प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. २
  • मार्च महिनाका लागि सेवा सभाहरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च महिनाका लागि सेवा सभाहरु
  • हाम्रो राज्य सेवकाई—१९९३
  • उपशीर्षकहरू
  • मार्च १-मा सुरु हुने हप्ता
  • मार्च ८-मा सुरु हुने हप्ता
  • मार्च १५-मा सुरु हुने हप्ता
  • मार्च २२-मा सुरु हुने हप्ता
  • मार्च २९-मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. २

मार्च महिनाका लागि सेवा सभाहरु

मार्च १-मा सुरु हुने हप्ता

गीत ९ (१९)

१५ मि०: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट घोषणाहरू। पृथ्वीका विभिन्‍न भागहरूमा उहाँको सेवकहरूले कसरी यहोवाको आशिष पाइरहेका छन्‌ भन्‍ने कुरालाई जोड दिदैं ईश्‍वरतान्त्रिक समाचारको विशिष्टताहरूलाई प्रस्तुत गर्नुहोस्‌। उपयुक्‍त भएमा स्थानीय मण्डलीको अनुभवहरूलाई पनि समावेश गर्न सकिन्छ।

१५ मि०: “‘आउनुहोस्‌।’ भनेर भनिरहनुहोस्‌” प्रश्‍नोत्तर छलफल। अनुच्छेद ४ छलफल गर्दा सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकको अध्याय १८-का केही बुँदाहरू विशेषगरी पृष्ठ १५०-१५३ मा भएका, येशू र उहाँका भविष्यवाणीहरूसँग सम्बन्धित चित्रहरूलाई राम्रोसँग तयारी गरेको एकजना प्रकाशकद्वारा प्रकाश पार्नुहोस्‌।

१५ मि०: “आफ्नो सेवकाईमा दक्ष हुनुहोस्‌” बेला बेलामा स्रोताहरूसँग पनि छलफल गर्दै भाषण दिनुहोस्‌। अनुच्छेद ३-५ छलफल गर्दा दुईवटा छोटो प्रदर्शनहरू समावेश गर्नुहोस्‌। अनुच्छेद ४ र ५-का बुँदाहरूलाई प्रदर्शन गर्दा लेखमा उल्लेख गरिए झैं कसरी एकजना पाको र जवान प्रकाशक घर-घरको सेवकाईमा सँगसँगै काम गर्न सक्छन्‌ भनेर देखाउनुहोस्‌। नतिजा जस्तोसुकै भए तापनि सेवकाईमा आनन्दित हुनुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌।

गीत ११४ (६१) र समापन प्रार्थना।

मार्च ८-मा सुरु हुने हप्ता

गीत १२८ (४)

५ मि०: स्थानीय घोषणाहरू। अप्रिल महिनामा अनुमोदन भइसकेका सहायक अग्रगामीहरूको संख्या उल्लेख गर्नुहोस्‌। अग्रगामी गर्न योजना बनाइरहेकाहरूलाई आफ्नो फारम चाँडै दिन प्रोत्साहन दिनुहोस्‌।

२० मि०: “यहोवाको आदर गर्न के तपाईं अझ बढी केही गर्न सक्नुहुन्छ?” अनुच्छेद १ देखि १०-को प्रश्‍नोत्तर छलफल।

२० मि०: हाम्रा बाइबल विद्यार्थीहरूलाई मदत गर्नु। बाइबल विद्यार्थीहरूसँग अध्ययन सञ्चालन गर्नु मात्र नभइ तिनीहरूलाई थप मदत पनि दिनुपर्ने आवश्‍यकतामाथि जोड दिंदै स्रोताहरूसँग छलफल। (१ थिस्स० २:८) सभाहरू धाउन र त्यसमा भाग लिन हृदयदेखि इच्छालाई उत्तेजित गराउन तिनीसित अझ बढि समय बिताउनुहोस्‌। क्षेत्र सम्मेलन, विशेष सम्मेलन र जिल्ला सम्मेलनहरूबारे वर्णन गरेर सङ्‌गठन र अन्तर्राष्ट्रिय भ्रातृत्त्वप्रति तिनको मूल्याङ्‌कनलाई बढाउनुहोस्‌। हरेक पुस्तक अध्ययनपछि जेहोवज विटनेसेस युनाइटेडली डुइङ्‌ग गड्‌स विल वर्ल्डवाइड भन्‍ने पुस्तिकाको एउटा भाग छलफल गर्न र त्यसबाट तिनीहरूले सिकेका कुराहरूलाई भन्‍न लगाउन तिनीहरूसित केही समय बिताउनुहोस्‌। आफूले सिकेका कुराहरूलाई अनौपचारिक ढङ्‌गमा कसरी अरूहरूसँग बाँड्‌न सकिन्छ भन्‍ने कुरालाई क्रमिक रूपमा बताउनुहोस्‌। आवर मिनिस्ट्री-को पृष्ठ ९८ र ९९-मा उल्लेख गरिएका योग्यताहरूलाई पूरा गर्ने र क्षेत्र सेवकाईमा भाग लिन इच्छुक बाइबल विद्यार्थीहरूलाई बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन मदत गर्नुपर्छ। हाम्रा सम्मेलनहरूमा भएको बप्तिस्माको फोटोहरू वा समाचार-पत्रका लेखहरू ती विद्यार्थीहरूलाई देखाए पनि हुन्छ। प्रदर्शन: अनौपचारिक गवाही दिन प्रकाशकले बाइबल विद्यार्थीलाई मदत गर्छ। सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने पुस्तकबाट क्षेत्र सेवकाईमा चलाउन मिल्ने बुँदाहरू छान्छ र भन्छ: “तपाईंका नातेदारहरू वा छिमेकीहरूसँग यी बुँदाहरू छलफल गर्नु फाइदाजनक साबित हुनेछ। आफूलाई पहिला थाहा नभएका केही कुराहरू तपाईंले बाइबलबाट सिक्नुभयो भनेर तपाईं तिनीहरूलाई बताउन सक्नुहुन्छ।” बप्तिस्मा भइसकेपछि पनि आफ्नो मायालु हेरविचारलाई कायमै राखेर आफ्ना बाइबल विद्यार्थीहरूलाई मदत गर्न प्रकाशकहरूलाई प्रोत्साहित गर्नुहोस्‌।

गीत १२३ (६३) र समापन प्रार्थना।

मार्च १५-मा सुरु हुने हप्ता

गीत ७२ (५८)

१० मि०: स्थानीय घोषणाहरू साथ-साथमा लेखा रिपोर्ट र चन्दा प्राप्त भएको सूचना। यस स्तम्भको तल्लो भागमा भएको “एउटा सामयिक समाचार”-को चर्चा गर्नुहोस्‌। मार्च २८-मा दिइने विशेष भाषणको विषयलाई टिप्न र चाख देखाउने व्यक्‍तिहरूलाई आमन्त्रण गर्न सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

१५ मि०: “चाख देखाउने जति सबैलाई मदत गर्नु” बेला बेलामा दर्शकहरूसँग छलफल गर्दै भाषण दिनुहोस्‌। उल्लेख गरिएका शास्त्रपद्यहरूलाई समयले भ्याएअनुसार विचार गर्नुहोस्‌। पहिलो पटक उपस्थित हुनेहरूले देखाएका चासोलाई पछ्याउनु पर्ने आवश्‍यकतामाथि प्रकाश पार्नुहोस्‌।

२० मि०: “यहोवाको आदर गर्न के तपाईं अझ बढी केही गर्न सक्नुहुन्छ?” अनुच्छेद ११ देखि २२-को प्रश्‍नोत्तर छलफल।

गीत ३२ (१०) र समापन प्रार्थना।

मार्च २२-मा सुरु हुने हप्ता

गीत ६६ (३७)

१० मि०: स्थानीय घोषणाहरू। प्रश्‍न पेटी। अप्रिल महिनामा अझ बढ्‌ता सेवकाईमा भाग लिने योजना बनाउन सबैलाई प्रोत्साहित गर्नुहोस्‌।

२० मि०: वृद्ध व्यक्‍तिहरूको हेरविचार गर्नु। छलफल र दुईजना भाइहरूको अन्तर्वार्ता। “ज्योति वाहकहरू” जिल्ला सम्मेलनमा आइतवार बिहान “मसीही घरानामा एक अर्काको हेरविचार गर्नु” भन्‍ने विषय भएको एउटा गोष्ठी प्रस्तुत गरिएको थियो। “वृद्ध व्यक्‍तिहरूलाई हेरविचार गरेर” भन्‍ने विषय भएको यसको अन्तिम भागले वृद्ध व्यक्‍तिहरूले परिवार र मण्डलीका निम्ति गरेका अमूल्य योगदानबारे जोड दिएको थियो। (हितो० १६:३१) वृद्ध व्यक्‍तिहरूलाई कसरी मदत गर्न सक्छौं? मुख्य जिम्मावारी परिवारको हो। (१ ति० ५:३, ४ ८, १६) धैर्य र सहानुभूतिको आवश्‍यकता छ। माता-पिता वा हजुरबुवा-मुमाले बितेका समयहरूमा देखाएको प्रेम, काम वा हेरविचारका लागि हुर्किसकेका छोरा-छोरी र नाति-नातिनाहरूले मूल्याङ्‌कन प्रकट गर्नसक्छन्‌। (w87 6⁄1 13-18) मण्डलीले पनि पाको मानिसहरूलाई मदत गर्न सक्छ। कसै कसैलाई सरकारी सहायता पाउन योग्यको हुन मदत चाहिएको हुन सक्छ। जमघटमा वा खाना खान तिनीहरूलाई आमन्त्रित गरेर तिनीहरूप्रति आतिथ्य सत्कार देखाउनुहोस्‌। (रोमी १२:१३) क्षेत्र सेवकाईमा तिनीहरूलाई मदत गर्नुहोस्‌। सभाहरूमा र सम्मेलनहरूमा तिनीहरूको निम्ति यातायात सेवाको व्यवस्था गर्नुहोस्‌। तिनीहरूको घरलाई हेरविचार गर्न र तिनीहरूका निम्ति किनमेल गर्न मदत गर्नुहोस्‌। (w87 6⁄1 4-7) वृद्ध व्यक्‍तिहरूलाई सधैं आदर देखाउनुहोस्‌। (१ ति० ५:१, २) असल उदाहरण भएर देखाएका एक वा दुईजना वृद्ध व्यक्‍तिहरूको अन्तर्वार्ता लिनुहोस्‌। तिनीहरूका परिवार र मण्डलीले देखाएको कृपाबाट तिनीहरूले कसरी फाइदा उठाए भन्‍ने कुरालाई प्रकाश पार्नुहोस्‌।

१५ मि०: अप्रिल महिनामा अग्रगामी गर्नलागेका वा बितेका समयमा अग्रगामी गरेका तीन वा चारजना प्रकाशकहरूको प्राचीनले अन्तर्वार्ता लिन्छन्‌। अग्रगामीको काम गर्न तिनीहरूलाई कुन कुराले प्रेरित गऱ्‍यो? अप्रिल महिनाका लागि तिनीहरूले के योजनाहरू बनाएका छन्‌? अग्रगामीको कामले कसरी तिनीहरूलाई व्यक्‍तिगत तवरमा मदत गरेको छ? आगामी महिनामा सहायक अग्रगामीको काम गर्ने योजना बनाउनेजति सबैलाई चाँडै नै फारम भरेर दिइहाल्न प्रोत्साहन दिनुहोस्‌।

गीत १७२ (९२) र समापन प्रार्थना।

मार्च २९-मा सुरु हुने हप्ता

गीत १०५ (४६)

१० मि०: स्थानीय घोषणाहरू। स्मरणार्थ उत्सवमा बाइबल विद्यार्थीहरू र चाख देखाउनेजति सबैलाई आमन्त्रित गर्न सबैलाई याद दिलाउनुहोस्‌। छापिएका निमन्त्रण-पत्रको सदुपयोग गर्नुहोस्‌। ती निमन्त्रण पत्रहरूमा स्मरणार्थ मनाइने मिति र स्थान सफासँग लेख्न सबै प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌।

२५ मि०: “अनन्त जीवनको आशा दिने मृत्युको उत्सव मनाउनु” मण्डलीको अध्यक्षद्वारा प्रश्‍नोत्तर छलफल। “स्मरणार्थको तयारी गर्दा” भन्‍ने पेटीमा भएका सामग्रीहरूलाई पनि समावेश गर्नुहोस्‌। लेखको अनुच्छेद ५ विचार गरिसकेपछि एउटा प्रदर्शनद्वारा एकजना प्रकाशकले बाइबल विद्यार्थीलाई स्मरणार्थमा आमन्त्रित गरेको देखाउनुहोस्‌। अप्रिल १-६ को दौडान पढ्‌नको निम्ति छानिएका बाइबलका पद्यहरूको प्रबन्धबारे प्रकाशकले वर्णन गर्छ र स्मरणार्थ मनाइने स्थानसम्म आउने र जाने प्रबन्ध गरिदिने प्रस्ताव गर्दछ।

१० मि०: अप्रिल महिनामा वाचटावर पत्रिकालाई प्रस्तुत गर्ने। त्यस महिनाको दौडान प्रस्तुत गर्नमिल्ने खालका विषयहरू र कुराकानी सुरुआत गर्ने खास बुँदाहरूमाथि प्रकाश पार्नुहोस्‌। हरेक अवसरमा पत्रिकाहरूको बुँदाहरूतर्फ ध्यान खिच्न सतर्क हुनुहोस्‌।

गीत ८७ (४७) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने