सबैभन्दा महान पुरुष भन्ने पुस्तक प्रस्तुत गर्न पर्चाहरूको प्रयोग गर्नुहोस्
१ जून महिनामा हामी आजसम्म बाँचेकाहरु मध्ये सबैभन्दा महान पुरुष भन्ने पुस्तक दिनेछौं। एउटा छोटो शास्त्रीय प्रस्तुति दिइसकेपछि यस पुस्तकको अन्तिम अध्यायको चित्रमा भएको जस्तै अवस्थाहरू ख्रीष्टको शासनले ल्याउनेछ भनी घरधनीलाई देखाएर सोझै पुस्तक दिन सक्छौं। अथवा यस पुस्तकमा चासो जगाउन पर्चाहरूलाई चलाउन सकिन्छ।
२ वील दिस वर्ल्ड सरभाइभ? वार्तालाप सुरु गर्न पर्चाहरू निकै मदतकारी हुन्छन्। घरधनीहरूको ध्यान खिंच्न ती पर्चाहरूले मदत गर्दछ किनभने पर्चाहरूले तिनीहरूलाई व्यक्तिगत तवरमा असर गर्ने अर्थपूर्ण विषयहरू छलफल गर्दछ।
उदाहरणको लागि, तपाईंले यस्तै केही भन्न सक्नुहुन्छ:
“मानिसहरूसित कुरा गर्दा धेरैजनाले . . . [हालैमा घटेको कुनै एउटा घटना छान्नुहोस्] प्रति चिन्ता व्यक्त गरेको हामीले पायौं। विश्व परिस्थितिहरू झन् झन् बिग्रँदै गएको जस्तो देखिन्छ। यो संसार रहिरहला र भनी कोही शंका पनि गर्दछन्। यस विषयमा तपाईंलाई कस्तो लाग्छ? [घरधनीलाई जवाफ दिने मौका दिनुहोस्। धेरैजना मानिसहरू आशावादी हुन्छन्।] मैले पढेको प्रोत्साहनजनक कुरा तपाईंलाई देखाउन चाहन्छु। त्यो कुरा यस पर्चामा छ। [वील दिस वर्ल्ड सरभाइभ भन्ने एउटा पर्चा घरधनीलाई दिनुहोस् र एउटा आफूले लिनुहोस्] येशूले कसरी भविष्यवाणी गर्नुभयो विचार गर्नुहोस् त . . . ” तपाईंले परिचयमा उल्लेख गर्नुभएका वर्तमान घटनाहरूसँग मेल खाने बुँदा पृष्ठ ४ या ५-को एउटा अनुच्छेदमा पढ्नुहोस्। त्यसपछि सबैभन्दा महान पुरुष भन्ने पुस्तक देखाउनुहोस्। उपयुक्त देखिएमा अध्याय १११-मा येशूको भविष्यवाणीबारे दिइएको थप जानकारी देखाउनुहोस्। अनन्त जीवनतर्फ डोऱ्याउन येशू र उहाँद्वारा यहोवालाई चिन्न यस पुस्तकलाई कसरी प्रयोग गर्न सकिन्छ, जानुभन्दा अघि छोटकरीमा बताउन सक्नुहुन्छ। (यूहन्ना १७:३) साथै, पुनः फर्केर जाँदा कुन विषयमा तपाईंले छलफल गर्नु हुनेछ सो भनी राख्नु पनि नबिर्सनुहोस्।
३ शान्तिमय नया संसारमा जीवन: शान्तिमय नयाँ संसारमा बाँच्ने भन्ने कुराले तपाईंको निम्ति के अर्थ राख्दछ? साधारणतया, विशाल नदीहरू र शान्तिमय उपत्यकाहरूको दृश्य मानिसहरूको मनमा आउँछ जहाँ राम्रा राम्रा जनावरहरू एक अर्कासित मिलेर बाँचिरहेका हुन्छन्। वर्तमान विश्व परिस्थितिहरू देखेर दिक्क भएकाहरूको लागि शान्तिमय नया संसारको आशा एकदमै स्फूर्तिदायक हुन सक्छ।
४ के तपाईं आफ्ना छिमेकीहरू, सहकर्मीहरू र घर घरको सेवकाईमा भेट्ने व्यक्तिहरूसित स्फूर्तिदायक र रमाइला कुराहरू बाँड्न तयार हुनुहुन्छ?
“शान्तिमय नया संसारमा जीवन” भन्ने पर्चा प्रयोग गर्दा, तपाईं यस्तै केही भन्न सक्नुहुन्छ:
“यस पर्चाको अगाडि पृष्ठमा देखाएको जस्तै शान्तिमय अवस्थामा मानिसहरू बाँच्न तपाईंलाई सम्भव छ जस्तो लाग्छ? [घरधनीलाई जवाफ दिन समय दिनुहोस्] पृष्ठ २-को प्रथम अनुच्छेदको अन्तिम वाक्य कृपया हेर्नुहोस् त। यहाँ यसो भनेर सोधिएको छ: ‘तर पृथ्वीमा यसप्रकारको वातावरण एक दिन हुनेछ भनी विश्वास गर्नु के एउटा सपना अथवा कल्पना मात्र होइन र?’ [त्यसपछि पर्चामा भएको अर्को अनुच्छेद पढ्नुहोस्] नयाँ स्वर्ग र नयाँ पृथ्वीको विषयमा यहाँ दिइएको उद्धरण बाइबलमा २ पत्रुस ३:१३-बाट लिइएको हो। तपाईंसित बाइबल छ भने कृपया ल्याउन सक्नुहुन्छ कि, अनि हामी दुवै मिलेर पृथ्वीको भविष्यबारे बढी कुराहरू थाहा पाउन भजनसंग्रह १०४:५ पढ्न सक्छौं।” अथवा आफ्नो बाइबलबाट त्यस पदलाई तपाईं आफै पढ्न सक्नुहुन्छ। त्यसपछि छलफललाई सबैभन्दा महान पुरुष भन्ने पुस्तकको अध्याय १३३-मा केन्द्रित गर्नुहोस्।
५ रोपिसकेका बीऊहरूमा ‘पानी’ हाल्न, थप पुनः भेटहरू गर्न आवश्यक पर्नेछ। (१ कोरि ३:६, ७) तलको लेखमा सबैभन्दा महान पुरुष भन्ने पुस्तक चलाएर प्रथम भेटमै अथवा पुनः भेटमा कसरी अध्ययन सुरु गर्न सकिन्छ भनेर सुझावहरू दिइएका छन्।