सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गर्नुहोस्
१ सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकलाई सङ्केत गर्दै एकजना महिलाले यसो भनिन्: “मैले अहिलेसम्म पढेको पुस्तकहरूमध्ये बाइबल बाहेक यस पुस्तकलाई सबैभन्दा शुद्ध, प्रेरणीय र उत्साहवर्धक पाएँ!” मानिसहरूलाई बाइबलमा भएका कुराहरू बुझ्ने मदत दिन र विशेषगरी परमेश्वरको जोसिला प्रशंसक हुन तिनीहरूलाई उत्साह दिन यो पुस्तक अहिलेसम्म प्रकाशित भएका पुस्तकहरूमध्ये सबैभन्दा राम्रो हो भनेर हामी सबैले नै मानिलिन्छौं।
२ सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तक प्रकाशित भएको साल १९८२-मा, भारतमा औसतन ५,१३६ प्रकाशकहरूले ३,३१० बाइबल अध्ययन सञ्चालन गर्दै थियो। गत वर्षको अक्टोबर महिनामा १२,३०६ प्रकाशकहरूले १०,९१२ बाइबल अध्ययनहरू सञ्चालन गऱ्यो। अहिलेसम्ममा सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकको ६ करोड २० लाख प्रतिहरू ११५ भाषाहरूमा छापिसकेको छ। हाम्रो विश्वव्यापी कार्यमा यो पुस्तकले कति ठूलो बल दिइरहेको छ!
३ लक्ष्य बनाउनुहोस्: यो अतुलनीय वृद्धि यहोवाको आशिष र सोझा व्यक्तिहरूलाई जीवन बचाउने बाइबलका समाचार बाँड्न उहाँका जनहरूले देखाएको उत्सुकताको परिणाम हो। (रोमी १०:१३-१५; १ तिमो. २:४) परमेश्वरको राज्यको घोषणा गर्न परिश्रमको आवश्यकता छ र समय पनि ज्यादै कम छ भनेर हामी जान्दछौं।
४ सङ्गठन दिन व दिन अगाडि बढ्दै छ, तर हामीमध्ये हरेकले चाहिं के गर्दैछौं? चेला बनाउने अति महत्त्वपूर्ण काममा पूर्ण हिस्सा लिन के हामीले दृढ फैसला गरेका छौं? मानिसले देखाएको चासोलाई ध्यान दिन के हामी अझ मेहनती हुनसक्छौं? फेब्रुअरी महिनाको दौडानमा एउटा नयाँ बाइबल अध्ययन सुरुआत गर्ने लक्ष्य किन राख्नुहुन्न?
५ कसले बाइबल अध्ययन सञ्चालन गर्नसक्छ?: फरक फरक संस्कृतिबाट आएका थुप्रै प्रकाशकहरूले सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकबाट अध्ययन सञ्चालन गर्ने आनन्द उठाएका छन्। यस पुस्तकको सरल शैलीले गर्दा अध्ययन सञ्चालन गर्न सजिलो भएको छ र नयाँ प्रकाशकहरूले समेत यस महत्त्वपूर्ण काममा भाग लिन सकेका छन्। यस बाहेक हामीमध्ये धेरैजसोले व्यक्तिगत रूपमा यसलाई अध्ययन गरी सकेको हुँदा यसका विषय-वस्तुहरूसँग हामी राम्रोसँग परिचित छौं। सधैंभरि बाँच्नुहोस् पुस्तकको प्रयोग गर्नुभन्दा अघि एउटा पनि बाइबल अध्ययन नभएका एकजना प्रकाशकले मूल्याङ्कन सहित यसरी लेखे: “मेरो तीनवटा अध्ययनहरू छन् र चौथो पनि सुरु हुनै लागेको छ। बाइबल अध्ययन गर्न यति सजिलो बनाइ दिनुभएका लागि धन्यवाद दिन मसँग कुनै शब्द नै छैन।”
६ जवानहरूले पनि सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकको प्रयोग गरेर बाइबल अध्ययन गर्ने काममा सक्रिय रूपमा भाग लिइरहेका छन्। एकजना जवान भाइले आफ्नो स्कूलको डेस्कमा यस किताबलाई छाड्ने गर्थ्यो। र यसले निकै बाइबल अध्ययनहरू र लाभदायक छलफलहरूका लागि बाटो खोलिदिएको छ। केही जवानहरूले घर-घरको सेवकाईमा आफूले भेटेका आमा-बाबुहरूलाई तिनीहरूका छोरा-छोरीसँग बाइबल अध्ययन गर्ने अनुमति मागेर प्रत्यक्ष प्रस्तावको प्रयोग गरेका छन्। पार्थिव प्रमोदवनमा अनन्त जीवन प्रदान गर्ने यहोवाको प्रतिज्ञाको विषयमा कुरा गर्न हाम्रा छोरा-छोरीहरू अहिले बच्चै छन् भन्नु मिल्दैन।
७ सेवकाईको सबैभन्दा ठूलो आनन्दहरू मध्ये एउटा गृह बाइबल अध्ययन सञ्चालन गर्नसक्नु पनि हो र यस आनन्दमा चाहे जवान होस् वा वृद्ध, सबैले नै भाग लिन सक्छन्। अतः हामी सबै नै यहोवाको मदतका लागि प्रार्थना गरौं र हाम्रो आशालाई खुलेआम घोषणा गर्न पाएका हरेक मौकाको सदुपयोग गरौं। हाम्रा परमेश्वर यहोवाको उपासनामा अरूहरूले कसरी भाग लिन सक्छन् भनेर सिक्ने मदत दिन सधैंभरि बाँच्नुहोस् भन्ने पुस्तकको प्रयोग गर्नुहोस्।—भजन. १४८:१२, १३.