के तपाईंको निमित्त मे महिना विशेष हुन्छ होला?
१ हामीहरु प्रायः अप्रिल तथा मे महिनाहरुलाई स्मरणार्थको याम भनी उल्लेख गर्दछौं। यो स्मरणार्थको उत्सव निरन्तर वर्षको यसै ताका भएको हुनाले, क्षेत्र सेवामा आफ्नो सहभागीतामा उन्नति ल्याउँनको लागि यहोवाका जन तरखर गर्दछन्।
२ अप्रिल महिना सहायक अग्रगामीको रुपमा दर्ता भएका कतिपयले यो जारी राख्ने छन् र मे महिना दौरान यो विस्तृत सेवकाइमा तिनीहरुसँग अरु पनि लाग्ने छन्। यदि तपाईं यसमा भाग लिनु हुन्छ भने, आफ्नो आवेदनपत्रलाई तपाईंले तुरुन्तै खसाल्नु पर्छ।
३ अग्रगामी कार्य गर्न नसक्नेहरुले पनि आफ्नो क्षेत्र सेवकाइमा वृद्धि ल्याएर मे महिनालाई विशेष बनाउँन सक्छन्। निश्चय नै, गर्नु पर्ने धेरै नै छ। हुनः सक्छ कि मण्डलीका प्रकाशकहरु र अग्रगामीहरुले बप्तिस्मा प्राप्त नगरेका नौलो प्रकाशकहरुलाई क्षेत्रमा आफूसँग काम गर्नको लागि निम्ताउँन सक्छन्।
४ उपस्थित हुनेहरुलाई स्वागत गर्नको लागि सचेत रहेर, हुनः सक्छ तपाईंले अर्को नयाँ बाइबल अध्ययन थाल्न सक्नु हुनेछ। तपाईंको बढ्ती प्रयासहरुमा यहोवाको आशिषहरुले गर्दा, तपाईंको सेवकाइ फलदायक हुनेछ र मे महिना तपाईंको निमित्त विशेष सिद्ध हुने छ।—भजन० ३४:८; हितो० १०:२२.