प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km96 सेप्टेम्बर p. २
  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९६
  • उपशीर्षकहरू
  • सेप्टेम्बर २ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ९ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १६ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २३ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर ३० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९६
km96 सेप्टेम्बर p. २

सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

सेप्टेम्बर २ मा सुरु हुने हप्ता

गीत ९८ (९१)

१२ मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। सबैलाई र विशेषगरि मण्डली पुस्तक अध्ययन सञ्चालकहरूलाई अप्रिल १९९३ हाम्रो राज्य सेवकाई-बाट “आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष अध्ययन गर्ने” लेख पुनरावलोकन गर्न प्रोत्साहन दिनुहोस्‌। उक्‍त लेखका मुख्य बुँदाहरू प्रकाश पार्नुहोस्‌।

१५ मि: “विश्‍वासले हिंड्‌नुहोस्‌।” प्रश्‍नोत्तर।

१८ मि: “सकारात्मक मनोवृत्ति राखेर सुसमाचार प्रस्तुत गर्ने।” अनुच्छेद १ लाई आधार मान्दै सुरुका टिप्पणीहरू गर्नुहोस्‌। परिवार पुस्तकको साटो सधैंभरि बाँच्न सक्नु हुन्छ वा सृष्टि पुस्तक चलाउन सकिन्छ भनेर बुझाउनुहोस्‌। तर मण्डलीसित परिवार पुस्तकहरू छऊञ्जेल पहिले त्यही सिध्याउनुपर्छ। त्यसपछि केवल अनुच्छेद २-५ छलफल गर्नुहोस्‌। परिवार पुस्तक प्रस्तुत गर्ने, पुनःभेट गर्ने र ज्ञान पुस्तकबाट अध्ययन थाल्ने तरिका देखाउँदै राम्ररी तयार गरिएका प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌।

गीत ४८ (२८) र समापन प्रार्थना।

सेप्टेम्बर ९ मा सुरु हुने हप्ता

गीत १८ (३६)

१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। “परमेश्‍वरको राज्यबारे प्रचार गर्नुहोस्‌” लेख छलफल गर्नुहोस्‌।

१८ मि: मण्डलीको सन्‌ १९९६ सेवा वर्ष रिपोर्ट पुनरावलोकन गर्नुहोस्‌। सेवा निरीक्षकबाट उत्थानदायी, जोशिलो भाषण। (हाम्रो सेवकाई [अंग्रेजी] पुस्तक, पृष्ठ १००-२ हेर्नुहोस्‌।) मण्डलीको राम्रो पक्षलाई औंल्याउँदै सराहना गर्नुहोस्‌। नियमित तथा सहायक अग्रगामीहरूको क्रियाकलापले स्थानीय तवरमा कार्यलाई अघि बढाउन कसरी मदत गरेको छ, देखाउनुहोस्‌। सभामा नियमित तवरले उपस्थित हुनुपर्ने महत्त्वमाथि जोड दिंदै सभाको उपस्थिति संख्या बताउनुहोस्‌। आउँदो वर्ष मण्डलीले प्राप्त गर्नसक्ने व्यवहारिक लक्ष्यहरू मोटामोटी रूपमा बताउनुहोस्‌।

१५ मि: “सकारात्मक मनोवृत्ति राखेर सुसमाचार प्रस्तुत गर्ने।” केवल अनुच्छेद ६-८ पुनरावलोकन गर्नुहोस्‌ र पसल पसलको प्रचारकार्यमा गर्न सकिने प्रारम्भिक भेट तथा पुनःभेटका प्रस्तुतिहरू प्रदर्शन गर्नुहोस्‌। (व्यापार इलाकामा प्रचार गर्ने सन्दर्भमा अक्टोबर १९८९ हाम्रो राज्य सेवकाई, [अंग्रेजी] पृष्ठ ४ का थप सुझाउहरू हेर्नुहोस्‌।) यथाशीघ्र पुनःभेट गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १२३ (६३) र समापन प्रार्थना।

सेप्टेम्बर १६ मा सुरु हुने हप्ता

गीत १० (१८)

१५ मि: स्थानीय घोषणाहरू। श्रोतागणसित प्रश्‍न पेटी छलफल गर्नुहोस्‌। पाठशाला निर्देशन पुस्तक-को (अंग्रेजी) पाठ ६ का एक दुइटा बुँदाहरूसित मिलान गर्नुहोस्‌।

१५ मि: “बोलीवचन र आचरणमा उदाहरणीय हुनुहोस्‌।” प्रश्‍नोत्तर।

१५ मि: स्कूलमा मसीही आचरण। स्कूलको वातावरणमा हुने गम्भीर अवरोधहरू औंल्याउन बुबाले आफ्नो छोरा वा छोरीसित कुरा गर्छन्‌। तिनले संगतिबारे सतर्क हुनुपर्ने र शंकास्पद क्रियाकलापहरूबाट अलग हुनुपर्ने खाँचोलाई जोड दिन्छन्‌। तिनले शिक्षा (अंग्रेजी) पुस्तिका पृष्ठ २४ को पेटी पुनरावलोकन गर्छन्‌ र साक्षीको हैसियतमा असल उदाहरण बसाल्नुपर्ने खाँचोलाई बुझाउँछन्‌। बुबाले खडा हुनसक्ने केही प्रलोभनहरू उल्लेख गर्छन्‌। जस्तै, लागू पदार्थ, केटा र केटीबीच निश्‍चित समय तथा स्थानमा गरिने भेटघाट, सामाजिक जमघटहरूमा सामेल हुने वा खेलकुदमा सहभागिता। समस्याहरूबाट कसरी अलग बस्ने भनेर तिनीहरू छलफल गर्छन्‌। कठिनाइहरू आइपर्दा आल्याङटाल्याङ नगरी बताइहाल्न बुबाले आफ्नो जवान छोरा वा छोरीलाई प्रोत्साहन दिन्छन्‌। तिनी कठिनाइहरूबारे थाह पाएर मदत गर्न चाहन्छन्‌।

गीत ३२ (१०) र समापन प्रार्थना।

सेप्टेम्बर २३ मा सुरु हुने हप्ता

गीत २१ (१)

१० मि: स्थानीय घोषणाहरू।

१५ मि: स्थानीय आवश्‍यकताहरू। अथवा फेब्रुअरी १५, १९९६ प्रहरीधरहरा, पृष्ठ २७-९ बाट “पछि हुने कुराहरूलाई हेर्नुहोस्‌!” लेखमा आधारित भाषण।

२० मि: “१९९६ ‘ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू’ जिल्ला अधिवेशन।” अनुच्छेद १-१६ सम्म प्रश्‍नोत्तर छलफल। अनुच्छेद १०-११ र १५ पढ्‌नुहोस्‌।

गीत २१५ (११७) र समापन प्रार्थना।

सेप्टेम्बर ३० मा सुरु हुने हप्ता

गीत १७१ (५९)

१० मि: स्थानीय घोषणाहरू।

२० मि: “१९९६ ‘ईश्‍वरीय शान्तिका सन्देशवाहकहरू’ जिल्ला अधिवेशन।” अनुच्छेद १७-२३ प्रश्‍नोत्तर छलफल। अनुच्छेद १७-१८ पढ्‌नुहोस्‌। “जिल्ला अधिवेशनका लागि सम्झौटाहरू” पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: अक्टोबर महिनाको साहित्य प्रस्तुति पुनरावलोकन गर्नुहोस्‌। हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! (अंग्रेजी) पत्रिकाहरूको ग्राहक बन्‍ने प्रस्ताव राख्नेछौं। विभिन्‍न बुँदाहरू छलफल गर्नुहोस्‌। जस्तै: (१) सुरुकै पृष्ठमा बताइएअनुसार पत्रिकाहरू छापिनुको उद्देश्‍य। (२) बाइबल ज्ञान संसारभरि उपलब्ध गराउन ती धेरै भाषामा प्रकाशित हुन्छन्‌। (३) प्रहरीधरहरा व्यक्‍तिगत, पारिवारिक तथा समूहगत अध्ययनको लागि तयार पारिएको हो। (४) विभिन्‍न धर्महरूसित सम्बद्ध मानिसहरूले ती पढ्‌छन्‌। (५) साँच्चै पढ्‌न चाहने तर ग्राहक बन्‍न असमर्थ व्यक्‍तिहरूकहाँ हामी आफै गएर ताजा अंकहरू दिनेछौं। (६) ती विशेषगरि व्यस्त मानिसहरूका लागि तयार पारिएका हुन्‌। (७) प्रहरीधरहरा सन्‌ १८७९ देखि र ब्यूँझनुहोस्‌! (अंग्रेजी) चाहिं सन्‌ १९१९ देखि प्रकाशित हुन थालेका हुन्‌। (८) यो हाम्रो स्वैच्छिक तथा शैक्षिक कार्य हो, व्यापारिक होइन। तसर्थ, पत्रिकाहरूको लागि चन्दा असाध्यै यथोचित छन्‌। मूल्यांकन व्यक्‍त गर्ने एक पाठकका टिप्पणीहरू बताएर भाषण टुंग्याउनुहोस्‌।—अप्रिल १५, १९८६, प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ ३२ हेर्नुहोस्‌।

गीत ३ (३३) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने