दिसम्बर महिनाभरि गृह-बाइबल अध्ययन सुरु गर्ने
१ येशूले आफ्ना चेलाहरूलाई सुसमाचारका शिक्षक हुन अह्राउनु भयो। (मत्ती २८:१९, २०) अरूहरूलाई सिकाउने हाम्रो मुख्य माध्यम गृह बाइबल अध्ययन हो। के तपाईं यस काममा भाग लिनु हुँदैछ? छैन भने अरूहरूलाई सिकाउनमा अझ ठूलो भाग लिन तपाईं एउटा अध्ययन कसरी सुरु गर्न सक्नुहुन्छ?
२ सायद हामीले घरधनीलाई के यो संसार रहिरहनेछ? भन्ने पर्चा दिएर त्यसमा भएको कुरा छलफल गर्न फेरि फर्कने प्रतिज्ञा गरेका थियौं होला।
“के यो संसार रहिरहनेछ?” भन्ने पर्चा दिएको घरधनीकहाँ पुनःभेट गर्न आउँदा हामी यसो भन्न सक्छौं:
◼ “केही दिनअघि म यहाँ आउँदा हाम्रो समयसालको महत्त्व र येशूले कसरी आज भइरहेका कुराहरूको ठीक-ठीक वर्णन गर्नु भएको थियो, सो छलफल हामीले गरेका थियौं। अस्ति तपाईंसित छाडेको पर्चाका केही कुराहरू सङ्क्षिप्तमा विचार गर्न म केही मिनेट बिताउन चाहन्छु। हेर्नुहोस्, यहाँ ‘चिन्ह’ भन्ने उप-शीर्षक अन्तर्गत के लेखिएको छ।” पर्चाको पाना ३ पल्टाउनु होस् र उक्त उप-शीर्षक मनि दिएको प्रथम दुई वा तीन अनुच्छेदमाथि छलफल गर्नु होस्। समय भएमा त्यहाँ सङ्केत गरिएका शास्त्रपदहरू पनि पढ्नु होस्। येशूको भविष्यवाणी आज कसरी पूरा भइरहेछ, त्यसमाथि जोर दिनुहोस्। त्यही उप-शीर्षक मनिका बाँकी अनुच्छेदहरू पनि छलफल गर्न फेरि आउने प्रबन्ध मिलाउनु होस्। तर तपाईं आउनुभन्दा अघि त्यो विषयवस्तु पढ्न घरधनीलाई प्रोत्साहन दिनु होस्।
३ अथवा तपाईंले यसो पनि भन्न सक्नुहुन्छ:
◼ “अस्तिको पटक कुरा गरेपछि मैंले तपाईंसित के यो संसार रहिरहनेछ? भन्ने पर्चा छाडेको थिएँ। त्यति खेर हामीले विश्व-घटनाहरूमा येशूको भूमिकाबारे कुरा गऱ्यौं। बाइबलमा यूहन्ना १७:३-मा लिखित येशूका शब्दहरू पनि पढयौं। अतः अनन्त जीवन चाहन्छौं भने परमेश्वर र येशूबारे सिक्न अत्यावश्यक भएको हुनाले यसप्रकारको ज्ञान लिन हामीले सक्दोभर प्रयास गर्नु बेस हुनेछ। येशू पृथ्वीमा हुनुहुँदा उहाँले परमेश्वरका थुप्रै राम्रा राम्रा गुणहरू प्रदर्शित गर्नु भयो। र के यो साँचो होइन कि येशू र उहाँको सेवकाईबारे हामी जति जति सिक्तै जान्छौं, उति नै उहाँको पिताबारे पनि थाह गर्न सक्छौं? [प्रतिक्रियाका लागि पर्खनु होस्] हेर्नुहोस्, अझसम्म बाँचेका सबैभन्दा महान पुरुष पुस्तकले यहाँ के भन्छ।” [अध्याय ११६-को दसौं पानाको प्रथम दुइटा अनुच्छेदहरू पढ्नु होस्। येशूबारे उहाँको जीवनीमा दिइएको सम्पूर्ण जानकारीलाई यस पुस्तकले क्रमानुसार प्रस्तुत गर्दछ भन्ने कुरामाथि जोर दिनुहोस्। खास-खास अध्यायहरूका शीर्षकहरू, नक्साहरू र पुस्तकको सुरुमा दिएको मानचित्रलाई औंल्याउनु होस्। घरधनीले पनि चन्दाको रूपमा रु.४०/- दिएर आफ्नो निम्ति त्यो पुस्तक उपलब्ध गर्न सक्छन् भनेर बताइ दिनुहोस्।
४ “सबैभन्दा महान पुरुष” पुस्तक स्वीकार गरेको घरधनीलाई अभिवादन गरी सकेपछि हामी यसो भन्न सक्छौं:
◼ “मैले अस्ति नै भनेको थिएँ कि यो सबैभन्दा महान पुरुष पुस्तक बाइबल अध्ययनका लागि तयार गरिएको हो। यसलाई सबैभन्दा प्रभावकारी ढङ्गमा प्रयोग गर्ने तरीका म तपाईंलाई छोट्करीमा बताउन चाहन्छु।” यसपछि पुस्तक खोलेर “स्वर्गबाट आएका समाचारहरू” भन्ने प्रथम अध्याय देखाउनु होस्। घरधनीको ध्यानलाई त्यहाँ छापिएका प्रश्नहरूतर्फ लैजानु होस्। प्रथम प्रश्न पढेपछि सुरुको अनुच्छेदमाथि विचारविमर्श गर्नुहोस्। त्यहाँ लेखिएको कुरासित दोस्रो पानाको नक्साको के सम्बन्ध छ, सो बताउनु होस्। बाँकी प्रश्नहरूमाथि पनि छलफल गर्दै समय भएमा तिनीहरूको जवाफमाथि पनि ध्यान दिनुहोस्। कुरा टुङ्गयाउनुअघि फेरि आएर वार्तालाप जारी राख्ने प्रबन्ध मिलाउनु होस्।
५ सकारात्मक दृष्टिकोण राखेर, राम्ररी तयारी गरेर र हर मौकाको फायदा उठाएर हामी दिसम्बर महिनामा गृह बाइबल अध्ययन सुरु गर्न तयार हुनेछौं।