सन् १९९६ को ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट लाभ उठाउनुहोस्—भाग ३
१ प्रेरित पावल साहसी भई सुसमाचार सुनाउनसक्ने क्षमता प्राप्त गर्न सकोस् भनेर भाइहरूले आफ्नो निम्ति प्रार्थना गरिदिएको चाहन्थे। (एफि. ६:१८-२०) हामी पनि त्यस्तै क्षमता खेती गर्न चाहन्छौं। त्यो क्षमता प्राप्त गर्न ईश्वरतान्त्रिक सेवकाई पाठशालाबाट प्राप्त मदतको हामी मूल्यांकन गर्छौं। अनि सभामा उपस्थित योग्य जनहरूलाई यस पाठशालामा भाग लिन प्रोत्साहित गरिन्छ।
२ विद्यार्थीको हैसियतमा हामीले आफ्नो बोल्ने तथा शिक्षण क्षमतामा उन्नति गर्ने व्यक्तिगत सल्लाहहरू पाउँछौं। (हितो. ९:९) अरू विद्यार्थीहरूले पाएको सल्लाह सुनेर अनि त्यसलाई प्रयोग गरेर पनि हामीले फाइदा उठाउनसक्छौं। आफूलाई दिइएको भाषण तयारी गर्दा हामीले प्रस्तुत गर्न लागेको व्याख्या सही छ भनी पक्का गर्न स्रोत विषयवस्तुलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्छ। हामीले प्रयोग गर्ने मुख्य बुँदा र शास्त्रपदहरू भाषणको मूल विषयसित मेल खाने हुनुपर्छ। भाषणमा अर्को व्यक्ति सम्मिलित छ भने त्यो भाषण पाठशालामा कसरी प्रस्तुत गर्ने हो, पूर्वाभ्यास गर्नुपर्छ। जसै हामी उन्नति गर्दै जान्छौं, हामीले हस्तलिखित भाषणको साटो बुँदाहरू प्रयोग गर्दै टिपोट हेरेर भाषण दिने यत्न गर्नुपर्छ।
३ पाठशालामा भाषण दिने सम्पूर्ण भाइबहिनीहरू चाँडै आउनुपर्छ, आ-आफ्नो स्पीच काउन्सिल (भाषा खूबी सल्लाह) पूर्जी पाठशाला निरीक्षकलाई दिनुपर्छ र भवनको पहिलो लहरको मेचमा बस्नुपर्छ। बहिनीहरूले आफ्नो भाषणको भूमिकाबारे र आफ्नो विषय उठेर वा बसेर कसरी प्रस्तुत गर्ने हो, त्यसबारे पाठशाला निरीक्षकलाई अग्रिम जानकारी दिनुपर्छ। यसरी सहयोग गर्नाले कार्यक्रम सरर्र बग्छ र मञ्चको रेखदेख गर्ने व्यक्तिले पहिल्यै सबथोक तयार छ कि छैन जाँच्न पाउनेछ।
४ भाषण नं २ तयारी गर्दा: बाइबल पढाइको एउटा उद्देश्य विद्यार्थीलाई उसको पठन क्षमता उन्नति गर्ने मदत दिनु हो। त्यसोभए उन्नति कसरी गर्न सकिन्छ? यसो गर्ने उत्तम तरिका विषयवस्तुलाई बारम्बार ठूलो स्वरमा पढ्नु हो। कुनै पनि अपरिचित शब्दहरूको अर्थ र सही उच्चारण सिक्नुपरेमा विद्यार्थीले शब्दकोश चलाउनुपर्छ। यसको अर्थ शब्दकोशमा प्रयोग गरिएको उच्चारणसम्बन्धी चिन्हहरू पनि राम्ररी थाह पाउनु आवश्यक पर्नसक्छ।
५ न्यु वर्ल्ड ट्रान्सलेशन-ले (नयाँ विश्व अनुवाद) बाइबलमा पाइने नाउँ तथा अप्रचलित शब्दहरू सही ढंगमा उच्चारण गर्न सहयोग पुऱ्याउँछ। यसले शब्दलाई अक्षर अक्षरमा टुक्राएर तथा बलाघातको प्रयोग गरेर मदत गर्छ। (“अल स्क्रिप्चर इज इन्सपायर्ड अफ गड एण्ड बेनेफिशियल” पृष्ठ ३२५-६, अनुच्छेद २७-८ हेर्नुहोस्।) (“सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छन्”) (नेपालीमा उपलब्ध छैन) नियमअनुसार बलाघातअघिको अक्षरमा निकै जोड दिनुपर्छ। अक्षरमा पर्ने बलाघात स्वरमा पर्छ भने त्यस स्वर उच्चारण लामो हुन्छ। तर व्यञ्जनमा अन्त हुन्छ भने स्वर छोटो हुन्छ। (Saʹlu शालु र Salʹlu सालु तुलना गर्नुहोस्।) बाइबल पढ्ने भाग पाएका केही भाइहरूले भाषण तयार गर्न सोसाइटीका श्रव्य क्यासेटहरू सुन्छन्।
६ पढ्ने भाग पाएका आफ्ना केटाकेटीहरूलाई आमाबाबुले भाषण तयार गर्न मदत दिनसक्छन्। यसमा बच्चाले पूर्वाभ्यास गर्दा सुन्नु र त्यसपछि उसलाई उन्नति गर्न मदत दिने खालका सुझाउहरू दिनु समावेश छ। मुख्य बुँदाहरू प्रयोगमा ल्याउन छोटो परिचय र उचित समापन राख्न पुग्ने समय पनि दिइएको हुन्छ। यसरी त्यस विद्यार्थीले टिपोट हेरेर भाषण दिनसक्ने क्षमता विकास गर्नसक्छ।
७ भजनरचयिताले प्रार्थनापूर्वक यस्तो आग्रह गरे: “हे परमप्रभु, मेरा ओठ खोलिदिनुहोस्। र मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ।” (भज. ५१:१५) हामी पनि यस्तै इच्छा गर्छौं। र ईश्वरतान्त्रिक सेवकाई पाठशालामा भाग लिएर हाम्रो यो इच्छा पूरा गर्नसकौं।