नयाँ विशेष सम्मेलन दिनको कार्यक्रम
१ हामीले किन निरन्तर सुसमाचार घोषणा गर्नुपर्छ? सुसमाचारको प्रचारक हुन पूरा गर्नुपर्ने आवश्यकताहरू के के हुन्? लज्जालु वा संकोचीहरूसमेत कसरी अरूलाई सुसमाचार बाँड्न अघि सर्नसक्छन्? यी तथा त्यस्तै अन्य विचारोद्दीपक प्रश्नहरूको जवाफ यस वर्षको विशेष सम्मेलन दिनको कार्यक्रममा दिइनेछ। यस विशेष सम्मेलन दिनको शीर्षक “सुसमाचारका सेवकहरू हुन योग्य” हुनेछ।—२ कोरि. ३:५ तुलना गर्नुहोस्।
२ यहोवाका जनहरू भएकोले हामी आफ्नो आचरणप्रति सावधान हुनैपर्छ। मैत्र-दबाब प्रतिरोध गरेका जवान व्यक्तिहरूले आफ्नो प्रोत्साहनदायी अनुभवहरू सुनाउनेछन्। आफ्ना छोराछोरीलाई परमेश्वरको सेवकहरूको हैसियतमा तालिम दिनुपर्ने आवश्यकताबारे आमाबाबुलाई मायालु प्रोत्साहन दिइनेछ। प्रचार गर्नुपर्ने आवश्यकता तथा हामी र हाम्रो कुरा सुन्ने दुवै पक्षले प्राप्त गर्ने आशिष्हरूको मूल्यांकन गर्ने मदत हामी सबैले पाउनेछौं।—१ तिमो. ४:१६.
३ बप्तिस्मा पक्कै पनि त्यस दिनको विशेषता हुनेछ। बप्तिस्मा कार्यक्रमअघि विशेषतः हालै समर्पण गरेका नयाँ व्यक्तिहरूलाई बाइबल आधारित भाषण दिइनेछ। बप्तिस्माबारे छलफल गर्दा र त्यसको अर्थ स्पष्ट पार्दा उपस्थित सबैले अवश्य ध्यानपूर्वक सुन्नुपर्छ। विशेष सम्मेलन दिनमा बप्तिस्मा लिन चाहनेहरूले मण्डलीको अध्यक्षलाई पहिल्यै आफ्नो इच्छा व्यक्त गर्नुपर्छ। यसो गऱ्यो भने उनले ती उम्मेदवारहरूसित भेट्न र तयारी प्रश्नहरू पुनरावलोकन गर्न प्राचीनहरूको प्रबन्ध गर्नसक्छन्।
४ अर्को विशेषता आगन्तुक वक्ताले दिने मुख्य भाषण हुनेछ। यसको शीर्षक “परमेश्वरका सेवकहरू हुन योग्य र सुसज्जित” हो। सेवकहरूको हैसियतमा हामीलाई सुसज्जित बनाउने चार तरिकाहरू छलफल गरिनेछन्। र यसका साथै विश्वासलाई दरिलो पार्ने अनुभवहरू पनि त्यस भाषणमा समावेश गरिनेछन्।
५ सम्पूर्ण कार्यक्रममा उपस्थित हुन अहिल्यै योजना बनाउनुहोस्। जिज्ञासु व्यक्ति तथा बाइबल विद्यार्थीहरूलाई आमन्त्रित गर्न नबिर्सनुहोस् ताकि तिनीहरूले पनि यस ईश्वरतान्त्रिक शिक्षाबाट फाइदा उठाउन सकून्। यसप्रकार सुसमाचारका सेवकहरूको हैसियतमा हामी ‘प्रशस्त मात्रामा योग्य’ छौं भनेर पक्का गर्नसक्छौं।