ४:२३, २४-मा उल्लेखित पावलको बयानले हामीलाई देखाउँछ।” बाइबल—परमेश्वरको वचन वा मानिसको? (The Bible—God’s Word or Man’s? नेपालीमा उपलब्घ छैन।) पुस्तकको पृष्ठ १७५-को अनुच्छेद १-को अन्तिम भागबाट नै यो शास्त्रपदलाई सोझै पढनुहोस्। यस पछि घरपट्टीलाई सोध्नु होस् उहाँले पृष्ठ १६३-को तस्वीरमा के देख्नु हुन्छ। “बुद्धिमानीहरू सँग हिंड्नाले हामीलाई बुद्धिमानी बनाउँछ, तर निर्बुद्धिहरूको सङ्गती गर्नाले हाम्रो हानी हुन्छ।” त्यस पछि, पृष्ठ १६३-को अनुच्छेद २-को अन्तिम वाक्य पढनु होस्। “मानवीय समस्याहरूमाथि कुनै पनि मानिसले दिन नसक्ने अत्यन्त महान अन्तर्दृष्टि दर्शाउने बाइबलको कालातीत बुद्धिद्वारा प्रमाणित हुँदछ कि यो पुस्तक एउटा अति नै उच्च स्रोतबाट हामीकहाँ आएको हो। म अर्को पटक आउँदा, बाइबल वास्तवमा प्रेरित हो र? भन्ने विषयमा अझ अन्य प्रमाणको छलफल सायद हामी गर्न सक्छौं।”
३ हामीले बाइबल किन पढ्नु पर्छ? बाइबल—परमेश्वरको वचन वा मानिसको? पुस्तकबाट नै यो प्रश्नको छलफल गर्दा, एउटा बाइबल अध्ययन सुरु हुन सक्छ।
वार्तालाप सुरु गर्न, तपाईं यसो भन्न सक्नु हुन्छ:
◼ “आज मानिसहरूले यत्तिका समस्याहरूको सामना गर्नु परिरहेको बेलामा के कतै एउटा भरपर्दो मार्गदर्शन पाउन सकिन्छ होला भनी धेरै ले सोच्छन्। मैले चाहिं ढाडस र व्यावहारिक मद्दतको एउटा असीमित स्रोत बाइबलमा पाएको छु। बाइबलको भजनसघ्र्ह १:१, २-मा उल्लेखित प्रतिज्ञा म तपाईंलाई पनि देखाउँन चाहन्छु। [त्यो शास्त्रपद पढेर त्यसमाथि संक्षिप्तमा टिप्पणी गर्नुहोस्।] बाइबल—परमेश्वरको वचन कि मानिसको? पुस्तकले बाइबलको विश्वसनीयता माथि हाम्रो विश्वास बढाउँछ। साथसाथै यसले बाइबलमा पाइने केही व्यावहारिक सल्लाहहरूतिर हाम्रो ध्यान आकर्षित गराउँदै, यिनलाई हाम्रो दैनिक जीवनमा प्रयोग गर्ने ढङ्ग पनि प्रदर्शित गर्दछ। उदाहरणका लागि, पृष्ठ १७०-को अनुच्छेद २३-को माथिल्लो पट्टीको उपशीर्षक “वास्तवमा व्यावहारिक सिद्धान्तहरू”-माथि ध्यान दिनुहोस्।” यस पछि अनुच्छेद २३-२६ प्रयोग गरेर बाइबल अध्ययन गर्ने विधि प्रदर्शन गर्नुहोस्। “बाइबलबाट लाभ उठाउनका लागि हामीले के गर्नु पर्छ? यो प्रश्नको छलफल म अर्को साता तपाईं सित गर्न चाहन्छु।”
४ पृथ्वीका सबै राष्ट्रहरूमा पूर्णरूपले साक्षी दिने काममा भाग लिन बचेका समयलाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्। (प्रे० २०:२१ सँग तुलना गर्नुहोस्।) बाइबल अध्ययन थाल्ने लक्ष्य लिएर पुनःभेटहरूमा जानुको अर्थ हामीले प्रचार गरेका मानिसहरूका निम्ति अनन्त जीवन हुन सक्छ।