प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अक्टोबर p. १
  • समय अहिले नै हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समय अहिले नै हो
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • आध्यात्मिक लक्ष्यहरू राखेर सृष्टिकर्ताको महिमा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • १२ लक्ष्य राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • आफ्नो आध्यात्मिक लक्ष्यमा कसरी पुग्ने
    हाम्रो राज्य सेवकाई—२००६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अक्टोबर p. १

समय अहिले नै हो

१ कोरिन्थीहरूलाई आफ्नो दोस्रो पत्र लेख्दा तिनीहरूले यरूशलेममा भएका आफ्ना सङ्‌गी मसीहीहरूका लागि असल राहत कार्य गर्न लिएको निर्णयबारे प्रेरित पावलले सम्झाए। तथापि, वर्षदिन बितिसक्दा पनि आफूले थालेको काम तिनीहरूले अझै सिध्याउन सकेका थिएनन्‌। अतः तिनले उनीहरूलाई यस्तो आग्रह गरे: “अब गएर काम सिध्याऊ, काम सुरु गर्न जस्तो इच्छुक थियौ, त्यस्तैगरि पूरा पनि गर।”—२ कोरि. ८:११, द न्यु इङ्‌गलिस बाइबल.

२ हामी सबैले एक न एक समय आफ्नो निम्ति लक्ष्यहरू निर्धारण गरेका छौं। शायद हामीले क्षेत्र सेवकाईमा अझ बढी भाग लिने, आफ्ना भाइहरूसित अझ राम्ररी परिचित हुने, सेवा गर्ने सुअवसरका लागि योग्य बन्‍ने अथवा त्यस्ता कुनै कमजोरीहरू हटाउने निर्णय गरेका हौंला। राम्रै मनसाय लिएर सुरु गरेको भए तापनि लक्ष्य प्राप्त गर्न लगनशील भने भएका छैनौं होला। हामीले कुनै खास प्रगति गरेका रहेनछौं भनी शायद हामीलाई हप्तौं, महिनौं वा वर्षदिन पछि मात्र थाहा लाग्ला। यसो हेर्दा “गएर काम सिध्याऊ” भन्‍ने सल्लाह के हामीलाई पनि चाहिएको पो हो कि?

३ हाम्रा लक्ष्यहरू हासिल गर्ने: व्यक्‍तिगत लक्ष्य निर्धारण गर्न सजिलै छ तर त्यसलाई पूरा गर्न भने त्यति सजिलो छैन। कामकुरालाई टाल्ने प्रवृत्तिले गर्दा कुनै प्रगति नहुनसक्छ। अतः मनमा दृढ निर्णय गरेर अविलम्ब प्रगति गर्न कटिबद्ध हुनुहोस्‌। व्यक्‍तिगत रूपमा व्यवस्थित हुनु अत्यावश्‍यक छ। काम पूरा गर्न समय छुट्ट्याउनु र छुट्ट्याएको समयलाई त्यही उद्देश्‍यका लागि मात्र प्रयोग गर्नु महत्त्वपूर्ण छ। काम फत्ते गर्ने म्याद तोकेर त्यसलाई पूरा गर्न आत्म-अनुशासनको अभ्यास गर्नु राम्रो उपाय हो।

४ आफ्ना लक्ष्यहरू पूरा गर्न कठिन पर्दा यस्ता तर्कहरू गर्न सजिलो छ: ‘म पछि गरूंला।’ तर पछि के हुन्छ हामीमध्ये कसैलाई पनि थाहा छैन। हितोपदेश २७:१ ले यसो भन्छ: “भोलिको घमण्ड नगर्‌, आज र भोलिभित्र के हुन्छ भनी तँ जान्दैनस्‌।” भविष्यप्रति अनावश्‍यक रूपमा निर्धक्क हुनदेखि चेला याकूबले चेतावनी दिए। किनभने हामी “यो जान्दैनौं, कि भोलि के हुने हो। . . . [र] जसले भलाई गर्न जानीकन पनि गर्दैन, त्यसलाई पाप लाग्छ।”—याकू. ४:१३-१७.

५ थुप्रै अलमल्याउने कुराहरू र अरूले गरेका साह्रै बढी मागहरूले गर्दा हाम्रा लक्ष्यहरू फिका हुँदै जानसक्छ। आफ्ना लक्ष्यहरू मनमा ताजा राख्न सजग प्रयत्नको खाँचो पर्छ। त्यसलाई प्रार्थनामा समावेश गर्नु मदतकारी हुन्छ। र हामीलाई त्यसको सम्झना गराउन र प्रोत्साहन दिन आफ्ना घनिष्ठ सम्बन्धीहरूलाई आग्रह गर्नु पनि एक किसिमले मदतकारी नै हुनसक्छ। हाम्रो प्रगतिलाई जाँच्न नबिर्सन पात्रोमा चिह्न लगाउन सकिन्छ। आफूले “मनमा अड़कले बमोजिम” गर्न कुनै पनि व्यक्‍तिले मनमा दृढ निर्णय गर्नुपर्छ।—२ कोरि. ९:७.

६ अक्टोबर महिना हाम्रा लक्ष्यहरूमाथि ध्यान केन्द्रित गर्ने राम्रो मौका हो। ढोका-ढोका प्रचार-कार्य र पुनःभेटहरू गर्दा हामी मानिसहरूसमक्ष प्रहरीधरहरा अनि अवेक! को ग्राहक सुविधा प्रस्तुत गर्नेछौं। के हामी त्यस्तै कुनै व्यवहारिक लक्ष्य निर्धारण गर्न सक्छौं? कुनै सङ्‌ख्या निर्धारण गरेर म यति ग्राहकहरू बनाउँछु भनी लक्ष्य बनाए कसो होला? अथवा अझ धेरै पत्रिका वितरण गर्ने लक्ष्य पो बनाउन सकिन्छ कि? अझ बढी पुनःभेटहरू गर्ने निर्णय गर्दै नयाँ बाइबल अध्ययनहरू सञ्चालन गर्नु धेरैका लागि व्यवहारिक लक्ष्य हुनसक्छ।

७ यो ‘संसार बितिजाने’ भएकोले महत्त्वपूर्ण कुराहरूलाई त्यसै लत्याउनु बुद्धिमानी होइन। (१ यूह. २:१७) अहिले हामीले यहोवाको सेवामा विशेष सुअवसरहरू र आशिष्‌हरू पाइरहेका छौं। तर त्यसको फाइदा उठाउने नउठाउने हाम्रो हातमा छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने