एउटा सामयिक समाचार
जनवरी १९९३-को हाम्रो राज्य सेवकाई-मा घोषणा गरे अनुसार मार्च २८-का दिन धेरैजसो मण्डलीहरूमा यस वर्षको स्मरणार्थ अवधिको लागि विशेष जन भाषण दिइनेछ। यस सामयिक सन्देशको शीर्षक “‘परमेश्वरको कार्यहरू’—त्यसलाई तपाईं कुन दृष्टिकोणले हेर्नुहुन्छ?” भन्ने हुनेछ। चाख देखाउने सबै व्यक्तिहरूलाई आमन्त्रित गर्न विशेष प्रयास गर्नु पर्छ। यस भाषणमा उपस्थित हुनेहरूलाई अप्रिल ६-का दिन स्मरणार्थ उत्सवमा पनि उपस्थित हुन प्रोत्साहित गर्न सकिन्छ।