अर्थपूर्ण पुनःभेटहरूद्वारा आध्यात्मिक विकास गराउनमा सहयोग पुऱ्याउनु होस्
१ चासो देखाउने मानिसहरूलाई मदत गर्दा हामीले तिनीहरूसित नियमित रूपमा पुनःभेट गरेर आध्यात्मिक आहार दिनु अत्यावश्यक छ। यसप्रकारका भेटहरूद्वारा तिनीहरूले क्रमानुसार आध्यात्मिक उन्नति गर्ने मदत पाउने छन्। (१ कोरि० ३:६-९) तर हाम्रा भेटहरू अर्थपूर्ण हुनका लागि चाहिं हामीले ती व्यक्तिलाई ध्यानमा राखेर अग्रिम तयारी गर्नु पर्छ।
२ हामीले पर्चा छाडेका ठाउँहरूमा फर्केर जाँदा: सायद कुनै व्यस्त घरधनीसित प्रथम भेटमा शान्तिमय नयाँ संसार भन्ने पर्चा मात्र छाड्नु भएको हुन सक्छ।
प्रथम भेटमा छलफल गरेको विषयलाई सङ्क्षिप्तमा दोहोऱ्याइ सकेपछि हामीले सायद यसप्रकारको प्रश्न सोध्न सक्छौं:
▪“अब यी परिवर्तनहरू कुन सरकारद्वारा आउन सक्लान्? [टिप्पणीका लागि मौका दिनुहोस्।] किनकि तपाईं पनि त यसप्रकारका परिस्थितिहरूमा बाँच्न निश्चय चाहनु हुन्छ होला। तर यस्ता परिस्थितिहरूको आनन्द हामीले व्यक्तिगत रूपमा कसरी उठाउन सक्छौं?” यसपछि “यो तपाईंका लागि कसरी सम्भव हुनेछ” उप-शीर्षकमनिको विषयसामग्रीमाथि छलफल गर्नुहोस्। यस भेटमा तपाईंले सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकको ३०-औं अध्याय अर्थात् “सधैंभरि बाँच्नका लागि तपाईंले के गर्नु पर्छ” शीर्षकतर्फ ध्यान आकर्षित गर्न सक्नुहुन्छ। यस अध्यायको प्रथम दुई अनुच्छेदहरूमाथि विचारविमर्श गरी सकेपछि यो प्रश्न सोध्न सक्छौं: “परमेश्वरबारे लिएको शिक्षाले हामीमाथि के असर पार्नु पर्छ?” यसपश्चात् घरधनीसित किताब छाड्न सकिन्छ र उपरोक्त प्रश्न आउँदो भेटमा छलफल गर्ने प्रबन्ध मिलाउनु होस्।
३ सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तक लिएका व्यक्तिहरूकहाँ फर्केर जाँदा हामीले सायद यसो भन्न सक्छौं:
▪“हामीले अस्तिको पटक मानवजातिले सामना गर्नु परेका समस्याहरू र तिनीहरूको समाधानबारे परमेश्वरको प्रतिज्ञासम्बन्धी केही कुरा गरेका थियौं। साथै, परमेश्वरले यतिका लामो समयसम्म दुःख-कष्टलाई रहिरहन किन दिनु भएको छ भन्ने प्रश्न पनि उठाएका थियौं। उक्त प्रश्नको चाखलाग्दो जवाफ यस पुस्तकको ११-औं अध्यायमा पाउनु हुनेछ।” घरधनीलाई असुविधा नभएमा उनलाई पनि आफ्नो पुस्तक निकाल्न लाउनु होस्। एकदुईवटा अनुच्देहरू छलफल गरी सकेपछि हामी यो प्रश्न सोध्न सक्छौं: “परमेश्वरका प्रतिज्ञाहरूबाट लाभ उठाउन हामीले के गर्नु पर्छ?” अर्को भेटमा छलफल गर्नका लागि १२७ पानामा “परमेश्वरको राज्यको प्रजा हुने” शीर्षक भएको १५-औं अध्यायलाई औंल्याउन सकिन्छ।
४ हामीले पत्रिका छाडेका मानिसहरूकहाँ फर्केर जाँदा: घरधनीलाई चासो लाग्ने कुनै खास लेख तपाईंले रोज्नु भएको थियो भने त्यही लेखबाट थप बुँदाहरू लिएर कुरा अघि बढाउनु होस्। आफ्ना टिप्पणीहरूलाई एउटा मूल शास्त्र-पद र त्यसलाई छलफल गर्ने विषयसामग्रीमा सीमित राख्नु होस्। अझ चासो देखाएको खण्डमा चाहिं हाम्रा पत्रिकाहरूबाट उपलब्ध लाभहरूबारे कुरा गर्नु होस्। साथै, आउँदो अङ्कमा पनि सोही विषयबारे छलफल गर्ने कुनै लेख छ भने घरधनीको ध्यान त्यतातिर पनि आकर्षित गराउनु होस्। अथवा सधैंभरि बाँच्न सक्नुहुन्छ पुस्तकमा उपरोक्त विषय छलफल गर्ने सामग्रीलाई औंल्याउन सकिन्छ र त्यसमाथि अर्को पटक ध्यान दिने प्रबन्ध मिलाउन सकिन्छ।
५ हामीले अर्थपूर्ण पुनःभेटहरू गर्दै मानिसहरूप्रति व्यक्तिगत चासो देखाइरहनुको अर्थ मानिसहरू र यहोवाका लागि प्रेम प्रदर्शित गर्नु हो। (यूहन्ना १३:३४, ३५) अतः नियमित पुनःभेटहरू गर्दै हाम्रो क्षेत्रमा बस्ने मानिसहरूको आध्यात्मिक विकासमा सहयोग पुऱ्याउन हामी नछाडौं।