प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अक्टोबर p. ८
  • हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • आफ्नो सेवकाईमा पत्रिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
  • अक्टोबर महिनामा ग्राहक बनाउन सजग हुनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • पत्रिकाहरू राज्य घोषणा गर्छन्‌
    हाम्रो राज्य सेवकाई—१९९८
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 अक्टोबर p. ८

हरेक अवसरमा ग्राहक बनाउने प्रस्ताव राख्नुहोस्‌

१ हामीसित प्रहरीधरहरा र ब्यूँझनुहोस्‌!-को मूल्यांकन गर्ने ठोस कारण छ। यी पत्रिकाहरूले जस्तै के अरू कुनै पत्रिकाहरूले संसारभरिका मानिसहरूको मन जित्न सकेको छ र? यो महिना प्रचार गर्दा हामी यी पत्रिकाहरूको ग्राहक बन्‍ने प्रस्ताव राख्नेछौं। अनि अक्टोबर महिनाका अंकहरूमा निकै जोडदार जानकारी प्रस्तुत गरिएका छन्‌! प्रायजसो घर-घरको कार्यमा अक्सर हामी पत्रिकाहरू प्रस्तुत गर्छौं र ग्राहकहरू बनाउँछौं। यद्यपि, हरेक अवसरमा पत्रिकाहरू प्रस्तुत गर्न पनि हामी तम्तयार हुन चाहन्छौं।

२ अक्टोबर १ को “प्रहरीघरहरा” प्रस्तुत गर्नुहुँदा “युद्धरहित संसार—कहिले?” शीर्षक भएको लेखप्रति यसो भन्दै चासो जगाउन सक्नुहुन्छ:

▪“मानिसहरूले गरेका प्रयासहरूको बावजूद पनि शान्तिमय संसार पाउनु किन यति कठिन देखिन्छन्‌ भनी अधिकांश मानिसहरू सोच्छन्‌। अक्टोबर १ को प्रहरीधरहरा पृष्ठ ४ मा प्रकाशित यी वाक्यहरूप्रति तपाईंको के विचार छ? [पृष्ठको ४ को पुछारमा दिइएको पेटीबाट केही वाक्यहरू पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] निस्सन्देह, यहाँ कहिल्यै शान्ति छाउनेछैन भन्‍न खोजिएको होइन। यहाँ यशैया ९:६, ७ मा दिइएको परमेश्‍वरको प्रतिज्ञालाई ध्यान दिनुहोस्‌ त।” यो पद आफ्नो बाइबलबाट वा यस प्रहरीधरहरा-को पृष्ठ ७, दोस्रो लहरमाथि दिइएको उद्धरण पढ्‌न सक्नुहुन्छ। शान्तिमय संसारको आशा प्रदान गर्ने एक मात्र स्रोत परमेश्‍वरको राज्य हो भनी प्रहरीधरहरा-ले समर्थन गर्छ भनी छोटकरीमा बताउनुहोस्‌ र त्यस व्यक्‍तिलाई त्यो लेख पढ्‌ने प्रोत्साहन दिनुहोस्‌।

३ बाइबलप्रति त्यति चासो नराख्ने व्यक्‍तिसित कुरा गर्दै हुनुहुन्छ भने अक्टोबर २२ को “अवेक!” यसो भन्दै प्रस्तुत गर्न सक्नुहुन्छ:

▪“‘जीवन किन यति छोटो छ?’ यस पत्रिकाको आवरण पृष्ठमा सोधिएको यो प्रश्‍नबारे तपाईंको के विचार छ? [जवाफ दिने मौका दिनुहोस्‌।] आधुनिक वैज्ञानिकहरू तथा अन्य व्यक्‍तिहरू वृद्धावस्थाबारे के भन्छन्‌ र अनन्त जीवनको प्रतिज्ञा गर्नुहुने हाम्रो सृष्टिकर्ताले कस्तो प्रत्याशाको प्रतिज्ञा गर्नुभएको छ, त्यसमाथि यी श्रृंखलाबद्ध लेखहरूले ध्यानाकर्षण गर्छ। तपाईंले यो पत्रिका हुलाकमार्फत नियमित तवरमा प्राप्त गर्नुहोस्‌ भन्‍ने इच्छा म गर्छु।”

४ धार्मिक झुकाउ भएका मानिसहरू भेटाउनु भयो भने अक्टोबर १५ को “प्रहरीधरहरा” प्रस्तुत गरे कसो होला? यो प्रस्तुतिले शायद अनुकूल प्रतिक्रिया जगाउनसक्छ:

▪“परमेश्‍वरलाई प्रेम गर्नु र उहाँको भय पनि राख्नु के सम्भव छ र? यस प्रश्‍नबारे तपाईंको जवाफ के छ म बुझ्नसक्छु? जवाफ दिने मौका दिनुहोस्‌। अनि “अहिले साँचो परमेश्‍वरको भय किन राख्नुपर्छ?” लेखको चित्रमुनि दिइएको शीर्षक पढ्‌नुहोस्‌। (उप. १२:१३) रीजनिंग (तर्क) पुस्तकको पृष्ठ १९९ को कुनै एउटा उदाहरण चलाउनुहोस्‌ र ग्राहक बन्‍ने प्रस्ताव राख्नुहोस्‌।

५ घर-घरको सेवकाईमा स-साना खुद्रा पसलेहरूलाई नबिर्सनुहोस्‌। ती पसलेहरूसित नियमित तवरमा कुरा गर्नेहरूले रमाइलो र फलदायी नतिजा पाएका छन्‌। अक्टोबर ८ को “अवेक!” प्रस्तुत गर्नुहुँदा यस्तो सरल प्रस्तुति प्रयोग गर्न सक्नुहुन्छ:

▪“व्यापारीहरू आफ्नो समुदायलाई असर गर्ने विषयहरूप्रति नवीनतम जानकारी प्राप्त गर्न इच्छुक हुन्छन्‌ भनेर हामीलाई थाह भएकै कुरा हो। यी लेखहरू तपाईंलाई चाखलाग्दो लाग्नेछ भनी म विश्‍वस्त छु।” त्यसपछि “बाबु वा आमा मात्र भएको परिवार—तिनीहरू कत्तिको सफल हुनसक्छन्‌?” लेखको एउटा बुँदा छोटकरीमा बताउनुहोस्‌।

६ तपाईंले भेट्‌नुभएको व्यक्‍ति साँच्चै नै व्यस्त छ भने पत्रिका देखाएर यसो भन्‍नुहोस्‌:

▪“शायद तपाईंले आज कोही आगन्तुकलाई भेट्‌ने आशा त गर्नुभएको थिएन होला, त्यसैकारण म छोटकरीमा बताउनेछु। म तपाईंलाई एउटा महत्त्वपूर्ण समाचार पढ्‌ने सुअवसर दिन चाहन्छु।” तपाईंले छान्‍नुभएको लेख देखाउनुहोस्‌ र पत्रिकाहरू प्रस्तुत गर्नुहोस्‌।

७ घर-घरको रिकर्ड राम्ररी राख्नुहोस्‌ र पत्रिका दिनुभएको सबै ठाउँहरूमा फेरि जानुहोस्‌। ग्राहक बन्‍न इन्कार गर्नेहरूलाई पत्रिकाको एक प्रति लिने प्रस्ताव राख्न नभुल्नुहोस्‌। त्यसपछि पुनःभेटमा ग्राहक बन्‍ने प्रस्ताव फेरि राख्नुहोस्‌। ग्राहक बन्‍ने प्रस्ताव राख्न हरेक उपयुक्‍त अवसरको निम्ति तयार र चनाखो होऔं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने