अरूहरूलाई परमेश्वरको पुत्र येशू ख्रीष्टबारे सिक्ने मदत दिनुहोस्
१ मसीही भनाउँदा तथा अन्य-जनहरूले येशूप्रति अलिकता बढी ध्यान दिसम्बर महिनामा दिने गर्छन्। अतः अझ सम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्ने यो एउटा राम्रो महिना हो। यो एउटा बहुमूल्य प्रकाशन हो। यसलाई सम्भवतः क्षेत्र-सेवकाईमा प्रस्तुत गर्ने तथा घरधनीसित छाडने हामीले हर प्रयास गर्नुपर्छ ताकि तिनीहरूले पनि यसबाट लाभ उठाउन सकून्। तर हामी यो कसरी गर्न सक्छौं?
२ येशूतर्फ ध्यान केन्द्रित गराउने बाइबलमा आधारित वार्तालाप तुरुन्तै सुरु गर्ने कोशिश गर्नुहोस्।
घरधनीलाई अभिवादन गरी सकेपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
◼ “सधैंभरि बाँच्ने कुरा आफ्नो बाइबलमा पढ्दा तिनीहरूलाई कस्तो लाग्छ, सो हामी आज आफ्ना छिमेकीहरूलाई सोध्दैछौं। [प्रतिक्रियाका लागि पर्खनु होस्] यो एउटा विशेष चासोको विषय हो किनभने यस सम्भावनाबारे बाइबलमा करीब ४० पटक चर्चा गरिएको छ। यसप्रकारको जीवन पाउनुको अर्थ हाम्रालागि के हुनु सक्छ? हेर्नुहोस्, यहाँ प्रकाश २१:४-ले के भन्छ। [पढ्नुहोस्] यहाँ कुन कुरा प्रतिज्ञा गरिएको छ, के तपाईंले देख्नु भयो? [प्रतिक्रियाका लागि पर्खनुहोस्] हामीले अनन्त जीवन कसरी पाउन सक्छौं?” यूहन्ना १७:३ पढ्नुहोस् र परमेश्वर तथा उहाँको पुत्र येशू ख्रीष्टबारे ज्ञान लिने आवश्यकतामाथि जोड दिनुहोस्। यसपछि घरधनीलाई सबैभन्दा महान पुरुष पुस्तक देखाउनु होस्। परिचयमा भएका उप-शीर्षकहरूलाई प्रयोग गर्दै उनको चासो जगाउनु होस् र चन्दा स्वरूप रु.४०/- लिएर उनलाई यो पुस्तक दिइनेछ भनी बताउनुहोस्।
३ यो सुझाव र प्रकाशन कुनै खास घरधनीका लागि उपुयक्त छैन जस्तो लागेमा नयाँ प्रहरीधरहरा र अवेक! अथवा के यो संसार रहिरहनेछ? भन्ने पर्चा छाड्न सक्नुहुन्छ। छाड्न लाग्नु भएको प्रकाशनबाट एक दुईवटा खास बुँदाहरू तर्फ ध्यान आकर्षित गराउनु होस्। यसै विषयमाथि छलफल गर्न फेरि कुनै अनुकूल समयमा आउने प्रबन्ध मिलाउनु होस्।
४ घरधनी व्यस्त देखिन्छन् भने चाहिं उक्त प्रस्तुतीलाई छोटो पार्नु उचित हुनेछ। निम्न प्रस्तुती प्रयोग गर्न नयाँ प्रकाशकहरूलाई पनि सजिलो हुन सक्छ।
आफ्नो परिचय दिसकेपछि हामी यसो भन्न सक्छौं:
◼ “अनन्त जीवन पाउने कुरा आ-आफ्नो बाइबलमा पढ्दा उनीहरूलाई कस्तो लाग्छ, सो आज हाम्रा छिमेकीहरूलाई सोध्दैछौं। उदाहरणका लागि हेर्नुहोस्, येशूले यूहन्ना १७:३-मा के भन्नु भएको छ। [पढ्नुहोस्] मानिसहरूलाई येशू र उहाँको शिक्षाबारे अझ बढी जानकारी लिने मदत दिन यो पुस्तक प्रकाशित गरिएको छ।” सबैभन्दा महान पुरुष पुस्तक खोलेर त्यहाँ भएका केही सुन्दर नक्साहरू देखाउनु होस्। यसपछि परिचयतिर जानुहोस् र “उहाँबारे सिकेर लाभ उठाउनु होस्” उप-शीर्षक मनिको दोस्रो अनुच्छेद पढ्नु होस्। तत्पश्चात् प्रकाशन उनीसित छाड्ने कुरा गर्नुहोस्।
५ घरधनीसित पुस्तक छाड्न सक्नु भयो भने त्यसै बेला अथवा केही दिनपछि आएर “स्वर्गबाट आएका समाचारहरू” भन्ने प्रथम अध्याय छलफल गर्ने प्रबन्ध मिलाउनु होस्। यसप्रकार तपाईंले एउटा गृह बाइबल अध्ययनका लागि पूर्वाधार बसाल्नु हुनेछ। तपाईं अर्को पटक आउँनु हुँदा घरधनीले यतिउति समय बिताउनु पर्छ भन्नुभन्दा उनले केही मिनेट मै परमेश्वरको वचन बाइबलबाट येशू ख्रीष्टबारे अझ रोचक कुराहरू सिक्न सक्नेछन् भन्नुहोस्।
६ अरूहरूलाई अनन्त जीवन तर्फ जाने बाटोमा हिंड्ने मदत दिन र परमेश्वरको पुत्र येशू ख्रीष्टमाथि ध्यान आकर्षित गराउन हामी सबैले यो सांसारिक चाड मान्ने समयको प्रयोग गरौं।—मत्ती ७:१४.