प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 नोभेम्बर
  • आजको संसारमा बाइबलको महत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आजको संसारमा बाइबलको महत्त्व
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल—परमेश्‍वरले सबैका लागि दिनुभएको निर्देशन पुस्तक
    हाम्रो राज्य सेवकाई—१९९७
  • तपाईंको प्रथम भेटमै पूर्वाधार स्थापित गर्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • सही निर्देशन प्रदान गर्ने पुस्तक
    हाम्रो राज्य सेवकाई—१९९३
  • अरूहरूलाई परमेश्‍वरको पुत्र येशू ख्रीष्टबारे सिक्ने मदत दिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 नोभेम्बर

आजको संसारमा बाइबलको महत्त्व

१ धेरैले आज बाइबललाई पुरानो र अव्यावहारिक ठान्छन्‌। यो पुस्तक इतिहासभरि सबैभन्दा बढी अनुवाद गरिएको र व्यापक रूपमा वितरण भएको भए तापनि यसलाई कम मानिसहरूले पढ्‌छन्‌ र यसका निर्देशनलाई त झनै कम मानिसहरूले पालन गर्छन्‌।

२ तर यसको ठीक विपरीत, हामीले चाहिं बाइबललाई परमेश्‍वरको वचन मान्छौं। यसको मोल गर्छौं। यसको ऐतिहासिक सत्यतालाई वास्तविकताले पुष्टि दिन्छ। तर यति मात्र होइन। यसको अद्‌भुत एकरूपता, यसमा भएका भविष्यवाणीहरू, यसको ज्ञान र मानव जीवनलाई लाभ पुऱ्‍याउने शक्‍ति सबै कुराबाट नै बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो भन्‍ने कुरा प्रदर्शित हुन्छ। (२ तिमो० ३:१६) हाम्रो व्यक्‍तिगत अनुभव र यस अद्‌भुत उपहारका लागि हाम्रो मूल्याङ्‌कनले हामीलाई यसको साँचो महत्त्वबारे जाँच गर्ने प्रोत्साहन अरूहरूलाई दिन प्रेरित गर्नु पर्छ।

३ अरूलाई प्रोत्साहन दिने एउटा तरिका यस्तो हुन सक्छ:

◼ “मानवजातिले सामना गर्नु परेका गम्भीर समस्याहरूको कारण धेरैलाई परमेश्‍वरमाथि विश्‍वास गर्न गाह्रो लाग्छ। अथवा हामीले सामना गरिरहेका समस्याहरूको समाधान गर्ने शक्‍ति परमेश्‍वरमा छ भन्‍ने कुरामाथि पनि शङ्‌का गर्छन्‌। यस बारे तपाईंको विचार के छ? [प्रतिक्रियाका लागि पर्खिनुहोस्‌] यस पर्चाको शीर्षकलाई हेर्नुहोस्‌। तपाईंले बाइबलमाथि किन विश्‍वास गर्न सक्नुहुन्छ।” यस पर्चाको बाहिरपट्टिको नक्सातर्फ ध्यान आकर्षित गराउनुहोस्‌ र पाना २-को प्रथम र दोस्रो अनुच्छेद पढ्‌नुहोस्‌। घरधनीले चासो व्यक्‍त गरेमा तपाईंले दोस्रो अनुच्छेदमा सङ्‌केत गरिएका शास्त्रपदहरूलाई पनि पढ्‌न अथवा छलफल गर्न सक्नुहुन्छ। यस पर्चामाथि थप छलफल गर्नका लागि फेरि आउने प्रबन्ध मिलाउनु होस्‌—सम्भवतः यसका कुनै एउटा उप-शीर्षकलाई प्रश्‍नको रूपमा प्रयोग गर्दै चासो जगाउन सक्नुहुन्छ।

४ अर्को तरिका पनि झन्डै यस्तै हुन सक्छ:

◼ “मानवजातिलाई जीवनका समस्याहरूको सामना गर्न अवश्‍य पनि निर्देशन चाहिन्छ, होइन र? [प्रतिक्रियाका लागि समय दिनुहोस्‌] बितेका समयहरूमा मानिसहरूले अक्सर बाइबलबाट निर्देशन लिने गर्थे। तर अबभने समयसाल बेग्लै भएको छ। तापनि तपाईंलाई कस्तो लाग्छ? के बाइबल आजका लागि व्यावहारिक छ? [प्रतिक्रियाका लागि पर्खनु होस्‌] हेर्नु होस्‌, यहाँ दोस्रो तिमोथी ३:१६-ले के भन्छ। [पढ्‌ने] परमेश्‍वरको लिखित वचनले हामीलाई सही निर्णय गर्ने सहायता दिनुबाहेक भविष्यका लागि एउटा भरपर्दो आशा पनि प्रदान गर्छ।” यूहन्‍ना १७:३ पढ्‌नु होस्‌। घरधनीले राम्रो प्रतिक्रिया देखाएमा तपाईंले पहिला नै द बाइबल—गड्‌स वर्ड अर म्यान्स भन्‍ने पुस्तकबाट छान्‍नु भएका बुँदाहरू औंल्याउँदै बाइबलको व्यावहारिकतालाई दर्साउनु होस्‌।

५ सायद रिजनिङ्‌ग पुस्तकको पाना १०-मा “बाइबल/परमेश्‍वर” उप-शीर्षक अन्तर्गत दिएका केही परिचयहरूलाई प्रयोग गर्न फायदाजनक हुन सक्छ। घरधनीले सोधेका प्रश्‍नहरूको जवाफ दिन अथवा आपत्तिहरूको सामना गर्न पाना ५८-६८-मा प्रस्तुत गरिएको थप जानकारी निकै काम लाग्न सक्छ।

६ न्यु वर्ल्ड ट्रान्सलेशन-लाई प्रस्तुत गर्न: प्रथम भेट अथवा पुनःभेटमा निकै चासो जगाउन सकिएमा न्यु वर्ल्ड ट्रान्सलेशन-लाई प्रस्तुत गर्न सकिन्छ। घरधनीसित बाइबल छ कि छैन र छ भने त्यो पढ्‌न कतिको सजिलो छ, सो तपाईंले सोध्न सक्नुहुन्छ। उनको जवाफलाई ध्यानमा राख्दै न्यु वर्ल्ड ट्रान्सलेशन-का केही मदतकारी विशेषताहरूतिर ध्यान आकर्षित गर्न सक्नुहुन्छ। साथै, रिजनिङ्‌ग पुस्तकका पाना २७६-८० बाट लिएका एक-दुई बुँदाहरूमाथि पनि जोर दिन सक्नुहुन्छ।

७ मानिसहरूलाई बाइबल पढ्‌न प्रोत्साहन दिने मौका कहिले नचुकाउनु होस्‌। चासो देखाउने मानिसहरूलाई परमेश्‍वरको लिखित वचनका लागि श्रद्धा र प्रेम बढाउने मदत दिनु होस्‌। त्यसमा भएका सिद्धान्तहरूलाई आफ्नो जीवनमा प्रयोगमा ल्याउँदै सच्चाइको ज्ञान हासिल गरेमा तिनीहरूले दुवै वर्तमान र भविष्यमा धेरै लाभहरू उठाउनेछन्‌।—भजन० ११९:१०५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने