चासो देखाउनेहरूलाई ध्यान दिनुहोस्
१ हाम्रा पत्रिकाहरू र अन्य ईश्वरतान्त्रिक प्रकाशनहरू वितरण गर्दा हामी येशू ख्रीष्टले प्रचार गर्नु भएको समाचार फैलाउछौं। यसकारण, चासो देखाउने प्रत्येक व्यक्तिकहाँ फर्केर जाने हामीले विशेष प्रयास गर्नु पर्छ।
२ घरधनीको चासो जगाउन तपाईंले अवेक!-बाट कुनै लेख माथि जोर दिनु भएको थियो भने फर्केर जानु हुँदा त्यही लेखबाट लिएका थप बुँदाहरूबारे छलफल गर्नुहोस्। सम्भवतः एउटा मुख्य शास्त्रपद र एक वा दुई अनुच्छेदहरूलाई आफ्नो कुराकानीको आधार बनाउनु होस्। अझ चासो देखाइएमा अवेक! सम्पूर्ण परिवारका लागि लाभदायक छ भनेर बताउनु होस्। वातावरण, आत्म-उन्नति, वर्तमान समस्याहरूको सामना गर्ने उपाय र जवान मानिसहरूले सोध्ने प्रश्नहरू सम्बन्धी विभिन्न विषयहरू प्रत्येक अङ्कमा पाइन्छ। साँचो चासो व्यक्त गरिएको खण्डमा चाहिं घरधनीलाई बताउनु होस् कि उनी अवेक!-को वार्षिक ग्राहक बन्न सक्छन् र यसप्रकार अवेक! डाकद्वारा उपलब्ध हुनका साथै उनले छ महिनाभित्र १२ वटा अङ्कहरू पाउन सक्नेछन्।
३ तर नयाँ अवेक!-को कुनै पनि लेखमा घरधनीको चासो छैन भने नि? वार्तालाप यति मै बन्द गर्नुको सट्टा रिजनिङ्ग पुस्तकको पाना २०६-मा पाइने विषय-वस्तु प्रयोग गर्दै तपाईंले घरधनीलाई यहोवाका साक्षीहरूको कामबारे सिकाउनु भएर मौकाको फायदा उठाउन सक्नु हुन्छ।
४ अघिल्लो भेटमा तपाईंले २ तिमोथी ३:१-५ प्रयोग गर्दै र “प्रहरीधरहरा”-को पाना २-मा पाइने जानकारीमाथि जोर दिनु हुँदै “प्रहरीधरहरा”-को एउटा अङ्क घरधनिसित छाडनु भएको थियो भने तपाईं फर्केर आउनु हुँदा सायद यसो भन्न सक्नु हुन्छ:
◼ “अघिल्लो भेटमा हामीले संसारमा हाम्रो वरिपरि आज भइरहेका कुराहरूको अर्थबारे छलफल गऱ्यौं। धेरै मानिसहरूले परमेश्वरको र जीवनका लागि उहाँले बाइबलमा दिनु भएका स्तरहरूको वास्ता गर्न छाडेका छन् जस्तो देखिन्छ। यसले मानिसहरूको मनोवृत्तिमा ठूलो प्रभाव पारेको छ र यसको वर्णन हामी २ तिमोथी ३:१-५-मा पाउछौं। भविष्यमा स्थिति सुध्रिनेछ भनेर आशा राख्ने के तपाईंको विचारमा कुनै ठोस कारण छ र?” टिप्पणी दिने मौका दिनु भएपछि, तपाईंले २ पत्रुस ३:१३-तिर घनधनीको ध्यान आकर्षित गर्न सक्नुहुन्छ। यसपछि, रिजनिङ्ग पुस्तकको पाना २२७-३३ पल्टाउनुहोस् र परमेश्वरको राज्यले मानिसजातिका लागि गर्ने कुराहरूमाथि जोर दिनु होस्।
५ पुनः भेट गर्न जानु हुँदा सम्भवतः घरधनी आफ्नो धर्मबारे छलफल गर्न इच्छुक नहोलान्। उनको विचारमा यो एउटा अति नै व्यक्तिगत मामिला होला। यस्तो बेलामा तपाईंले सायद यसो भन्न सक्नु हुन्छ:
◼ “यातायात र सञ्चार माध्यमहरूको बढ्दो गतिले गर्दा झनझन सानो हुँदै गइरहेको हाम्रो यो संसारमा यतिका थुप्रै धर्महरू छन्। र हामीलाई मन परोस् नपरोस्, विभिन्न धर्महरूको असर विश्वभरि अनुभव गर्न सकिन्छ। यसकारण, एकअर्काको दृष्टिकोण बुझ्न सकिएमा बेग्लाबेग्लै धर्मका मानिसहरूले आपसमा विचारहरूको आदानप्रदान अझ अर्थपूर्ण रीतिले गर्न सक्नेछन्। धार्मिक विश्वासहरूमा आधारित घृणा पनि कुनै हदसम्म कम हुनसक्छ। होइन र?” टिप्पणी दिने मौका दिनु भएपछि, घरधनीको ध्यानलाई म्यानकाइन्ड्स सर्च फर गड पुस्तकको विषय-सूचीतिर लैजानु होस्।
६ सच्चाइमा चासो व्यक्त गर्ने सबैकहाँ फर्केर जाने हामी हर प्रयास गरौं र तिनीहरूलाई अनन्त जीवन तर्फ लैजाने मार्गमा हिंड्ने मदत दिउँ।—यूहन्ना ४:२३-२४.