अगस्तका लागि सेवा सभाहरू
सूचना: सम्मेलनको प्रत्येक सप्ताहका लागि हाम्रो राज्य सेवकाई-ले सेवा सभाको तालिका बनाउने छ। जिल्ला सम्मेलनमा उपस्थित हुने मौका दिन तथा सम्मेलन पछिको सप्ताहको सेवा सभामा ३०-मिनेटको लागि सम्मेलन कार्यक्रमका महत्त्वपूर्ण विषयहरूलाई दोहोऱ्याउन् मण्डलीले आवश्यकता अनुसार काँटछाँट गर्न सक्छन्। सम्मेलनका प्रत्येक दिनको कार्यक्रम माथि गरिने पुनर्विचारको तयारी गर्न दुई वा तीन सुयोग्य भाइहरूलाई केही समय अघि नै खटाउन सकिन्छ। यिनीहरूले मुख्य बुँदाहरू माथि ध्यान दिन सक्ने छन्। व्यक्तिगत प्रयोग एवं क्षेत्रमा चलाउनका लागि यो राम्ररी-तयार गरिएको पुनर्विचारद्वारा भाइहरूले मुख्य बुँदाहरूलाई स्मरण राख्ने सहायता पाउने छन्। श्रोतागणको टिप्पणी तथा अनुभवहरू छोटो र विषयअनुरूप हुनु पर्छ।
अगस्त १० प्रारम्भ हुने सप्ताह
गीत १२३ (६३)
१० मि.: हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू तथा अरु कुनै स्थानीय घोषणाहरू। साथै, अगस्त १, १९९२-को वॅचटावर् प्रस्तुत गर्नु हुँदा चलाउँन सकिने दुईवटा विशेष वार्तालापका बुँदाहरू माथि जोड दिनु होस्।
२० मि.: “तपाईंको राज्य आशा बाँड्न ब्रोश्यरहरू चलाउनु होस्।” प्रश्न र उत्तर छलफल; प्रदर्शनहरू। कति ब्रोश्यरहरू उपलब्ध छन् मण्डलीलाई जानकारी दिनु होला, तथा स्थानीय इलाकामा विशेष रूपले उपयुक्त हुने ब्रोश्यरहरूमाथि श्रोतागणलाई टिप्पणी दिन लगाउनु होस्। अनुच्छेद ३-माथि छलफल गर्दा, हाम्रा समस्यहरू ब्रोश्यरलाई एउटा अनौपचारिक परिस्थितिमा छिमेकी, कार्यक्षेत्रको सङ्गी, वा अरु कुनै ठाउँमा कसरी प्रस्तुत गर्न सकिन्छ सो प्रदर्शित गर्नु होस्। समयले दिए अनुसार, अघिबाटै खटाइएका प्रकाशकहरूलाई ब्रोश्यरहरू चलाउँदा तिनीहरूले पाएका अनुभवहरूको वर्णन दिन लगाउँनु होस्। अगस्त महिनामा ब्रोश्यरहरू प्रस्तुत गर्ने काममा पूर्णतया सहभागी हुन भाइहरूलाई उत्साहपूर्वक प्रोत्साहन दिनु होस्।
१५ मि.: बिदामा छँदा आफ्नो समयलाई बुद्धिमानीपूर्वक चलाउँनु होस्। बिदा तथा सम्मेलनका माहिनाहरूको फाल्तू समयलाई ईश्वरतन्त्रीय कामहरू अघि बढाउनका लागि प्रयोग गर्न योजना बनाउँने प्रोत्साहन प्रकाशकहरूलाई अहिले देखि नै दिनु होस्। यात्रा गर्दा अनौपचारिक साक्षी दिने सुझावहरू पनि समावेश गर्नु होस्। साप्ताहिक बाइबल पढाइ कायम राख्ने, सोसाइटीका प्रकाशनहरू पढ्ने, तथा बिदाताका फाल्तू समयलाई बुद्धिमानिपूर्वक प्रयोग गर्ने कामलाई व्यक्तिगत लक्ष्यहरू बनाउने प्रोत्साहन सबैलाई दिनु होस्।
गीत १६५ (८१) अनि समाप्तिको प्रर्थना।
अगस्त १७ प्रारम्भ हुने सप्ताह
गीत १९३ (१०३)
१० मि.: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। ईश्वरतन्त्रीय समाचार। क्षेत्र सेवाको प्रबन्घवारे मण्डलीलाई पुनः याद गराउनु होस्।
२० मि.: “भेटलाई हाम्रो प्रस्तुतीकरणसित जोडने।” छोटो भाषण एवं प्रदर्शनहरू। एउटा तरुण प्रकाशकलाई अनुच्छेद २-का सुझावहरू प्रयोग गर्दै, शास्त्रमाथि आधारित प्रस्तुतीकरण प्रदर्शित गर्न लगाउनु होस्। यशैया ६५: २१-२३ प्रस्तुत गर्दा, अनुच्छेद ६-मा लेखिएका तरिका अपनाउनु होस्। अनुच्छेद ३-का सुझावहरूलाई समावेश गर्दै हाम्रा समस्याहरू ब्रोश्यर प्रस्तुत गरेको प्रदर्शन कुनै अर्को प्रकाशकले गर्न सक्छन्। दुवै पटक साहित्य र प्रस्तुतीकरण कसरी गाँसिएको थियो, सो माथि अध्यक्षले जोड दिनु पर्छ। मण्डलीका सबैलाई पर्याप्त ब्रोश्यर तथा पत्रिका लिइराख्न स्मरण गराउनु होला।
१५ मि.: आर-मागेडोन सम्बन्धी प्रश्नहरू। रीʹजनइङ (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकको पृष्ठहरू ४४-९ को विषय सामग्री लिएर भाषण।
गीत १३७ (१०५) अनि समाप्तिको प्रार्थना।
अगस्त २४ प्रारम्भ हुने सप्ताह
गीत ८ (८८)
१५ मि.: स्थानीय घोषणाहरू। प्रगति गर्नका लागि आवश्यक प्रोत्साहन लगायत सऱ्हाना दिंदै, मण्डलीको जूलाई क्षेत्र सेवा रिपोर्टलाई छलफल गर्नु होस्। वार्षिक पद्यलाई त्यसको पृष्ठभूमिसित मनन् गर्दै क्षेत्र सेवामा सहभागी हुँदा, हामीले मण्डलीको सङ्गतीमा साँचो आनन्द प्राप्त गर्ने मद्दत पाउने छौं। (रो० १२: ९-१६) समयले दिएमा, यो सप्ताहान्तको क्षेत्र सेवामा प्रयोग गर्न सकिने एक दुईवटा उचित वार्तालापका बुँदाहरू चलाउने सुझाव दिनु होस्।
१५ मि.: “बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?” प्रश्नोत्तर छलफल पछि विशेष अनुभवहरूलाई प्रस्तुत गर्नुहोस् र प्रथम भेटमा नै वा पुनःभेटमा जाँदा बाइबल अध्ययन कसरी थाल्न सकिन्छ ती अनुभवहरू द्वारा जाहेर होस्।
१५ मि.: स्थानीय आवश्यकताहरू, वा सत्यतिर के कुराले तिनीहरूलाई आकर्षित गऱ्यो देखाउनका लागि तीन वा चार प्रकाशकहरूको अन्तर्वार्ता लिनु होस्।
गीत १८४ (४१) अनि समाप्तिको प्रार्थना।
अगस्त ३१ प्रारम्भ हुने सप्ताह
गीत १८० (१००)
१० मि.: स्थानीय घोषणाहरू। प्रश्न पेटी। यो हिस्सा सर्भिस ओभरसियरलाई दिन सकिन्छ।
२० मि.: “हाम्रा समस्याहरू ब्रोश्यर प्रयोग गर्दै अध्ययन सुरु गर्ने।” एउटा छोटो परिचय दिएर, पुनःभेटहरू प्रदर्शित गर्नु होस्: (१) हाम्रा समस्या ब्रोश्यर स्वीकार्ने व्यक्तिकहाँ, र (२) साहित्य नलिने तर चासो देखाउने व्यक्तिकहाँ। दुवै स्थितिमा अर्को पाली पुनःभेटमा जानका लागि जग बसाल्नु होस्।
१५ मि.: “परमेश्वरको वचन स्वीकार गर्न, प्रयोगमा ल्याउन, तथा त्यसबाट लाभ उठाउँन।” सर्कट सम्मेलनहरूका लागि सामान्यतया छोट्करीमा मूल्याङ्कन व्यक्त गर्न लगाउनु होस्। विगत सर्कट सम्मेलनमा सिकेका बहुमूल्य बुँदाहरूलाई दोहोऱ्याउन सकिन्छ। त्यस पछि पृष्ठ १-को लेखमाथि प्रश्न र उत्तर गरेर छलफल गर्नु होस। अर्को सर्कट सम्मेलनको मिति थाहा छ भने त्यसको घोषणा गर्नु होस्, तथा सबैलाई उपस्थित हुने प्रोत्साहन दिनु होस्।
गीत १५७ (७३) अनि समाप्तिको प्रार्थना।