प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 अप्रिल पृ. ७
  • प्रश्‍न पेटी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न पेटी
  • हाम्रो राज्य सेवकाई—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२०००
  • उपासनाको लागि हामी किन एक ठाउँमा भेला हुनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९६
km96 अप्रिल पृ. ७

प्रश्‍न पेटी

▪ “भाइ” र “बहिनी” पदहरूको सही प्रयोग के हो?

शाब्दिक अर्थमा प्रयोग गर्दा “भाइ” र “बहिनी” पदहरूले एउटै आमाबाबुका सन्तानहरूलाई बुझाउँछ। यस प्राकृतिक सम्बन्धले प्रायजसो न्यानो स्नेह सृजना गर्छ र व्यक्‍तिविशेषले अनुभव गर्ने घनिष्ठतालाई सामाजिक, वातावरणीय र भावनात्मक बन्धनले अझ बलियो बनाउँछ।

यहोवालाई प्रार्थना गर्दा ‘हाम्रा पिता’ भनी सम्बोधन गर्न येशूले आफ्ना चेलाहरूलाई सिकाउनुभयो। त्यस अभिव्यक्‍तिले के बुझाउँछ भने, मसीहीहरूको हैसियतमा हामी सबै घनिष्ठ परिवारको भाग हौं जहाँ हामी प्रचुर आध्यात्मिक सम्बन्धको आनन्द उठाउँछौं। आफ्ना अनुयायीहरूलाई निम्न वाक्यांश भन्‍नुहुँदा येशूले यसलाई अझ जोड दिनुभयो, “तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ।”—मत्ती ६:९; २३:८.

परमेश्‍वरको घरानाभित्र हाम्रो घनिष्ठ आध्यात्मिक सम्बन्ध भएकोले हामी विशेषगरि मण्डलीका सभाहरूमा एकअर्कालाई “भाइ” र “बहिनी” भनेर सम्बोधन गर्छौं। यी आध्यात्मिक अवसरहरूमा सभा सञ्चालकले बप्तिस्माप्राप्त व्यक्‍तिहरूलाई “भाइ” वा “बहिनी” पछाडि तिनको थर जोडेर सम्बोधन गर्छन्‌।

बप्तिस्मा अप्राप्त व्यक्‍तिले सभामा भाग लिन चाहन्छन्‌ भने नि? कुनै व्यक्‍तिले यहोवाका साक्षीहरूसित संगत गरेको केही समय भइसक्यो र समर्पणको लागि अघि बढेर आफूलाई यहोवाका साक्षीहरूमध्ये एक सम्झन्छन्‌ भने तिनको थरअघि “भाइ” वा “बहिनी” भनेर सम्बोधन गर्नु कुनै आपत्ति हुनेछैन। त्यस व्यक्‍ति बप्तिस्मा अप्राप्त प्रकाशक भइसकेको छ भने यो विशेषगरि लागू हुनेछ।

अर्कोतर्फ, हालै सभामा उपस्थित हुन थालेकाहरूले आफूलाई परमेश्‍वरको घरानाको सदस्य भनी चिनाउन कदम चालिसकेका हुँदैनन्‌। यस्ताहरूलाई “भाइ” वा “बहिनी” भनेर बोलाइनेछैन किनभने तिनीहरूले परमेश्‍वरको परिवारसित आध्यात्मिक सम्बन्ध गाँसिसकेका हुँदैनन्‌। त्यसकारण सभाहरूको दौडान यिनीहरूलाई हामी औपचारिक ढंगमा “श्री” वा त्यस्तै उपयुक्‍त सम्बोधनसित थर जोडेर बोलाउनेछौं।

मण्डलीका सभाहरूमा “भाइ” र “बहिनी” भन्‍ने अभिव्यक्‍ति प्रयोग गर्दा कुनै व्यक्‍तिलाई तिनको नाउँले बोलाउँदाको भन्दा निकट तथा अमूल्य बन्धनलाई संकेत गर्छ। यसले हामीलाई एउटै पिता, यहोवा परमेश्‍वरको आध्यात्मिक परिवारमा आनन्द उठाउने आशिषित्‌ सम्बन्धबारे स्मरण गराउँछ। एकअर्काप्रति हाम्रो गहिरो प्रेम तथा स्नेहलाई पनि सम्झाउँछ।—एफि. २:१९; १ पत्रु. ३:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने