प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
भाग १: बाइबल अध्ययन भनेको के हो?
१ विश्वभरि, परमेश्वरका जनहरूले हरेक महिना लगभग छ लाख बाइबल अध्ययन सञ्चालन गरिरहेका छन्। प्रभावकारी शिक्षण प्रक्रिया अपनाएर हामी यी बाइबल विद्यार्थीहरूलाई समर्पण र बप्तिस्माको बिन्दुसम्म प्रगति गर्न र “अरूहरूलाई पनि सिकाउनसक्ने” हुन मदत गर्न सक्छौं। (२ तिमो. २:२) यस्तो प्रगति गर्न के तपाईं आफ्नो विद्यार्थीलाई मदत गर्न चाहनुहुन्छ? यस अंकदेखि हाम्रो राज्य सेवकाई-मा प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न चाहिने आधारभूत पक्षहरूबारे बताउने शृङ्खलाबद्ध लेखहरू प्रकाशित हुनेछन्।
२ कहिलेदेखि बाइबल अध्ययनको रिपोर्ट झाउने: यदि तपाईंले एकैछिन भए पनि बाइबल र कुनै सुझावित प्रकाशन चलाएर नियमित तथा सिलसिलेवार ढङ्गमा बाइबल छलफल गर्दै हुनुहुन्छ भने, तपाईंले बाइबल अध्ययन सञ्चालन गरिरहनुभएको हुन्छ। घरको ढोकामा वा टेलिफोनमा नै किन नहोस्, यदि यस प्रकार अध्ययन गर्नुभएमा यसलाई बाइबल अध्ययन मान्न सकिन्छ। अध्ययनको प्रबन्धबारे प्रदर्शन गरेर देखाइसकेपछि दुई चोटि अध्ययन सञ्चालन भएको छ र निरन्तर अध्ययन हुनेछ जस्तो लागेमा त्यो अध्ययन रिपोर्ट गर्न सकिन्छ।
३ थुप्रै बाइबल अध्ययन सञ्चालन गर्न प्रयोग गरिएका प्रकाशनहरू चाहनुहुन्छ पुस्तिका र ज्ञान पुस्तक हुन्। ती प्रकाशनहरू अध्ययन गरी सिध्याइसकेपछि उक्त व्यक्तिले बिस्तारै भए पनि प्रगति गर्नुका साथै आफूले सिकिरहेको कुराप्रति मूल्याङ्कन विकास गरिरहेको कुरा प्रस्ट देखिन्छ भने, परमेश्वरको उपासना पुस्तकबाट अध्ययनलाई जारी राख्न सकिन्छ।
४ लाखौं व्यक्तिहरूलाई येशू ख्रीष्टको साँचो चेलाहरू हुन मदत गर्ने सन्दर्भमा बाइबल अध्ययन प्रभावकारी साबित भएको छ। (मत्ती २८:१९, २०) यस अंकका आगामी लेखहरूमा दिइने सुझावहरूलाई लागू गरेर तपाईं प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्न सक्नुहुन्छ।