प्रश्न पेटी
▪ बाइबल सम्बन्धी प्रश्नहरूका उत्तरहरू वा व्यक्तिगत सल्लाहका लागि के हामीले सोसाइटीलाई फोन गर्न मिल्छ?
चाँड-चाँडो काम सिध्याउन धेरै मानिसहरू फोनको प्रयोग गर्छन्, तर प्रायः कुरा कामलाई छिटो सिध्याउनुमा मात्र सीमित हुँदैन। आफ्नो व्यक्तिगत सुविधालाई प्रथम स्थान दिनु आज संसारमा साधारण कुरा भैसकेको छ; मानिसहरू प्रयास गर्नै चाहँदैनन्।
परमेश्वरको सल्लाहभन्दा यो कति भिन्न छ! ज्ञानलाई लुकेको खजानालाई खोजे झैं खोज भनेर उहाँले हामीलाई आग्रह गर्नुभएको छ। यसको अर्थ प्रयास गर्नु हामी तत्पर हुनुपर्छ। त्यसो गरेमा हामीलाई पछिसम्म सन्तुष्टि मिल्नेछ भन्ने कुरा अनुभवले देखिन्छ।—हितो. २:१-४.
सभाहरूमा हामीले पाएको भागको तयारी गर्दा कुनै प्रश्नहरू उठ्छ वा कुनै व्यक्तिगत समस्याहरू झेल्दा यस्ता प्रयासहरू गर्नु सुहाउँदो कुरा हो। त्यसै सोसाइटीलाई फोन गर्नुको सट्टा बाइबल र हाम्रा अरू प्रकाशनहरू विशेषगरी वॉचटावर पब्लिकेसन इन्डेक्स मा भएको मूल्यवान शास्त्रपद्य र विषय अनुक्रमणिका चलाएर आफैले अनुसन्धान गऱ्यौं भने हामीले फाइदा उठाउने छौं।
यसरी ‘लुकेको खजानालाई खोजी’ गर्दा पनि हामीलाई अझै मदत चाहिन्छ भने स्थानीय प्राचीनहरू मध्ये कुनै एकजनाकहाँ जान सक्छौं। प्राचीनहरूसँग बाइबलका येथेष्ट जानकारी र जानकारीको खोजी गर्ने अनुभव हुन्छ। विशेषगरी व्यक्तिगत समस्या वा निर्णयका लागि हामीलाई सल्लाह चाहिंदा तिनीहरूको सन्तुलित मदत समायनुकल हुनेछ किनभने तिनीहरू हामीलाई र हाम्रा परिस्थितिहरूलाई राम्ररी बुझ्दछन्।—प्रेरित ८:३०, ३१ सँग तुलना गर्नुहोस्।
सोझै सोसाइटीबाट नै अझ बढी जानकारी चाहिन्छ जस्तो लागेमा, प्रायः पत्र पठाउनु नै बेस हुनेछ। यस कुराका लागि पनि प्राचीनहरूले मदत गर्नसक्छ। यसरी पत्र पठाउनाले पर्याप्त अनुसन्धान वा विचारमा आधारित उत्तर पठाउने समय मिल्दछ जुन कुरा फोनगर्दा असम्भव हुन्छ।