क्षेत्र सेवकाईमा नियमित हुनुहोस्
१ क्षेत्र सेवकाईमा नियमित तवरमा भाग लिन के हामी सकारात्मक कदमहरू चाल्छौं? प्रत्येक महिनाको अन्तमा राज्य भवनमा हाम्रो क्षेत्र सेवकाईको रिपोर्ट के हामी कुनै ढिला सुस्ती नगरिकन दिइहाल्छौं? यसो गर्न हामी सबैले प्रयास गर्नुपर्छ। हाम्रो विश्वास कुनै न कुनै ढङ्गमा जनसमक्ष प्रकट नगरिकन सम्पूर्ण महिना त्यसै बित्न दिनु हुँदैन।—रोमी १०:९, १०.
२ क्षेत्र सेवकाईमा आफू नियमित हुनुको साथसाथै अरूहरूलाई पनि नियमित तवरमा भाग लिन मदत दिन हामी सजग हुन चाहन्छौं। (फिलि० २:४) यो हामी कसरी गर्न सक्छौं? हामीले भर्खरै सेवकाईमा जान सुरु गरेका बप्तिस्मा अप्राप्त प्रकाशकहरूलाई हामीसँग क्षेत्र सेवकाईमा जान निमन्त्रणा दिन सक्छौं। सेवकाईमा जाने एउटा नियमित तालिका भएमा सत्य तिनीहरूको हृदयमा गहिरोगरि बस्नेछ।
३ मण्डलीमा भएका बुढा पाकाहरू र आध्यात्मिकतामा कमजोर भएकाहरूलाई मदत गर्न आफू नै अघि सरेर प्राचीनहरूसित कुरा गरेर पनि आफ्नो इच्छुकता देखाउन सक्छौं। (गला० ६:२) कमजोर प्रकाशकहरूलाई अग्रगामीहरू र अरू जोशिला प्रकाशकहरूसँग सेवकाईमा जान प्राचीनहरूले व्यक्तिगत प्रबन्धहरू गरिदिन सक्छन्। तिनीहरूको घर नजिक भएको इलाकामा प्रचार गर्ने व्यवस्था मिलाइएमा तिनीहरूलाई क्षेत्र सेवकाईमा नियमित हुन सहायता मिल्नेछ। अथवा हामीले त्यस्ता व्यक्तिहरूलाई यातायातको प्रबन्ध गरिदिन सक्छौं जसले गर्दा तिनीहरू सामूहिक सेवकाईमा भेला हुन सक्छन्।
४ क्षेत्र सेवकाईमा नियमित हुनुहोस्। प्रत्येक महिनाको अन्तमा नबिर्सिकन आफ्नो क्षेत्र सेवकाईको रिपोर्ट बुझाउनुहोस्। अरूहरूलाई पनि सेवकाईमा नियमित तवरमा भाग लिन मदत दिनुहोस्। “भाइ-बन्धुहरूलाई प्रेम” देखाउनुहोस्।—१ पत्रुस २:१७.