पुनःभेटमा जाँदा सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाउने
१ सत्यमा चासो देखाउनेहरूको हेरविचार गर्दा परिश्रमी हुन कत्तिको महत्त्वपूर्ण कुरा हो, सो प्रेरित पावललाई थाहा थियो। उहाँले ती चासो देखाउनेहरूलाई, नियमित तवर्मा पानी हाली रहनु पर्ने तथा खनजोत गरिरहनु पर्ने कलिलो बिरुवाहरू सित तुलना गर्नु भयो। (१ कोरि० ३:६-९) त्यसै अनुरूप, आज पनि चासो देखाउने मानिसहरूको आध्यात्मिक उन्नतिको विकास गर्न जाँदा, तिनीहरूलाई पनि हाम्रो त्यही कोमल हेरविचारको खाँचो छ।
२ कुनै पनि व्यक्तिसित हामीले गरेका पछिल्ला छलफलका कुराहरूलाई पुनः याद गराउन प्रायः संझौटोहरूको आवश्यकता पर्छ। यो कुरा हामीले मनमा राख्नु बेस हुने छ। तसर्थ, प्रत्येक पटक पुनःभेट गर्न जानु हुँदा, पछिल्लो भेटमा गर्नु भएका कुराहरू संक्षिप्तमा दोहोऱ्याउनु उचित हुन सक्छ। यसो गर्नु हुँदा, घरपट्टीले विशेष तवर्मा मूल्याङ्कन गरेका कुराहरू माथि ध्यान केन्द्रित गर्नु होस्। त्यो छलफलमा घरपट्टीलाई पनि समावेश गर्नु होस् तथा तिनको चासो र आवश्यकतालाई तयारी मनले बुझ्नु होस्।
३ पुनः भेट गर्नु हुँदा, घरपट्टीले “सधैंभरि बाँच्नु सक्नु हुन्छ” पुस्तक स्वीकारेका अथवा नस्वीकारेका भए तापनि, तपाईंले अध्ययन सुरु गर्ने कुरा यसरी सोझै उठाउन सक्नु हुन्छ:
◼ “हामीले कुरा गरेका धेरै मानिसहरूले यो पुस्तकको प्रयोगद्वारा बाइबल सम्बन्धी प्रश्नका उत्तरहरू पाएका छन्।” त्यस पछि, सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको विषय सूची पल्टाएर, तपाईं सोध्न सक्नु हुन्छ: “यी मध्ये कुन विषयमा तपाईंलाई सबैभन्दा बढी चासो लाग्छ?” घरपट्टीले चासो व्यक्त गरेका अध्याय खोल्नु होस्। तिनले प्रत्येक अनुच्छेदबाट मुख्य मुख्य बुँदा टिप्न सकून भनेर, प्रत्येक अङ्कित अनुच्छेद पछि, पानाको तल्लोपट्टि त्यही अनुच्छेद सित सम्बन्धित प्रश्न दिइएको छ भनेर देखाउनु होस्। एक दुईवटा बुँदाहरू मात्र छलफल गर्नु होस् तथा फर्केर आउने निश्चित प्रबन्ध मिलाउनु होस्।
४ अर्को तरीका यस प्रकार:
◼ “बितेको साताको हाम्रो छलफल मलाई साँच्चै नै रमाइलो लाग्यो। हामी मानिसहरूका घरहरूमा फर्की-फर्की किन जान्छौं? यो धेरै जना जान्न चाहन्छन्। मेरो विचारमा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको २९ पृष्ठको यो टिप्पणी तपाईंका लागि चाखलाग्दो हुन सक्छ। [अनुच्छेद ११ पढी दिनु होस्।] परमेश्वरलाई हाम्रो उपासना ग्रहणयोग्य हुनका लागि के आवश्यक छ? हामीले अहिले पढेका कुराको आधारमा, तपाईं के भन्नु हुन्छ?” [घरपट्टीलाई प्रत्युत्तर दिने समय दिनु होस् र त्यस पछि सऱ्हनी दिनु होस्।] आफ्नो धर्म परमेश्वरको नजरमा ग्रहणयेग्य छ भनी ठान्ने केही मानिसहरू उहिले येशूको समयमा पनि थिए। हेर्नु होस् त यस अध्यायको अनुच्छेद २-मा तिनीहरूको विषयमा के भनिएको थियो।” पढ्नु होस् तथा ती बयानहरू माथि टिप्पणी गर्नु होस्।
५ “पछिल्लो पाली जाँदा “सधैंभरि बाँच्न सक्नु हुन्छ” पुस्तक छोड्नु भएको ठाउँमा, तपाईंले यसो भन्न सक्नु हुन्छ:
◼ “म यहाँ पछिल्लो पाली आउँदा, परिवर्तनको आवश्यकता परेका विश्व अवस्थाहरू बारे हामीले छलफल गऱ्यौं। परमेश्वरले दुष्टता किन रहि रहन दिनु हुन्छ? के तपाईंले यस विषयमा कहिले विचार गर्नु भएको छ?” प्रत्युत्तरको लागि समय दिनु होस् तथा अध्ययनका लागि तयार पारिएका प्रश्नहरूमा ध्यान दिंदै पृष्ठ ९९, अनुच्छेद २ पढ्नु होस्। शास्त्रपद्यहरूलाई खोलेर हेर्दै यो अनुच्छेदलाई पढेर त्यसमाथि छलफल गर्नु होस्। उदाहरणका लागि, यो पुस्तकका पृष्ठहरू ७८, ८४-५, ११९, १४७, १४९-५३, तथा १५६-८ का विशेष चित्रहरू पल्टाएर तपाईंले यो छलफललाई अझ अघि बढाउन सक्नु हुन्छ।
६ पर्चा छोड्नु भएको ठाउँमा: कहिले काहीं पहिलो भेटमा नै हामी घरपट्टीसित एउटा पर्चा छोडेर आउँछौं। पुनःभेट गर्न जाँदा, पर्चामा उल्लेखित शास्त्रपद्यहरूका साथ साथै एक दुईवटा अनुच्छेदहरू माथि त्यस पछि छलफल गर्न सक्नु हुन्छ। यो पर्चामा उल्लेखित कुनै एउटा शास्त्रपद्यको अझ विस्तृत जानकारी सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकमा कसरी दिइएको छ, सो देखाउनु होस्। त्यो व्यक्तिविशेषले चासो प्रकट गरेमा, तपाईंले तिनलाई सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक दिन सक्नु हुन्छ तथा अर्को भेटमा त्यो छलफल जारी राख्ने प्रबन्घ मिलाउन पनि सक्नु हुन्छ।
७ विश्वासिलो भएर जसै हामी आफ्नो जिम्मामा भएका मसीही विश्वासका कमलो बिरुवाहरूमा पानी हाल्छौं, परमेश्वरले आफ्नो प्रशंसा तथा महिमाका लागि तिनलाई बढाउनु हुने छ।—१ कोरि० ३:७.