प्रश्न पेटी
◼ साहित्य एवं पत्रिका विभागहरूको देखरेख गर्ने सहायक सेवकहरूको कामको सुपरिवेक्षण सर्भिस ओभरसियरले कसरी गर्न सक्छन?
स्थानीय पुस्तक अध्ययन समूहहरूलाई महिनै पिच्छे भेट्न जानु एवं क्षेत्र सेवाका लागि नियमित सभाहरूको प्रबन्घ गर्नु मात्र सर्भिस ओभरसियरको कार्य क्षेत्र भित्र पर्दैन। प्रचार गर्नको निम्ति मण्डलीलाई खटाइएको इलाकामा प्रचार कार्यको उन्नतिमा प्रभाव पार्न सक्ने हर विषयमा यो जोशिलो प्राचीनको विशेष चासो हुन्छ।
अभियानमा चलाउनका लागि पर्याप्त साहित्य एवं पत्रिकाहरू प्रत्येक महिना तमतयार उपलब्ध छन् तथा ती राम्रो अवस्थामा छन् भनेर सर्भिस ओभरसियरले सुनिश्चित गर्ने छन्। यसका लागि साहित्य एवं पत्रिका विभागको देखरेख गर्न खटाइएका सहायक सेवकहरूका धेरैजसो जिम्मेवारीहरूको सुपरिवेक्षण सर्भिस ओभरसियरले गर्दछन्।
आउँन लागेका साहित्य अभियानका घोषणाहरू हाम्रा राज्य सेवकाई-मा प्रकाश हुँदा तिनमा सर्भिस ओभरसियरले विशेष ध्यान दिने गर्छन्। आवश्यकभन्दा बढी साहित्य नमगाउन सावधान हुँदै, प्रयोगका लागि पर्याप्त साहित्य उपलब्ध गराउँन सर्भिस ओभरसियर तथा साहित्यको रेखदेख गर्ने भाइ मिलेर होसियारीपूर्वक काम गर्छन्। सोसाइटीबाट साहित्य मगाउदा, त्यो प्रकाशन क्षेत्रमा पहिलो पटक चलाइन्दै छ कि वा मण्डलीले यसलाई चाँडै अध्ययन गर्ने छन् जस्ता कुराहरूलाई विचार गर्नु पर्छ। यदि त्यो साहित्य पहिल्यै पनि वितरण भई सकेको छ भने, त्यस पछिल्लो अभियानबारे मण्डलीको क्षेत्र सेवा रिपोर्टद्वारा, हातमा भएको साहित्य पर्याप्त हुन्छ कि हुँदैन भनेर थाह लाउन सकिन्छ। साथै, त्यो महिना सहायक अग्रगामी हुन चाहने प्रकाशकहरूको सङ्खया लगायत पछिल्लो पटक उक्त साहित्य प्रस्तुत गरेको समयावधि देखिन् प्रकाशकहरू तथा नियमित अग्रगामीहरूको सङ्खयामा कत्तिको बढोत्तरी भएको छ, यी सबै कुराहरू माथि पनि विचार गर्नु पर्छ। मण्डलीका सभाहरू थाल्न अघि तथा सिद्धि सके पछि दुवै अवसरमा साहित्य उपलब्ध हुनु पर्छ। साहित्य राखेका कागजको बाकसहरूलाई हानिबाट जोगाउनका लागि सफा, सूखा ठाउँमा थन्काउनु पर्छ।
पत्रिका विभागको देखरेख गर्ने भाइलाई पनि सर्भिस ओभरसियरले सहयोग दिने छन्। मगाइ पठाएका पत्रिकाहरू र सेवकाईमा खास वितरण हुने पत्रिकाहरूको सङ्खयालाई सर्भिस ओभरसियर तथा पत्रिकाको देखरेख गर्ने भाइले बेला बेलामा तुलना गर्नु पर्छ। यी पत्रिकाहरू यदि घरमा नियमित तवर्ले थुप्री रहेका छन् भने केही प्रकाशकहरूले मगाई पठाएको पत्रिकाको मात्रामा कटौती गर्न आवश्यक हुन सक्छ। पत्रिकाहरूलाई खेर जान दिनु भएन।
सोही सिद्धान्तहरू मनमा राखेर, साहित्य ॲडर फारम (S-14)-मा अभियानका लागि मण्डलीले मगाई पठाएको साहित्यको मात्रा सर्भिस ओभरसियरले स्वयं जाँच गर्नु पर्छ। त्यसपछि तिनले त्यो फारम मण्डलीको सेक्रेटरीलाई दिने छन्, सेक्रेटरीले चाहिं सूचीबद्ध नियन्त्रित सामग्री माथि विशेष ध्यान दिंदै फारमको बाँकी भागलाई होसियारीपूर्वक जाँच्ने छन्।
हुनः त हो, साहित्य एवं पत्रिका विभागहरूको ठीक प्रकारले देखरेख गर्दा निकै लेखापढी गर्नु आवश्यक हुन्छ। नियुक्त भाइहरूले ती फारमहरूको प्रयोग तथा लेखा राख्ने सम्बन्धमा केही प्रश्नहरू गर्नु छ भने, तिनीहरूका कार्यको यस पक्षमा सहयोग पुऱ्याउँन सेक्रेटरी खुशी हुने छन्।