जनवरी महिनाका लागि सेवा सभाहरू
जनवरी १ मा सुरु हुने हप्ता
गीत १३३ (६८)
७ मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू।
१३ मि: “अन्तरदृष्टिसहित प्रचार गर्नुहोस्।” मुख्य बुँदाहरू छलफल गर्नुहोस्। एक दुइटा प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्। पूर्वप्रकाशित कुन कुन पुस्तकहरू स्टकमा छन् मण्डलीलाई जानकारी दिनुहोस्।
१० मि: “कम्प्युटर प्रविधिप्रति सन्तुलित दृष्टिकोण कायम राख्नु।” परिशिष्टांक लेख। प्रश्नोत्तर छलफल। स्थानीय प्रयोग बताउनुहोस्। अरूलाई कम्प्युटर वा अन्य कुनै तरिकाले हाम्रो भाषण र सभामा पाएका भागहरू तयार गरिदिन आग्रह गर्नुबाट सतर्क रहनुपर्ने कुराप्रति सबैको ध्यानाकर्षण गर्नुहोस्। कागजपत्रमा भएका मण्डलीका अभिलेखहरू मण्डलीमै राखिने भए तापनि गोप्य राख्नुपर्ने आवश्यकतामा जोड दिनुहोस्। मण्डलीका कार्यहरूको लागि उपलब्ध गराइएका फारामहरू प्रयोग गर्ने निर्देशनमाथि जोड दिनुहोस् र सोसाइटीबाट मुद्रित फारामहरू उपलब्ध छन् भने व्यक्तिगत तवरमा बनाइएका फारामहरू प्रयोग गर्नु अनुपयुक्त छ भनेर उल्लेख गर्नुहोस्।
१५ मि: स्थानीय आवश्यकताहरू। (अथवा अक्टोबर १, १९९५ को प्रहरीधरहरा, पृष्ठ २५-८ को “अविलम्बी हुनुपर्ने चेतनालाई जोगाउनुहोस्” शीर्षक लेखमा आधारित भाषण।)
गीत २८ (५) र समापन प्रार्थना।
जनवरी ८ मा सुरु हुने हप्ता
गीत १३८ (७१)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। स्थानीय तथा विश्वव्यापी तवरमा सुसमाचार प्रचार गर्न दिइएको आर्थिक सहयोगको सराहना गर्नुहोस्।
१५ मि: एड्भान्स् मेडिकल डिरेक्टिभ/रिलिज कार्डको (अग्रिम चिकित्सा निर्देश/पुर्जी) सुरक्षात्मक मूल्य। प्रत्येकले एड्भान्स् मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) राम्ररी भरेको र हरबखत साथै राखेको हुनुपर्छ। अनि केटाकेटीहरूले पनि तिनीहरूको आइडेन्टिटी कार्ड (परिचयपत्र) सधैं आफैसित राख्नु त्यतिकै जरुरी छ भनेर प्राचीनले मण्डलीसित छलफल गर्नेछन्। कार्डमा लेखिएझैं यसले उपचारको क्षेत्रमा के गरेको चाहन्छौं (वा के चाहँदैनौं) अग्रिम जानकारी प्रदान गर्छ। तर प्रत्येक वर्ष यसो किन गरिन्छ? म्याद नाघिसकेको वा एक व्यक्तिको दृढ विश्वास प्रकट नगराउने खालको पुरानो कार्डभन्दा हालै जारी गरेको कार्ड अझ जोडदार हुन्छ। तपाईं बोल्न नसक्ने अवस्थामा हुनुहुँदा यस पत्रले तपाईंको निम्ति बोलिदिन्छ। ती कार्डहरू आजै वितरण गरिनेछन्। त्यसलाई घरमा होशियारीपूर्वक भर्नुपर्छ तर हस्ताक्षर भने नगर्नुहोस्। अघिल्ला दुइ वर्षहरूमा गरिएझैं पुस्तक अध्ययन सञ्चालकहरूको निरीक्षणमा हस्ताक्षर गर्ने र साक्षी राख्ने काम मण्डली पुस्तक अध्ययन समूहहरूमा गरिनेछन्। त्यो कार्ड भएको व्यक्तिले हस्ताक्षर गरेको साक्षी बस्नेहरूले प्रत्यक्ष देखेकै हुनुपर्छ। जनवरी १५ सम्मका हप्ताहरूमा पुस्तक अध्ययन सिद्धिएपछि कार्ड भरिनेछ। (यस सम्बन्धमा विस्तृत जानकारीको लागि हाम्रो राज्य सेवकाई, जनवरी १९९४ पृष्ठ २ हेर्नुहोस्। अक्टोबर १५, १९९१ को पत्र पनि हेर्नुहोस्।) सम्पूर्ण बप्तिस्माप्राप्त प्रकाशकहरूले एड्भान्स् मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) भर्नसक्छन्। बप्तिस्मा अप्राप्त प्रकाशकहरूले यस कार्डमा प्रयोग गरिएको भाषालाई प्रयोग गर्दै आ-आफ्नो परिस्थिति र दृढ विश्वासको आधारमा आफैले व्यक्तिगत डिरेक्टिभ कार्ड (निर्देश पुर्जी) बनाउन सक्नेछन्। आमाबाबुले आफ्ना बप्तिस्मा अप्राप्त छोराछोरीहरूलाई तिनीहरूको आइडेन्टिटी कार्ड (परिचयपत्र) भर्न मदत गर्नसक्छन्।
२० मि: “पालन गर्ने होओ—सुन्ने मात्र होइन।” प्रश्नोत्तर छलफल। समयले भ्याएमा इन्साइट (अन्तरदृष्टि) पुस्तक खण्ड २, पृष्ठ ५२१, अनुच्छेद १ र २ बाट आज्ञाकारी हुनुको महत्त्व पनि छलफल गर्नुहोस्।
गीत ७० (३९) र समापन प्रार्थना।
जनवरी १५ मा सुरु हुने हप्ता
गीत ७७ (४१)
१२ मि: स्थानीय घोषणाहरू। घरमा मानिसहरू नभेटिने बढ्दो समस्याबारे छोटकरीमा छलफल गर्नुहोस्। खेर गएको समय क्षतिपूर्ति गर्न बाटोमा हिंडिरहेका, बाटो छेउ उभिरहेका वा गाडीमा बसिरहेका मानिसहरूसित कुरा गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
१८ मि: “केहीलाई बचाउन पुनःभेट गर्नुहोस्।” सुझावित प्रस्तुति पुनरावलोकन गर्नुहोस्। पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चलाएर अध्ययन सञ्चालन गर्ने लक्ष्य राख्न सबैलाई आग्रह गर्नुहोस्।
१५ मि: “हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्।” सेवा निरीक्षकद्वारा परिशिष्टांकको अनुच्छेद १ देखि १३ सम्मको जोशिलो भाषण।
गीत १५६ (११८) र समापन प्रार्थना।
जनवरी २२ मा सुरु हुने हप्ता
गीत २०० (१०८)
१० मि: स्थानीय घोषणाहरू।
१८ मि: “सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग १।” पाठशाला निरीक्षकद्वारा भाषण। अक्टोबर १९९५ हाम्रो राज्य सेवकाई-मा उपलब्ध ईश्वरतान्त्रिक सेवकाई पाठशाला निर्देशनमा विद्यार्थी कार्यभारको निम्ति दिइएको मार्गनिर्देशन पुनरावलोकन गर्नुहोस्।
१७ मि: “हाम्रा पत्रिकाहरूको सदुपयोग गर्नुहोस्।” श्रोतागणसित अनुच्छेद १४ देखि १७ सम्म छलफल गर्नुहोस्। हरेक मौकामा प्रहरीधरहरा र ब्यूँझनुहोस्! वितरण गर्न विशेष यत्न गर्नुपर्ने कुरालाई जोड दिनुहोस्। यी पत्रिकाहरू विभिन्न भाषाहरूमा प्रकाशित हुन्छन्। अतः कम्तीमा पनि हाम्रो क्षेत्रमा बोलिने भाषाहरूमा भएका पत्रिकाहरू हामीसित राख्छौं। हाम्रा पत्रिकाहरूले छोटो तथा ताजा जानकारी उपलब्ध गराउने भएकोले अरूको चासो जगाउने सबैभन्दा प्रभावकारी तरिका ती वितरण गर्नु हो। चासो देखाइएका ठाउँहरूमा पुनःभेट गर्न टिपोट लेख्नुहोस्। पत्रिका रूट बनाउने कोसिस गर्नुहोस्। अनुच्छेद १४ मा उल्लेख गरिएझैं परिवारका सदस्यहरूले प्रस्तुति अभ्यास गरेको प्रदर्शन गराउनुहोस्। अझ बढी पत्रिकाहरू प्रस्तुत गर्नसकोस् भन्ने हेतुले व्यवहारिक सुझावहरू पनि औंल्याउनुहोस्।
गीत ९२ (५१) र समापन प्रार्थना।
जनवरी २९ मा सुरु हुने हप्ता
गीत ३१ (६६)
७ मि: स्थानीय घोषणाहरू।
१८ मि: “साहसी भई बोल्नुहोस्।” प्राचीनद्वारा भाषण तथा छलफल। आइतबारको स्थानीय सेवा प्रबन्धबारे पुनरावलोकन गर्नुहोस्। यस प्रबन्धमा राम्रो समर्थन प्राप्त भएकोले सबैको सराहना गर्नुहोस् र अझै उन्नति गर्नुपर्ने क्षेत्रहरूमा सुझाव दिनुहोस्।
२० मि: फेब्रुअरी महिनामा सधैंभरि बाँच्नुहोस् पुस्तक प्रस्तुत गर्नुहोस्। इमानदार हृदय भएका मानिसहरूलाई बाइबल सच्चाइ सिकाउन यो पुस्तक प्रभावकारी औजार साबित भएको कुरा श्रोताहरूलाई स्मरण गराउनुहोस्। यस पुस्तक प्रस्तुत गर्न फेब्रुअरी र सेप्टेम्बर १९९५ को हाम्रो राज्य सेवकाई, पृष्ठ ४ मा दिएका सुझावहरू पुनरावलोकन गर्नुहोस्। फ्यामिली (परिवार) पुस्तक निकै व्यवहारिक र सजिलै प्रस्तुत गर्न सकिने भएकोले प्रकाशकहरूलाई यस पुस्तकका केही प्रतिहरू राख्न पनि आग्रह गर्नुहोस्। सधैंभरि बाँच्नुहोस् र फ्यामिली (परिवार) पुस्तकबाट एक एकवटा प्रस्तुति प्रदर्शन गर्नुहोस्। यस सप्ताहन्तको सेवकाईमा प्रयोग गर्न सधैंभरि बाँच्नुहोस् र फ्यामिली (परिवार) पुस्तकका केही प्रतिहरू लिन सबैलाई सम्झाउनुहोस्।
गीत १४३ (७६) र समापन प्रार्थना।