घर-घर गएर प्रभावकारी रीतिले काम गर्ने
१ आज “सुसमाचार”-को प्रचार पृथ्वीभरि हुँदै छ। (मत्ती २४:१४) यो काम मुख्यतया घर-घर सेवकाईको माध्यमद्वारा सुसम्पन्न हुँदै छ।—प्रे० २०:२०, २१.
२ हामीले भेट्ने मानिसहरूका लागि हाम्रो प्रस्तुतिकरणहरू वास्तवमा अर्थपूर्ण हुनु पर्छ। पुरुष, स्त्री तथा युवाहरूका बेग्ला बेग्लै चासो हुन्छन्। अतः हाम्रा इलाकामा भएका मानिसहरूको मन आकर्षित गर्न सक्ने विभिन्न शास्त्रीय विषयहरू बारे कुरा गर्न तयार हुनु बेस हुने छ।
३ प्रकाशनहरूको सदुपयोग गर्नु होस्: सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा सबै ठाँउका मानिसहरूलाई मनपर्ने किसिमका विभिन्न विषयहरू पाइन्छन्। यस पुस्तकमा उल्लेखित चित्रहरू साथै उदाहरणहरू प्रभावकारी सहायक हुन्। यो पुस्तकले हृदय छुन्छ, तथा मानिसहरूलाई निर्णय गर्ने आवश्यकता यसले देखाउँछ। हो, तिनीहरूको विश्वास, आचरण, प्रवृत्ति, तथा जीवन शैलीमा परिवर्तन ल्याउने आवश्यकता। यो सधैंभरि बाँच्नु सक्नु हुन्छ पुस्तकका विषय सामग्रीसित राम्ररी परिचित भयौं भने यसले हामीलाई मानिसहरू सित विविध विषयमाथि असरदायक प्रकारले कुराकानी गर्न मद्दत दिने छ। घरपट्टीलाई कहाँसम्म चासो छ, त्यो ठम्याउने मद्दत यसले हामीलाई दिंदछ।
४ सेवकाईमा प्रभावकारी हुनका लागि, हामीले यो साँचो व्यक्तिगत चासो देखाउनु आवश्यक छ। (फि० २:४) राज्य सम्बन्धी कुनै एउटा यस्तो विषय बारे कुरा गर्नु होस जसले घरपट्टी र तिनका आवश्यकताहरूलाई समावेश गर्दछन्। प्रासङ्गिक प्रश्नहरू सोध्नु भएर, तिनलाई पनि वार्तालापमा भाग लिन लगाउनु होस र तिनका विचारलाई बुझ्ने प्रयत्न गर्नु होस्। तिनका टिप्पणीहरूले तिनको चासोको विषय ठम्याउने मद्दत तपाईंलाई दिन सक्छ। राज्य समाचारको अभिमोल बुझ्ने मद्दत हामी मानिसहरूलाई दिन चाहन्छौं तथा यसबारे अझ बढ्ता कसरी सिक्न सकिन्छ त्यो देखाउन चाहन्छौं। एउटा दम्पतीको भनाई थियो कि तिनीहरूकहाँ आएका भाइले तिनीहरू प्रति वास्तवमा व्यक्तिगत चासो देखाएका हुनाले नै तिनीहरूले बाइबल अध्ययन गर्न स्वीकारेका हुन्।
५ बारम्बार प्रचार गरिने इलाकामा: बारम्बार प्रचार गरिने इलाकामा प्रभावकारीताको विकास गर्नु अति नै महत्त्वपूर्ण छ। एउटा प्रभावकारी सेवकाईले हामीलाई आफ्नो क्षेत्र विस्तृत पार्ने मद्दत दिन्छ। (w88 7⁄15 pp. 15-20) त्यो घरमा पहिले कहिल्यै नआएको जस्तो गर्नुको सट्टा, अस्तीको पटक त्यो घरपट्टीले देखाएका प्रवृत्तिलाई ध्यानमा राख्दै त्यसलाई आफ्ना लाभका निम्ति प्रयोग गर्न सक्छौं। आफ्नो अघिल्लो भेटलाई उल्लेख गरेर त्यसताका भनेका कुरालाई हामी अघि सार्न सक्छौं। विगत हाम्रो राज्य सेवकाई-का अङ्कहरू तथा रीʹजनइङ (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकमा सुझाव गरिएका प्रस्तुतीकरणहरूलाई इलाकाका आवश्यकता अनुकूल बनाउन सकिन्छ।
६ राज्यको आशिषबाट अझ बढी मानिसहरूले लाभ उठाउन सकून भनेर यहोवाले धैर्यपूर्वक मौकाको ढोका खुल्लै राख्नु भएको छ। येशूले मानिसजातिलाई प्रेम गर्नु हुन्थ्यो। यसैकारण, उहाँको सेवकाई प्रभावकारी थियो। (म० ६:३४) उहाँको उदाहरणको अनुसरण गर्न के हामीले यथासक्दो गरि रहेका छौं? (१ पत्रु० २:२१) यो घर-घरको सेवकाईमा प्रभावकारी एवं पूर्ण रूपले भाग लिन देखि हामी पछि न सरौं।—२ तिमो० ४:५.