प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 मे पृ. ८
  • नम्र मानिसहरूका लागि सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्र मानिसहरूका लागि सुसमाचार
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • पत्रिकाबारे के भन्‍ने
    हाम्रो राज्य सेवा—२०११
  • नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 मे पृ. ८

नम्र मानिसहरूका लागि सुसमाचार

१ हामी सन्‍निकट न्यायको समयमा बाँचिरहेका छौं। (इजकि. ९:५, ६) आउनै लागेका कुराहरूका लागि तयार हुन सारा नम्र मानिसहरूलाई जानकारी दिनु जरुरी छ। यहोवाको करुणाले गर्दा उहाँले आफ्ना जनहरूलाई “सुसमाचार सुनाउन” आदेश दिनुभएको छ। (यशै. ६१:१, २) हाम्रा पत्रिकाहरूले यो सुसमाचार टाढा टाढासम्म पुऱ्‍याउन हामीलाई मदत दिन्छन्‌।

२ हामीलाई बलियो र उत्प्रेरित गर्न प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाले खँदिलो आध्यात्मिक आहार दिन्छ। चाँडै परमेश्‍वरको राज्यले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ भनेर प्रहरीधरहरा-ले नम्र मानिसहरूलाई सान्त्वना प्रदान गर्छ। ब्यूँझनुहोस्‌!-ले शान्तिमय सुरक्षित नयाँ संसार ल्याउने सृष्टिकर्ताको प्रतिज्ञामाथि विश्‍वास बढाउँछ। नम्र मानिसहरूलाई सुसमाचार दिने सबैभन्दा शीघ्र तरिका यी पत्रिकाहरूको विस्तृत वितरण हो। हालैका अंकहरूबाट हामी कुन वार्तालापीय बुँदाहरू देखाउनसक्छौं?

३ उपयुक्‍त देखिएमा “दैनिक बाइबल पढाइबाट लाभ उठाउने” शीर्षकको लेख देखाउँदै मे १ को “प्रहरीधरहरा” प्रस्तुत गरेर तपाईं सोध्न सक्नुहुन्छ:

▪“हामीले बाइबल पढेर के फाइदा पाउनसक्छौं जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबल आफैले रोमी १५:४ मा यस प्रश्‍नमाथि तर्क गर्न मदत दिन्छ। [रोमी १५:४ पढ्‌नुहोस्‌।] धेरै मानिसहरू विशेषगरि चर्चसित सम्बन्धित मानिसहरूसँग बाइबल भए तापनि थोरैले मात्र नियमित रूपमा पढ्‌न समय निकाल्छन्‌। हामी विश्‍वास गर्छौं, भविष्यको लागि निश्‍चित आशा बाइबलमा मात्र पाइन्छ र यो पढेमा हामी लाभान्वित हुनेछौं।” थप उपयुक्‍त टिप्पणीहरू गरेर पत्रिका प्रस्तुत गर्नुहोस्‌।

४ “हाम्रा पुर्खाहरूका लागि नयाँ जीवन” नामक आकर्षक लेख मे १५ को “प्रहरीधरहरा[ले]” प्रस्तुत गर्छ। तपाईंले यो परिचयबाट चासो जगाउन सक्नुहुन्छ:

▪“प्रायः धेरैले आफ्ना पुर्खाहरू कस्तो होला भनेर विचार गरेका छन्‌। तर ती पुर्खाहरू मरिसकेकोले कहिल्यै थाह पाउने छैनन्‌ भनेर बताउँछन्‌। तपाईंलाई हाम्रो पुर्खाहरू चिन्‍न के सम्भव छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। यूहन्‍ना ५:२८, २९ पढ्‌नुहोस्‌ र परमेश्‍वरले कसरी पार्थिव प्रमोदवनमा नयाँ जीवन दिने प्रतिज्ञा गर्नुभएको छ बुझाउनुहोस्‌।

५ तपाईंले यस्तो प्रश्‍न गरेर मे ८ को “अवेक!” प्रस्तुत गर्न सक्नुहुन्छ:

▪“तपाईंलाई जीवन बाँच्न योग्य बनाउने हो भने के चाहिन्छ जस्तो लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। पृष्ठ २६ को “जीवनको अर्थ के हो?” शीर्षक लेख उल्लेख गर्नुहोस्‌ र उपदेशक २:११ मा सुलेमानले भनेका कुराहरू पढ्‌नुहोस्‌। अनि अध्याय १२, पद १३ मा उनको सल्लाह देखाउनुहोस्‌ र घरधनीलाई पत्रिका लिन आग्रह गर्नुहोस्‌।

६ यदि तपाईं मे १४ अघि पत्रिका बाँड्‌ने काम गर्दै हुनुहुन्छ भने राज्य समाचार न. ३४ पर्चा आफूसँग राख्न नभुल्नुहोस्‌ र पर्चा नभएका सबैलाई एक प्रति टक्राउनुहोस्‌। हर समय पत्रिका आफूसँग राख्नुहोस्‌ र अनौपचारिक साक्षी दिंदा समेत टक्राउन तयार हुनुहोस्‌। परिवारका अरूहरू साथै भेट्‌न आउने साथीहरूले ती पढ्‌ने भएकोले हामी सधैं साहित्यहरू दिन तयार हुनुपर्छ। (१ तिमो. ६:१८) हामीले नम्र मानिसहरूलाई दिने सुसमाचारले उनीहरूको जीवन बच्नसक्छ।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने