प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km92 नोभेम्बर
  • नोभेम्बरका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बरका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९२
  • उपशीर्षकहरू
  • नोभेम्बर ९ प्रारम्भ हुने सप्ताह
  • नोभेम्बर १६ प्रारम्भ हुने सप्ताह
  • नोभेम्बर २३ प्रारम्भ हुने सप्ताह:
  • नोभेम्बर ३० प्रारम्भ हुने सप्ताह
हाम्रो राज्य सेवकाई—१९९२
km92 नोभेम्बर

नोभेम्बरका लागि सेवा सभाहरू

नोभेम्बर ९ प्रारम्भ हुने सप्ताह

गीत ९२ (५१)

१० मि.: स्थानीय घोषणाहरू, हाम्रो राज्य सेवकाई-बाट उपयुक्‍त घोषणाहरू र ईश्‍वरशासित समाचारबाट मुख्य मुख्य बुँदा। भर्खरै प्रकाशित भएका पत्रिकाहरूको विशिष्ट लेखहरूलाई पुनरावलोकन गर्नुहोस्‌; शास्त्रमा आधारित छलफल पछि यी पत्रिकाहरूलाई कसरी टक्य्राउन सकिन्छ भनेर देखाउन एक वा दुईवटा छोटो प्रदर्शनहरू गराउनुहोस्‌। सबैलाई क्षेत्र सेवामा आफ्नो हिस्सा बढाउन नोभेम्बर महिनाको मधुर हावापानीको फाइदा उठाउन प्रोत्साहित गराउनुहोस्‌।

१५ मि.: “पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌।” प्रश्‍नोत्तर छलफल। अनुच्छेद ६ छलफल गर्दा पत्रिका पथ सुरु गर्न सुझावहरू दिनुहोस्‌: सरल, सिधै कुरा गर्ने ढङ्‌ग अपनाउनुहोस्‌; तपाईंले प्रचार गरेका घरहरूको राम्रो रिकर्ड राख्नुहोस्‌; आउँदो अङ्‌कहरूमा आउने लेखहरूको चर्चा गरेर तिनमा चासो जगाउनुहोस्‌; ती लेखहरूले जवाफ दिने प्रश्‍नहरू उठाउनुहोस्‌; प्रत्येक दुई हप्तामा जाने निर्णय गर्नुहोस्‌।—8⁄84 km p. 8.

२० मि.: “हाम्रा समस्याहरू ब्रोश्‍यरको पूरा फाइदा उठाउने।” अगस्त महिनाको हाम्रो राज्य सेवकाई-को पृष्ठ ४-मा दिएको “हाम्रा समस्याहरू ब्रोश्‍यरबाट अध्ययनको थालनी गर्ने” विषयमा आधारित प्राचीन द्वारा भाषण। फलदायी पुनः भेट कसरी गर्न सकिन्छ र बाइबल अध्ययनको शुरूवातका लागि जग कसरी बसाल्न सकिन्छ भन्‍ने कुरा देखाउनुहोस्‌। अनुच्छेद २ र ३-को छलफल गरिसकेपछि यो ब्रोश्‍यरको मद्दतद्वारा घरधनीलाई कसरी बाइबल अध्ययन गर्न प्रोत्साहित गर्न सकिन्छ भन्‍ने कुरा देखाउन छोटो प्रर्दशन गराउनुहोस्‌। बाइबल सम्बन्धी ज्ञान नभएको व्यक्‍तिकहाँ पुनः भेट गर्न गएको प्रदर्शन देखाउन सकिन्छ।

गीत ६३ (३२) अनि समाप्तिको प्रार्थना।

नोभेम्बर १६ प्रारम्भ हुने सप्ताह

गीत ७७ (४१)

१० मि.: स्थानीय घोषणाहरू। मासिक लेखा रिपोर्ट पढ्‌नुहोस्‌; सबैलाई २ कोरिन्थी ९:६, ७-मा आधारित सराहना दिनुहोस्‌। राम्रोसँग तयारी गरेका प्रकाशकहरूलाई नोभेम्बर महिनामा पत्रिका वितरण गर्दा र ग्राहक बनाउदा तिनीहरूले पाएको विशिष्ट अनुभवहरू बताउन आमन्त्रित गर्नुहोस्‌।

१५ मि.: “प्रेरणादायक परिचयको विकास गर्नुहोस्‌।” नोभेम्बर महिनाका पत्रिकाहरूमा प्रस्तुत गरिएका लेखहरूलाई चलाउँदै कसरी प्रस्तुतिहरू तयार गर्न सकिन्छ भन्‍ने कुरालाई छलफल गर्दै भाषण दिनुहोस्‌। सुझाव गरिएका प्रस्तुतिहरूलाई प्रदर्शित गर्न दुई वा तीनजना दक्ष प्रकाशकहरूको प्रबन्ध गर्नुहोस्‌; जवान प्रकाशकद्वारा गरिएको एउटा प्रदर्शन समावेश गर्नुहोस्‌।

२० मि.: “चाख देखाउनेहरू प्रति चासो देखाउनुहोस्‌।” स्रोतागणहरूसँग छलफल गर्नुहोस्‌। दोस्रो अनुच्छेदमाथि छलफल गर्दा जुलाई १, १९८१ वॉचटावर-को पृष्ठ ४-६ बाट उपयुक्‍त बुँदाहरूको चर्चा गर्नुहोस्‌ र अरूहरू प्रति चासो देखाउने कुरामा हामी कसरी येशूको देखा-सिकी गर्नसक्छौं भन्‍ने कुरालाई व्यक्‍त गर्नुहोस्‌। कसरी घर-घरको रिकर्ड फारम भर्ने र चासो व्यक्‍त गर्नेहरूकहाँ फर्केर जाँदा त्यसको कसरी प्रयोग गर्न सकिन्छ भन्‍ने कुरामाथि टिप्पणी गर्न लगाउनुहोस्‌। उल्लेखित सुझावहरू मध्ये एकको छोटो प्रदर्शन गराउनुहोस्‌। एउटा दक्ष भाइद्वारा प्रस्तावित विधिको प्रदर्शन गरिसकेपछि, यो किन स्थानीय इलाकामा अध्ययन सुरु गर्ने प्रभावशाली तरिका हुनसक्छ भन्‍ने कुरामाथि टिप्पणी दिन स्रोतागणहरूलाई आमन्त्रित गर्नुहोस्‌।

गीत ८८ (४२) अनि समाप्तिको प्रार्थना।

नोभेम्बर २३ प्रारम्भ हुने सप्ताह:

गीत १६४ (७३)

५ मि.: स्थानीय घोषणाहरू। दिसम्बर वा जनवरी महिनामा प्रायः विदाहरूले गर्दा अतिरिक्‍त समय पाउने भएकोले यी महिनाहरूमा सहायक अग्रगामीको काम गर्न सकिन्छ कि भनेर विचार गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

२० मि.: “यहोवालाई हृदयदेखि सेवा गर्न छोराछोरीहरूलाई मद्दत दिनुहोस्‌।” स्रोतागणहरूसँग छलफल। आफ्ना छोराछोरीलाई व्यक्‍तिगत तवरमा सेवकाईमा प्रशिक्षण दिने र तिनीहरूका लागि एउटा उदाहरण हुने जिम्मेवारीलाई आमा-बाबुले पूरा गर्नु पर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। यसबारे, के गर्दा परिणाम राम्रो भयो भन्‍ने कुरा व्यक्‍त गर्न एक वा दुई आमा-बाबुलाई आमन्त्रित गर्नुहोस्‌। घर-घर सेवकाईका लागि बाइबल छलफलको तयारी गर्न कसरी तिनीले वा उनीले बच्चालाई मद्दत गऱ्‍यो भन्‍ने कुरा देखाउन आमा-बाबुलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। एकजना जवान व्यक्‍तिलाई प्रस्तावित छलफलहरू मध्ये एकको प्रदर्शन गर्न लगाएर भाषण समाप्त गर्नुहोस्‌।

१० मि.: प्रश्‍न पेटी। स्रोतागणहरूसँग छलफल गर्नुहोस्‌। बप्तिस्मा अप्राप्त प्रकाशक हुनका लागि केटाकेटीहरूले किन क्षेत्र सेवकाईमा भाग लिने इमान्दार इच्छा र राम्रो आनीबानी प्रकट गर्न जरुरी छ भन्‍ने कुरामाथि जोड दिनुहोस्‌।

१० मि.: जवान प्रकाशकहरूको अभिव्यक्‍ति। तयारी गरेका केही जवानहरूलाई कसरी तिनीहरू बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य भए र किन तिनीहरू क्षेत्र सेवकाईमा जान रुचाउछन्‌ र अझ धेरै भाग लिन किन चाहन्छन्‌ भन्‍ने कुरालाई वर्णन गर्न आमन्त्रित गर्नुहोस्‌। अन्तर्वार्ता दिनेहरूले उनीहरूलाई कण्ठ गर्न दिएका शब्दहरूलाई दोहोऱ्‍याउनुको सट्टा आफ्नै सकारात्मक विचार व्यक्‍त गर्नु पर्ने हो।

गीत २२१ (७८) अनि समाप्तिको प्रार्थना।

नोभेम्बर ३० प्रारम्भ हुने सप्ताह

गीत ४६ (२०)

५ मि.: स्थानीय घोषणाहरू। ग्राहक फारम कसरी भर्ने छोटकरीमा बताउनुहोस्‌ र ग्राहक फारम जम्मा गर्न खटाइएका भाइ(हरू)-लाई चिनाउनुहोस्‌।

१५ मि.: रीʹजनइङ (Reasoning. नेपालीमा उपलब्ध छैन।) पुस्तकको पृष्ठ ५८-६४-मा आधारित “बाइबल” विषयमा भाषण। हाम्रो जीवनमा बाइबलका सिद्धान्तहरूलाई प्रयोगमा ल्याउँदा हामीले व्यक्‍तिगत तवरमा पाउने फाइदाहरूलाई प्रकाश पार्नुहोस्‌।

१५ मि.: दिसम्बर महिनामा आज सम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष (The Greatest Man Who Ever Lived) पुस्तक प्रस्तुत गर्ने। भाषण अनि प्रदर्शन। रीʹजनइङ पुस्तकको पृष्ठ २०९ र २१०-मा ‘येशू ख्रीष्ट’ शीर्षक अन्तर्गत दिएको सामग्रीलाई पुनरावलोकन गर्नुहोस्‌। त्यसपछि यस सामग्रीलाई यो प्रकाशनमा घरधनीको चासो जगाउन कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रदर्शित गराउनुहोस्‌।

१० मि.: “हाम्रा छोराछोरीमा मसीही व्यक्‍तित्वको विकास गर्ने।” प्राचीनद्वारा जुलाई १, १९९१-वॉचटावर-को पृष्ठ २४-मा आधारित भाषण। (यही लेख जातीय भाषामा प्रकाशित हुने वॉचटावर-को मई १९९२ अंकमा प्रकाशित भएको छ।) सम्भव छ भने यस भाषणलाई छोराछोरी हुर्काएको अनुभव र एउटा अनुकरणीय परिवार भएको भाइलाई दिनुपर्दछ।

गीत १११ (१००) अनि समाप्तिको प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने