सबैभन्दा महान पुरुष भन्ने पुस्तक चलाएर बाइबल अध्ययनहरू सुरु गर्ने
१ गृह बाइबल अध्ययन गर्न पाउनु तपाईं र घरधनी दुवैको निम्ति आनन्ददायक र इनामदायी हुनेछ। बाइबलको ज्ञान अरूलाई बाँड्दा प्राप्त हुने आनन्दलाई अरू कुनै कुरासित तुलना गर्न सकिंदैन।—हितो० ११:२५.
२ अन्तिम दिनका चिह्नहरू: यदि तपाईंले माथि लेखमा दिइएको सल्लाहअनुसार वील दिस वर्ल्ड सरभाइभ भन्ने पर्चा चलाएर छलफल सुरु गर्नुभएको थियो भने, सबैभन्दा महान पुरुष भन्ने पुस्तकको अध्याय १११-लाई प्रयोग गरेर कसरी अध्ययन सुरु गर्न सक्नुहुन्छ? पुस्तकको अध्याय १११ खोल्नुहोस् र प्रथम तीनवटा अनुच्छेदहरू पढ्नुहोस्। त्यसपछि यस अध्यायको अन्तमा दिइएको पहिलो प्रश्नलाई सोध्नुहोस्: “के कारणहरूले गर्दा प्रेरितहरूले प्रश्न गर्दछन्, तर तिनीहरूको मनमा अरू के के कुराहरू छन्?” त्यस प्रश्नको उत्तरमा घरधनीलाई तर्क गर्न मदत दिनुहोस् र तिनलाई बुझाउन उदाहरणको प्रयोग गर्नुहोस्। चौथोदेखि छैठौं अनुच्छेदसम्म पढिसकेपछि, दोस्रो प्रश्न गर्नुहोस्: “सा० यु० ७०-मा येशूको अगमवाणीको कुन भाग पूरा हुन्छ, तर के चाहिं त्यसबेला हुँदैन?” घरधनीलाई चासो छ जस्तो देखिन्छ र समय पनि छ भने वार्तालापलाई कायमै राख्नुहोस्।
३ घरधनीको लागि अर्को समय झन् उपयुक्त हुन्छ जस्तो देखिएमा तपाईंले सोध्न सक्नुहुन्छ: “यस रीतिरिवाजको अन्त कहिले हुनेछ भनेर के तपाईं अझ बढी कुराहरू जान्न चाहनुहुन्छ?” त्यसपछि त्यस प्रश्नको जवाफ दिन फेरि फर्किने प्रबन्ध गर्न सक्नुहुन्छ।
४ के शान्तिमय संसार सम्भव छ? यदि तपाईंले सबैभन्दा महान पुरुष भन्ने पुस्तकतर्फ ध्यान आकर्षण गर्न शान्तिमय नया संसारमा जीवन भन्ने पर्चा प्रयोग गर्नुभएको थियो भने बाइबल अध्ययन सुरु गर्न अध्याय १३३-ले कसरी मदत गर्न सक्छ?
तपाईंले २ पत्रुस ३:१३ पढिसक्नु भएपछि पर्चाको पृष्ठ ३-मा दोस्रो अनुच्छेद पढ्न अथवा त्यहाँ भएको कुरालाई सङ्क्षेपमा बताउन सक्नुहुन्छ। अनि भन्न सक्नुहुन्छ:
“परमेश्वरको पुत्र, येशू ख्रीष्ट यहोवाले खडा गर्नुभएको राज्यको राजा हुनुहुनेछ। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष भन्ने पुस्तकले येशूको वर्णन र उहाँले भविष्यमा के के कुराहरू पूरा गर्नुहुनेछ भनेर कसरी बयान गर्छ, कृपया ध्यान दिनुहोस् त।” त्यसपछि सम्पूर्ण अध्याय पढ्नुहोस्। यस अध्यायको अन्तमा भएको प्रथम प्रश्न घरधनीलाई सोध्नुहोस्: “‘आरमागेडोनमा बाँच्नेहरू र तिनका सन्तानले पाउने आनन्ददायी सुअवसर के हो?’ [जवाफ दिने मौका दिनुहोस्। अरू प्रश्नहरू पनि यस्तै प्रकारले छलफल गर्न सक्नुहुन्छ।] येशूले राजा भएर शासन गर्नुहुने त्यो नया संसारको भागीदार हुन के तपाईं चाहनुहुन्न र? तपाईं त्यस राज्यको भाग कसरी हुन सक्नुहुन्छ भनेर तपाईंलाई बाइबलबाट देखाउने मौका दिनुभयो भने म अर्को हप्ता आउन सक्छु।”
५ केही व्यक्तिहरू यसै भेटमा येशूबारे अझ बढी छलफल गर्न इच्छुक हुन सक्छन्।
तपाईं भन्न सक्नुहुन्छ:
“येशूको पार्थिव जीवनलाई सुसमाचारका चारवटा पुस्तकहरूमा वर्णन गरे अनुसार यस पुस्तकमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। के तपाईं येशूको पार्थिव जीवनीबारे बढी जान्न चाहनुहुन्छ?” घरधनीले चाहन्छ भने अध्याय १५-मा दिइएका येशूको प्रथम चमत्कारहरूबारे छलफल गर्न सक्नुहुन्छ।
६ धार्मिकताको लागि प्रेम भएका र आफूले सामना गर्नु परेका समस्याहरूको स्थायी समाधान खोजिरहेका सोझा हृदय भएका व्यक्तिहरू अझै पनि थुप्रै छन्। साँच्चै नै, बाइबल अध्ययनद्वारा येशू ख्रीष्टका शिक्षाहरू अरूहरूलाई सिकाउनु सबैभन्दा इनामदायी प्रयास हो।