मार्च महिनाका लागि सेवा सभाहरू
मार्च ४ मा सुरु हुने हप्ता
गीत १ (२२)
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट उपयुक्त घोषणाहरू। पत्रिका र तिनको ग्राहक शुल्क दरमा मार्च १ देखि भएको नयाँ परिवर्तनबारे श्रोतागणलाई जानकारी दिनुहोस्।
१५ मि: नयाँ ज्ञान पुस्तक प्रयोग गर्न तयार हुनुहोस्। हाम्रो राज्य सेवकाई-को अघिल्लो पृष्ठको माथिल्लो लेखमा प्रश्नोत्तर छलफल। पुस्तकका विषयवस्तुसित पूर्णतया परिचित हुन सबैलाई प्रोत्साहन दिनुहोस् ताकि तिनीहरूले यस पुस्तकलाई क्षेत्रमा प्रभावकारी ढंगले प्रयोग गर्नसकून्।
२० मि: “साँचो परमेश्वरको ज्ञानले जीवनतर्फ डोऱ्याउँछ।” सुझावित प्रस्तुतिहरू पुनरावृत्ति गर्नुहोस्। एक दुइटा छोटो प्रदर्शनहरू प्रस्तुत गर्नुहोस्।
गीत ७८ (११२) र समापन प्रार्थना।
मार्च ११ मा सुरु हुने हप्ता
गीत १६४ (७३)
१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।
२० मि: “सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग ३.” पाठशाला निरीक्षकद्वारा भाषण। पाठशालामा भर्ती हुन र आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नसक्ने सबैलाई प्रोत्साहन दिनुहोस्। “अल स्क्रिप्चर” (“सबै धर्मशास्त्र”) (नेपालीमा उपलब्ध छैन) पुस्तकको पृष्ठ ३२५-६, अनुच्छेद २७-८ मा दिइएका नाउँहरू उच्चारण गर्ने नियम स्पष्टसित व्याख्या गर्नुहोस्। अंग्रेजी संयुक्त अक्षर “ch” “च” लाई “k” “क” उच्चारण गर्नुपर्छ भनेर पनि व्याख्या गर्नुहोस्। (रेचेल अपवाद हो। यहाँ “ch” “च” भन्नुपर्छ।) सोसाइटीको श्रव्य क्यासेटमा लूका ३:२३-३८ बजाएर श्रोताहरूलाई पनि आ-आफ्नो बाइबल पल्टाउने आग्रह गर्दै उच्चारण नियमहरूलाई कसरी पछ्याउने बताउनुहोस्।
१५ मि: परिवारको रूपमा एकसाथ कामकुरा गर्नुहोस्। सेप्टेम्बर १, १९९३ को प्रहरीधरहरा, पृष्ठ ९-१२ लाई आधार बनाएर पिताले एकसाथ कामकुराहरू गर्नुपर्ने आवश्यकताबारे आफ्नो परिवारसित अनौपचारिक तवरमा कुराकानी गर्छन्। पारिवारिक अध्ययन र सुसमाचारकको काममा ध्यान केन्द्रित गर्नुहोस्। एकसाथ निकै थोरै समय बिताएको र रुचि पनि समान नभएकोले आधुनिक परिवारहरू कसरी टुक्रिरहेका छन् औंल्याउनुहोस्। एकसाथ परमेश्वरको वचन अध्ययन गर्नु र सेवकाईमा जानु मसीही परिवारका लागि आशिष् नै हो। पिताले यी कुराहरू व्यवस्थित गर्नुपर्ने र आमाले पनि त्यसमा सहयोग गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुहोस्। आमाबाबुसित मिलेर काम गर्दा छोराछोरीले आध्यात्मिक गतिविधिमा चासो राख्नुपर्छ। यसो गर्दा बढ्दो सांसारिक दबाबसित सामना गर्न परिवार बलियो र एकताबद्ध हुनेछ।
गीत २११ (६६) र समापन प्रार्थना।
मार्च १८ मा सुरु हुने हप्ता
गीत ६ (४)
१० मि: स्थानीय घोषणाहरू। अध्ययन सञ्चालकले बाइबल अध्ययनमा राम्रो उन्नति गरिरहेका जिज्ञासुहरूलाई बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन प्रोत्साहन दिनुपर्छ। आमाबाबुले पनि आफ्ना छोराछोरीलाई प्रकाशक हुन मदत दिनसक्छन्। अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री, (हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित) (नेपालीमा उपलब्ध छैन) पृष्ठ ९७-१०० मा दिइएका सुझावित तरिका पुनरावृत्ति गर्नुहोस्। अप्रिल र मे महिनामा मण्डलीका सम्पूर्ण प्रकाशकहरूलाई सहायक अग्रगामी गर्न प्रोत्साहन दिनुहोस्।
१५ मि: नाइन्टीन नाइन्टिसिक्स यरबूक अफ जेहोभाज् विट्नेसेज्-का (सन् १९९६ यहोवाका साक्षीहरूको वार्षिक पुस्तक) (नेपालीमा उपलब्ध छैन) विशेषताहरू पुनरावृत्ति गर्नुहोस्। विश्वभरि भइरहेको हाम्रो गतिविधिबारे पृष्ठ ३ देखि ५ अनि ३३ मा भएका केही रोचक पक्षहरूको पारिवारिक छलफल। दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट बाइबल पद विचारविमर्श गरिसकेपछि प्रत्येक दिन यरबूक-बाट (वार्षिक पुस्तक) केही पृष्ठहरू एकसाथ पढ्ने कोसिस गर्नेछन् भनेर सबैले सहमति जनाउँछन्।
२० मि: “जीवनतर्फ डोऱ्याउने सही ज्ञान हासिल गर्न अरूलाई मदत गर्नुहोस्।” पुनःभेटका लागि सुझावित प्रस्तुति पुनरावृत्ति गर्नुहोस्। एक दुइटा प्रदर्शनहरू समावेश गर्नुहोस्। बाइबल अध्ययन सुरु गर्ने लक्ष्य बनाउन जोड दिनुहोस्।
गीत १३० (५८) र समापन प्रार्थना।
मार्च २५ मा सुरु हुने हप्ता
गीत ५ (२८)
१५ मि: स्थानीय घोषणाहरू। “स्मरणार्थ उत्सवका लागि सम्झौटाहरू” पुनरावृत्ति गर्नुहोस्। त्यस अवसरमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ व्याख्या गर्नुहोस्। (फेब्रुअरी १५, १९८५, वाचटावर, पृष्ठ १८-२० हेर्नुहोस्।) वृद्ध, अशक्त तथा आगन्तुकहरूलाई उपस्थित हुन मदत गर्न तयार पारिएका योजनाहरू पुनरावृत्ति गर्नुहोस्। आउँदो हप्ताको लागि प्रबन्ध गरिएको विस्तृत क्षेत्र सेवकाई गतिविधिबारे छलफल गर्नुहोस्। अक्टोबर-डिसेम्बर १९९५, ब्यूँझनुहोस्!, पृष्ठ ३२ मा “जहाँ परदेशीहरूको अतिथि सत्कार गरिन्छ” शीर्षकको लेख पनि पुनरावृत्ति गर्नुहोस्।
१५ मि: “नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम” श्रोतासित छलफल गर्नुहोस्। थाह भएमा सम्मेलनको मिति घोषणा गर्नुहोस्। सबैलाई उपस्थित हुन र नयाँ व्यक्तिहरूलाई बप्तिस्मा योग्य कामहरू गर्न प्रोत्साहन दिनुहोस्।
१५ मि: “तयारी—सफलताको कुञ्जी।” प्रश्नोत्तर छलफल। अप्रिल र मे महिनामा हामी प्रहरीधरहरा र अवेक!-को ग्राहक बन्ने प्रस्ताव राख्नेछौं भनेर बताउनुहोस्। थप प्रतिहरू मगाएर, ग्राहक फारामहरू प्राप्त गरेर तथा मण्डलीले प्रबन्ध गरेको पत्रिका दिनमा भाग लिने योजनाहरू बनाएर अहिलेदेखि नै तयारी गर्न सकिन्छ।
गीत ७ (१०५) र समापन प्रार्थना।