प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१५ p. ३२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९३
  • अनुसन्धान गर्ने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • अनुसन्धानको लागि एउटा नयाँ साधन
    हाम्रो राज्य सेवा—२०१४
  • तपाईं कसरी सल्लाह दिनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१५ p. ३२

पाठकहरूको प्रश्‍न

बाइबल पढ्‌दा मनमा कुनै प्रश्‍न उब्जियो अथवा व्यक्‍तिगत समस्या पर्दा सल्लाह चाहियो भने मैले के गर्नुपर्छ?

हितोपदेश २:१-५ मा समझशक्‍ति र विवेकलाई “गाडधन” खोजेसरी ‘खोजिरहन’ हामी प्रत्येकलाई आग्रह गरिएको छ। यसबाट के बुझ्न सक्छौं भने बाइबलसम्बन्धी कुनै प्रश्‍नको जवाफ खोज्न वा व्यक्‍तिगत समस्याको समाधान गर्न हामीले भरमग्दुर प्रयास गर्नु आवश्‍यक छ। त्यसोभए हामी कसरी यसो गर्न सक्छौं?

ईश्‍वरतान्त्रिक सेवा स्कूलको शिक्षाबाट लाभ उठाउनुहोस्‌ (अङ्‌ग्रेजी) किताबको पृष्ठ ३३ देखि ३८ मा “अनुसन्धान गर्ने तरिका” भन्‍ने अध्याय दिइएको छ। उक्‍त अध्यायमा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले उपलब्ध गराएको विभिन्‍न सामग्रीको प्रयोग गरेर कसरी अध्ययन-अनुसन्धान गर्न सकिन्छ भन्‍ने विषयमा विश्‍लेषण गरिएको छ। (मत्ती २४:४५) पृष्ठ ३६ मा वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी) कसरी प्रयोग गर्ने भन्‍ने विषयमा व्याख्या गरिएको छ। वाच टावर प्रकाशन सूची-को हरेक संस्करणमा दुई किसिमको सूची दिइएको हुन्छ: एउटा विषयसूची अनि अर्को पदसूची। यसले गर्दा शब्दअनुसार अनि बाइबल पदअनुसार विषयहरू खोज्न सजिलो हुन्छ। यसरी तपाईंले आफूलाई चाहिएको विषयबारे कुन-कुन स्रोत-सामग्रीमा चर्चा गरिएको छ भनेर थाह पाउन सक्नुहुन्छ। साथै, हामी हरेक वर्षको डिसेम्बर महिनाको अध्ययन संस्करणमा पाइने वर्षभरिको प्रहरीधरहरा-को विषयसूची पनि प्रयोग गर्न सक्छौं। कुनै खास प्रश्‍नको जवाफ खोज्दा वा निर्देशन खोज्दा तपाईं संयमी हुनुपर्छ। याद गर्नुहोस्‌, तपाईं “गाडधन” खोज्दै हुनुहुन्छ अनि त्यसको लागि समय र शक्‍ति दुवै चाहिन्छ।

हो, हाम्रा प्रकाशनहरूमा केही विषय अनि बाइबल पदहरूबारे चर्चा गरिएको छैन। अनि कहिलेकाहीं आफूलाई खुलदुली लागेको बाइबल पदबारे छलफल गरिएको लेख भेट्टाए तापनि त्यस प्रश्‍नको चित्तबुझ्दो जवाफ भने अझै नपाएको महसुस हामीलाई हुनसक्छ। साथै धर्मशास्त्रमा एक-एक विवरण नदिइएको हुँदा कुनै-कुनै बाइबल विवरण पढ्‌दा मनमा विभिन्‍न प्रश्‍न उब्जिन सक्छ। मनमा उब्जिएका विभिन्‍न प्रश्‍नको जवाफ हामीले तुरुन्तै पाउन सक्दैनौं। यस्तो अवस्थामा हामीले ‘यो प्रश्‍नको जवाफ यो होला’ भनेर आफैले अड्‌कल काटनु हुँदैन। यसो गऱ्‍यौं भने हामी ‘विश्‍वासलाई बलियो बनाउने परमेश्‍वरका कुराहरू प्रदान गर्नुको सट्टा खोजतलास गर्नका लागि प्रश्‍नहरू मात्र खडा’ गर्ने विवादमा मुछिरहेका हुनेछौं। (१ तिमो. १:४; २ तिमो. २:२३; ती. ३:९) हाम्रा प्रकाशनहरूमा छलफल नगरिएका सम्पूर्ण प्रश्‍नहरूको जवाफ कुनै शाखा कार्यालय वा मुख्यालयले दिनसक्छ नै भन्‍ने छैन। तर जे होस्‌, हाम्रो जीवनलाई डोऱ्‍याउन चाहिने जानकारीहरू पुग्दो मात्रामा बाइबलमा दिइएका छन्‌ भनेर चाहिं हामी ढुक्क हुन सक्छौं। अनि अहिले हामीले जति कुरा बुझेका छैनौं त्यसले हामीलाई यहोवा अनि उहाँको वचन बाइबलप्रति बलियो विश्‍वास खेती गर्ने मौका दिन्छ।— परमेश्‍वरको नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताबको पृष्ठ १८५ देखि १८७ हेर्नुहोस्‌।

आफूलाई व्यक्‍तिगत रूपमा असर गर्ने कुनै विषयमा अध्ययन-अनुसन्धान गर्नको लागि तपाईंले सक्दो गरिसक्नुभयो तर पनि कुनै निर्देशन वा समाधान भेट्‌नुभएको छैन भने के गर्ने? यस्तो बेला परिपक्व सँगी विश्‍वासीलाई—सायद स्थानीय मण्डलीको कुनै एक जना एल्डरलाई नहिचकिचाई भेट्‌न सक्नुहुन्छ। उनीहरूसित बाइबलको राम्रो ज्ञान छ अनि उनीहरूले ख्रीष्टियनको रूपमा जीवन बिताएको पनि धेरै भइसक्यो। यदि तपाईंलाई व्यक्‍तिगत समस्या वा निर्णयको विषयमा सल्लाह चाहिएको छ भने उनीहरूले तपाईंलाई चाहिने मदत दिन सक्छन्‌ किनभने उनीहरूले तपाईं र तपाईंको परिस्थितिलाई राम्ररी बुझेका छन्‌। साथै यहोवालाई प्रार्थना गर्न र आफ्नो मनमा भएका सम्पूर्ण कुरा उहाँलाई पोखाउन कहिल्यै नबिर्सनुहोस्‌। पवित्र शक्‍तिद्वारा आफ्नो सोचाइलाई डोऱ्‍याउन उहाँसित मदत माग्नुहोस्‌ “किनभने बुद्धि . . . र समझशक्‍ति उहाँबाट नै आउँछन्‌।”—हितो. २:६; लूका ११:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने