प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. ८
  • चाख देखाउने जति सबैलाई मदत गर्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चाख देखाउने जति सबैलाई मदत गर्नु
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थ मनाउन हामीले गर्ने प्रयासमा यहोवा आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • हामी स्मरणार्थ उत्सवमा किन उपस्थित हुन्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • “मेरो सम्झनामा यो गर्नेगर”
    हाम्रो राज्य सेवकाई—२००७
  • छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. ८

चाख देखाउने जति सबैलाई मदत गर्नु

१ राज्यको समाचारप्रति चासो देखाउने सबै व्यक्‍तिहरूलाई मदत गर्न र स्मरणार्थमा आमन्त्रण गर्न हाम्रो विश्‍वास र अरूहरूका लागि हाम्रो प्रेमले हामीलाई मार्च महिनाको दौडानमा प्रेरित गर्नेछ। मुक्‍तिका लागि परमेश्‍वरले गर्नुभएको प्रबन्धप्रति यस्ताहरूको ध्यान खिच्नु आवश्‍यक छ, जुन प्रबन्ध ख्रीष्टको छुटकाराको बलिदानमा केन्द्रित छ।—हिब्रू ९:२८.

२ स्मरणार्थको दिन तपाईंले बोलाउन चाहनुभएका व्यक्‍तिहरूको एउटा सूची बनाउनु एउटा राम्रो कुरा हो। सभाहरूमा कहिलेकाहीं मात्र उपस्थित हुनेहरू तथा बितेका समयमा अध्ययन गर्नेहरू वा कुनै अन्य ढङ्‌गमा चाख देखाएकाहरूलाई सूचीमा सामेल गर्नुहोस्‌। विश्‍वास नगर्ने पति वा पत्नी र परिवारका अन्य सदस्यहरूलाई पनि सामेल गर्न नभुल्नुहोस्‌। सूची तयार गरिसकेपछि सूचीमा भएको प्रत्येक व्यक्‍तिलाई भेट गर्न विशेष प्रयास गर्नुहोस्‌। कसै कसैलाई भेट गर्न प्राचीनहरूलाई तपाईं मदत माग्न सक्नुहुन्छ।

३ भेट गर्दा तपाईं के के भन्‍न सक्नुहुन्छ?

आत्मियतापूर्ण अभिवादन गरिसकेपछि तपाईं यस्तै केही भन्‍नसक्नुहुन्छ:

▪ “बितेको समयमा तपाईंले आध्यात्मिक कुराहरूमा निकै नै चासो देखाउनुभएको थियो त्यसैकारण यस विशेष अवसरका लागि दिएको यो निमन्त्रणालाई पनि तपाईंले मूल्याङ्‌कन गर्नु हुनेछ भनेर मलाई लागेको थियो। [घरधनीलाई स्मरणार्थको निमन्त्रणा पत्र दिनुहोस्‌।] र ख्रीष्टको मृत्युको स्मरणार्थ मात्र एउटा यस्तो अवसर हो जसलाई सम्झना गर्नु भनी प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई आज्ञा दिनुभएको थियो। आफ्नो मृत्युद्वारा ख्रीष्टले के कुरा सम्पन्‍न गर्नुभयो र यसद्वारा हामीले कसरी अनन्त जीवन पाउन सक्छौं भन्‍ने कुरालाई पुनरावलोकन गर्न हामी उत्सुक छौं। बितेको वर्ष यस विशेष सभाका दिन १ करोड १४ लाखभन्दा बढी मानिसहरू उपस्थित भएका थिए। यस वर्ष तपाईं पनि उपस्थित हुनुभयो भने मलाई खुशी लाग्नेछ।” तपाईंको मण्डलीले स्मरणार्थ मनाउने स्थान र मिति लेखेर दिन नभुल्नुहोस्‌। यदि आउन र जानको असुविधा रहेछ भने त्यसको प्रबन्ध गर्ने इच्छालाई पनि व्यक्‍त गर्नुहोस्‌।

४ स्मरणार्थका दिन नयाँ व्यक्‍तिहरू आउँदा तिनीहरूको राम्रो स्वागत गरिनुपर्छ। स्थानीय प्रकाशकहरूसँग घुलमिल गर्न तिनलाई मदत गर्नुहोस्‌। शायद तिनीहरूको घर वरपर बस्ने अरू कुनै इच्छुक व्यक्‍तिहरू छन्‌ भने तिनीहरूको परिचय गराउनुहोस्‌। तिनीहरूको आफ्नै छिमेकीबाट पनि थुप्रै व्यक्‍तिहरूले सच्चाइप्रति चासो देखाएका रहेछन्‌ भनेर बुझ्न पाउँदा तिनीहरूले प्रोत्साहन पाउनेछ। यदि सम्भव छ भने स्मरणार्थ उत्सवका दिन तिनीहरूलाई तपाईंको परिवारसँग बस्न आग्रह गर्नुहोस्‌।

५ निस्सन्देह स्मरणार्थमा उपस्थित हुँदैमा मात्र तिनीहरूको मुक्‍ति पक्का हुँदैन। तर तपाईंले निमन्त्रण गर्नुभएका धेरैजनाका लागि त्यो घटना येशूको बगेको रगतमा विश्‍वास गर्ने प्रथम पाइला हुनसक्छ। सभापछि घर फर्खिदा ती आगन्तुकलाई आउने शनिवारका दिन पनि जन सभा र प्रहरीधरहरा अध्ययनका लागि आउन सक्नुहुन्छ कि भनेर सोध्नुहोस्‌। सकेसम्म हर प्रकारले उहाँलाई मदत गर्न तपाईं तयार हुनुहुन्छ भनेर उहाँलाई भन्‍नुहोस्‌। जति चाँडो तिनले हामीसँग नियमित रूपमा सङ्‌गत गर्नथाल्छन्‌ त्यति चाँडो तिनको आध्यात्मिक उन्‍नति हुनेछ। हामीले मदत गर्न सकेका अरू थुप्रै व्यक्‍तिहरू सँगसँगै “महा सङ्‌कष्ट” पार गर्न पाउनु हाम्रो लागि कस्तो खुशी र सन्तुष्टिको कुरा हुनेछ!—प्रकाश ७:९, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने