प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 अक्टोबर पृ. ७
  • हामीलाई मण्डली चाहिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीलाई मण्डली चाहिन्छ
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • यहोवाको मण्डलीमा तपाईँको स्थान छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 अक्टोबर पृ. ७

हामीलाई मण्डली चाहिन्छ

१ कोरहका छोराहरूले यहोवाको मण्डलीप्रति एक चोटि यसप्रकार मूल्यांकन जाहेर गरे: “तपाईंको दरवारमा एक दिन हजार दिनभन्दा असल छ।” (भज. ८४:१०) संसारमा भएको अरू कुनै कुरा तिनीहरूका लागि यो भन्दा उत्तम हुन सक्दैन थियो। यस्तै भावनाले तपाईं पनि ओतप्रोत हुनुहुन्छ भने तपाईंले मण्डलीलाई आफ्नो जीवनको केन्द्रबिन्दु बनाउनुर्छ।

२ यहोवाको आशिष्‌ छ भनेर मसीही मण्डलीले आफ्नो स्थापनाकालदेखि नै प्रकट गरेको छ। (प्रे. १६:४, ५) हामीमध्ये कसैले मसीही मण्डलीलाई हलका सम्झने वा यसलाई एकसाथ भेला हुने ठाउँ मात्र सम्झनु हुँदैन। हरेक समुदायका यहोवाका साक्षीहरूले प्रोत्साहन र बल पाउने स्थान नै मण्डली हो। यहोवाबाट सिकाइएको हुन र राज्य सेवकाईको लागि सुव्यवस्थित हुन सकोस्‌ भनेर यसले ऐक्यबद्ध संगति प्रदान गर्छ।—यशै. २:२.

३ हामीलाई सत्य सिकाउने आधारभूत माध्यम मसीही मण्डली हो। (१ तिमो. ३:१५) येशूका चेलाहरू परमेश्‍वर, ख्रीष्ट र एकअर्कोसित “एक” हुनुपर्छ। (यूह. १७:२०, २१; यशैया ५४:१३ तुलना गर्नुहोस्‌।) अतः संसारको जुनसुकै भागमा जाऔं, हाम्रा भाइहरूले बाइबलका शिक्षा तथा सिद्धान्तहरूमा विश्‍वास गरेको र त्यसैअनुरूप जीवन बिताएको पाउँछौं।

४ चेला बनाउने अभिभारा पूरा गर्न मण्डलीले हामीलाई तालिम दिएको छ र सुसज्जित बनाएको छ। प्रत्येक महिना प्रहरीधरहरा, अवेक! (ब्यूँझनुहोस्‌!) र हाम्रो राज्य सेवकाई-ले शास्त्रीय छलफलहरू सुरु गर्न मदतकारी जानकारी दिन्छ। सभाहरूले इच्छुक व्यक्‍तिहरू खोज्ने र तिनीहरूको चासोलाई बढाउने तरिकाहरू सिकाउँछ। यस कार्यमा परमेश्‍वरको हात छ भनेर विश्‍वभरि भइरहेको उन्‍नतिले प्रमाणित गर्छ।—मत्ती २८:१८-२०.

५ ‘प्रेम र सुकर्ममा उत्तेजित गराउने’ प्रोत्साहन मण्डलीबाट दिनहुँ पाउँछौं। (हिब्रू १०:२४, २५) परीक्षाहरू आउँदा विश्‍वासीपूर्वक धैर्य धारण गर्ने बल पाउँछौं। मायालु निरीक्षकहरूले हामीलाई दबाब र फिक्रीहरूको सामना गर्ने मदत दिन्छन्‌। (उप. ४:९-१२) पथभ्रष्ट हुनलागेका छौं भने आवश्‍यक सल्लाहहरू दिइन्छ। के अरू कुनै संगठनले यसरी मायालुपूर्वक हेरचाह गर्छ र?—१ थिस्स. ५:१४.

६ हाम्रो एकतालाई कायम राख्न उहाँको संगठनसित घनिष्ठ होऔं भन्‍ने यहोवा इच्छा गर्नुहुन्छ। (यूह. १०:१६) विश्‍वासी दास वर्गसित हाम्रो सम्बन्धलाई कायम राख्न मण्डलीले मदत दिने एउटा तरिका परिभ्रमण निरीक्षकको प्रबन्ध हो। र यसले हामीलाई प्रोत्साहन दिन्छ। यस मायालु प्रबन्ध स्वीकार्नाले हामी एकअर्कोसित घनिष्ठ हुन्छौं र फलतः आध्यात्मिक तवरमा बलियो हुन मदत पाउँछौं।

७ आध्यात्मिकतामा जीवित रहन मण्डली अपरिहार्य छ। मण्डलीबाट अलग्गिएर यहोवालाई स्वीकार्य ढंगमा उहाँको उपासना गर्नु असम्भव छ। अतः यहोवाले प्रबन्ध गर्नुभएको मण्डलीसित हामी घनिष्ठ होऔं। त्यसका लक्ष्यहरू पूरा गर्न र त्यहाँबाट पाएका सल्लाहहरूलाई निष्कपटतापूर्वक पालन गर्न प्रयत्न गरौं। यसो गऱ्‍यौं भने मात्र मण्डलीलाई हामी कति मूल्यवान्‌ ठान्छौं, देखाउन सक्नेछौं।—भज. २७:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने