सेवाको एउटा राम्रो सौभाग्य
१ आफूले कलेजमा छ वर्षको दौडानमा सिकेको भन्दा मूल्यवान कुरा द वाचटावर र अवेक! पढेर सिकेको छु भनेर एकजना पाठकले भने। यी पत्रिकाहरूलाई केही छोटो अवधीसम्म मात्र पढेर इमान्दार पाठकहरूले यस्तो हृदयलाई नै न्यानो पार्ने मूल्याङ्कनका यस्ता शब्दहरू प्रकट गर्नु कुनै नौलो कुरा होइन। हाम्रो पत्रिकाहरूलाई साँच्चै नै यसको मोल गर्ने मानिसहरूलाई नियमित रूपमा दिन पाउनु हाम्रो लागि कत्ति खुशीको कुरा हो!
२ सच्चाइमा अलि-अलि चासो भए तापनि धेरै मानिसहरूले एउटा गृह बाइबल अध्ययन स्वीकार्ने सम्मको प्रगति गरेका हुँदैनन्। तर नियमित रूपमा द वाचटावर र अवेक!-को हरेक नयाँ अङ्क लिएर कुनै व्यक्ति तिनीहरूलाई भेट गर्न गएमा तिनीहरूको चासोलाई बढाउन सकिन्छ। हो, विश्वासपूर्वक पत्रिका मार्गमा पत्रिकाहरू दिंदा अन्ततोगत्वा धेरैजना मानिसहरू एउटा नियमित बाइबल अध्ययन स्वीकार्न प्रभावित भएका छन्।
३ पहिले हामी आफैले पत्रिकाहरूलाई पढ्यौं र आफ्नो सूचीमा रहेका प्रत्येक व्यक्तिलाई विशेष चासो लाग्न सक्ने खास बुँदाहरूलाई नोट गऱ्यौं भने हामीले व्यक्तिगत तवरमा पत्रिका मार्गको फाइदा उठाउन सक्छौं।
४ पत्रिकालाई प्रथम पटक स्वीकार्दा यदि कुनै व्यक्तिले आफ्नो चासो व्यक्त गर्छ भने प्रत्येक दुई-दुई हप्तामा प्रकाशित हुने हाम्रो पत्रिकामा उल्लेखनीय लेखहरू छापिन्छन् भनी तपाईं व्याख्या गर्नु सक्नुहुन्छ र ती पत्रिकाहरू तिनलाई ल्याएर दिनमा तपाईंलाई खुशी लाग्नेछ भनेर पनि तपाईं बताउन सक्नुहुन्छ। बाइबलका विषयहरूमा घरधनीसँग छलफल गर्न पाएका मौकाहरूको फाइदा उठाउँदै नियमित रूपमा भेट गर्न न बिर्सनुहोस्। हामीलाई थाह छ कि तपाईंले सेवाको यो राम्रो सौभाग्यको आनन्द उठाउनु हुनेछ।