सामयिक राज्य समाचार विश्वभरि वितरण गरिने
१ “झूटा धर्मको अन्त नजिकै छ” भन्ने ध्यानाकर्षक विषयमा अप्रिल २३, आइतबारको दिन एउटा विशेष जनभाषण दिइनेछ। त्यस दिन सभाको समापनमा विचारोद्दीपक चार पृष्ठे राज्य समाचार विमोचन गरिनेछ। यसमा भएको सामयिक समाचार अप्रिल २४ देखि मे १४ सम्म तीन हप्तामा विश्वभरि वितरण गरिनेछ।
२ सारा संसारभरि मानिसहरू व्याकुल छन्। तिनीहरू जहाँसुकै भए तापनि समस्याहरूले पीडित छन्। के भइरहेछ भनी गम्भीर चिन्ता राख्ने व्यक्तिहरूका लागि राज्य समाचार साँच्चै चाखलाग्दो हुनेछ किनभने त्यसले मानिसको निम्ति निर्देशनको एक मात्र अचूक स्रोतको रूपमा परमेश्वरको वचनतर्फ डोऱ्याउनेछ। (भजन. ११९:१०५) अप्रिल २३ मा राज्य समाचार विमोचन हुँदा त्यसको एक प्रति प्राप्त गर्न हामी सबै उत्सुक छौं। त्यतिञ्जेल यस व्यापक तीन-हप्ते अभियानको तयारीमा हामीले गर्न सक्ने निकै कामहरू छन्।
३ जोशका साथ भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्: यस कार्यमा क-कसले भाग लिन सक्छन्? प्रकाशक भइसकेका सबै यसमा भाग लिन निस्सन्देह उत्सुक हुनेछन्! नियमित तवरले मण्डलीका सभाहरूमा उपस्थित भइरहेका बाइबल विद्यार्थीहरू नि? केहीले हामीसित संगत गरेको निकै समय भइसक्यो र तिनीहरूले अनवरत प्रयास गरिरहेका छन्। शास्त्रीय सिद्धान्तअनुरूप आफ्नो जीवन बिताएका छन् भने के तिनीहरू राज्य उद्घोषकहरू हुन योग्य छन्? बाइबल अध्ययन सञ्चालन गर्ने प्रकाशकले विद्यार्थीसित छलफल गर्न सक्छन् र उक्त विद्यार्थी क्षेत्र सेवकाईमा भाग लिन इच्छुक छन् भने दुई प्राचीनहरूले अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) पुस्तकबाट पृष्ठ ९८ तथा ९९ को विषयवस्तु तिनीसित पुनरावलोकन गर्नेछन्। यो यथासक्दो चाँडो गरिनुपर्छ ताकि बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन योग्य व्यक्तिहरूले यस अभियानमा पूर्ण तवरले भाग लिन सकून्। बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन अयोग्य बाइबल विद्यार्थीहरूलाई यो सामयिक राज्य समाचार आफ्नो चिनजान वा परिवारका सदस्यहरूलाई बाँड्न प्रोत्साहन दिन सकिन्छ।—द वाचटावर, नोभेम्बर १५, १९८८, पृष्ठ १७, अनुच्छेद ८ हेर्नुहोस्।
४ यो कुनै गाह्रो काम होइन; यसमा सबैले भाग लिन सक्छन्। साप्ताहिक पारिवारिक बाइबल अध्ययनमा आमा-बाबुले राज्य समाचार-को अभ्यास कार्यक्रम समावेश गर्न सक्छन् जसले गर्दा घर-घरमा यो प्रस्तुत गर्न परिवारका प्रत्येक सदस्य पूर्णतया तयार हुनेछन्। सरल प्रस्तुति प्रायजसो बेस हुन्छ। संक्षिप्त परिचयपछि घरधनीलाई राज्य समाचार प्रस्तुत गर्नुहोस् र त्यो पढ्न उहाँलाई प्रोत्साहन दिनुहोस्। घरधनीहरूले चासो देखाएमा त्यो खेती गर्न एउटा रिकर्ड बनाउनुहोस्। (१ कोरि. ३:६, ७) सफलताको कुञ्जी सरल, राम्ररी तयार पारिएको प्रस्तुति हो।
५ अप्रिल र मे महिनामा “प्रशस्त” काम हुनेछ। हाम्रो राज्य सेवकाई-को आउँदो अंकमा “प्रभुको काममा प्रशस्त” शीर्षक भएको परिशिष्टांक मार्फत थप जानकारी प्रदान गरिनेछ।—१ कोरि. १५:५८.