के त्यो चासोलाई पुनः जागृत गराउन सकिन्छ?
१ “धन्य आत्मामा दरिद्र हुनेहरू।” (मत्ती ५:३) येशूले डाँडाको उपदेशमा दिनु भएका ती शब्दहरू अति नै अर्थपूर्ण छन्। आफ्नो जीवनलाई सुखी एवं उद्धेश्यपूर्ण बनाउँनका लागि आध्यात्मिक थोकहरूको आवश्यकता पर्छ भनेर मानवजाति मध्ये धेरै जसोलाई थाहा छैन। कोही चाहिं आध्यात्मिक आवश्कताहरू बारे कुनै समयमा चेतनशील थिए। तर पछि गएर चेतनशील हुन छाडे। कुनै कारणवश तिनीहरू आध्यात्मिक विषयहरू बारे शिथिल भएर गए। तिनीहरूको वास्तवमा हित हुने कुराबाट नै तिनीहरू तर्केर गए। यसकारण, यहाँ यो प्रश्न उठदछ: के यस्ताहरूको चासोलाई पुनः जागृत गराउन सकिन्छ? खुशीको कुरा के हो भने, कसै कसैको चाहिं गर्न सकिन्छ।
२ तपाईंले कुनै यस्तो व्यक्तिलाई चिन्नु हुन्छ होला, जसले धेरै वर्ष अघि, शायद केटाकेटी छँदा नै, यहोवाका साक्षीहरू सित अध्ययन त गरेका थिए। तर समयमा तिनले परमेश्वरका मानिसहरूसित सङ्गत गर्न छाडिदिएको हुनसक्छ। तथापि, बाइबलका केही शिक्षाहरू तथा धार्मिक सिद्धान्तहरूले त्यो व्यक्तिको मनमा प्रभाव पारेको हुनाले अझै पनि तिनलाई ती कुराहरूको सम्झना हुन सक्छ। जसै विश्च स्थिति बिग्रिन्दै जान्छ र जीवनमा सामना गर्नु पर्ने परिस्थितिहरू बदलिन्छन् त्यो व्यक्तिलाई पहिल्यैबाट सिकेका कुराहरूको पुनः सम्झना हुन सक्छ र परमेश्वर तिर फर्केर बाइबल सम्बन्धी अरू ज्ञान लिन तिनको मन तयार होला। बाइबल अध्ययन पुनः सुरु गर्ने उद्देश्य लिएर यस्ता मानिसहरूकहाँ फर्केर जानु अत्यन्तै फलदायक साबित हुन सक्छ।
३ स्मरणार्थको उत्सवमा उपस्थित हुनेहरूलाई भेट्न समय समयमा प्रयत्न अवश्य गर्नु पर्छ। तिनीहरूको आध्यात्मिक कुशलताबारे तपाईं वास्तवमा चिन्तित हुनु हुन्छ भनेर तिनीहरूलाई थाह दिनु होस्। साथै, तिनीहरूसित बाइबल अध्ययन गर्न तपाईं आफ्नो उत्सुकता व्यक्त गर्नु होस्। “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा उपस्थित हुनेहरूलाई मद्दत दिनका लागि विशेष प्रयत्न गर्नु पर्छ। प्रगति नगरेको हुनाकारण कुनै व्यक्तिसित अध्ययन गर्न बन्द गरिएको थियो भने, तिनीहरूकहाँ एक जना अर्कै प्रकाशकलाई पठाउनु कहिले काहीं लाभदायक हुन सक्तछ।
४ हुनः त हो, हामीसित अध्ययन गर्ने व्यक्तिहरूले यहोवाको उपासनालाई विशेष ध्यान दिनु पर्दछ र बाइबल अध्ययन गर्दा केही हदसम्म लगनशीलता पनि व्यक्त गर्नु पर्ने हो। तर हामीले चाहिं तिनीहरूलाई मद्दत दिने सिलसिलामा पर्याप्त प्रयास गरेको हुनु पर्छ र प्रेरित पावलले झैं हामी पनि अरूहरू प्रति यो भाव व्यक्त गर्न सक्नु पदर्छ: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु।”—प्रे० २०:२६.